भर्खरै :

जथाभावी फोहोर फाल्दा खासाङखुसुङ खोला दुर्गन्धित

  • चैत्र ११, २०८०
  • प्रविना थुया (प्रशिक्षार्थी)
  • समाचार
जथाभावी फोहोर फाल्दा खासाङखुसुङ खोला दुर्गन्धित

भक्तपुर, ७ चैत । जथाभावी फोहोर फाल्दा भक्तपुर जिल्लाको उत्तरी भेगमा बग्ने र हनुमन्ते नदीमा मिसिने खासाङखुसुङ खोला दुर्गन्धित भएको छ ।
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ३, ४ र ५ को बिचमा चाँगुनारायण मन्दिरको फेडीबाट बग्ने महादेव खोला पनि उत्तिकै फोहोर रहेको छ । कतिपय मानिसहरूले आफ्नो घरबाट निस्केको कुहिने र नकुहिने फोहोर प्लास्टिकको झोलामा पोको पारी खोलामा फाल्नाले खोला प्रदूषित र दुर्गन्धित भएको हो ।
त्यस्तै चानपा वडा नं ५ र भक्तपुर नगरको बिच भएर बग्ने खासाङखुसुङ खोलालाई पनि नगरको दुवैतिरका कतिपयले फोहोर फाल्ने स्थल बनाउँदा खोला प्रदूषित र दुर्गन्धित भएको छ । घरबाट निस्कने फोहोर व्यवस्थापनको लागि चाँगु र भक्तपुर दुवै नगरपालिकाले गाडीमा फाहोर उठाउने व्यवस्था गर्दागर्दै पनि नागरिक भावना नभएका नगरवासीहरूले पोको पारी वा बोरामै फोहोर ल्याएर खोलामा फाल्ने गरेको स्थानीय राम श्रेष्ठले बताउनुभयो ।
कतिपय मानिसहरूमा नागरिक भावनाको कमीकै कारण खोलामा फोहोर फाल्ने गरेको पकुनेपाटी निवासी दयाराम सुलुले बताउनुभयो । खोलामा सिसिदेखि लिएर विभिन्न प्रकारका प्लास्टिकका झोला र दुर्गन्धित फोहोर पनि हुने गरेको छ । त्यसका कारण खोला वरपरको वातावरण नै दुर्गन्धित भएको छ । खोलामा फोहोर फाल्नेहरूमाथि कानुनी कारबाही गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *