भर्खरै :

अमेरिकी जनता व्यापार युद्धको मारमा

अमेरिकी जनता व्यापार युद्धको मारमा

वासिङ्टनले चिनियाँ वस्तुहरूमा सुरुमा तोकेको करको दर बढाएर दोब्बरभन्दा माथि पु¥याउने पश्चिमा सञ्चार माध्यमले जनाएको छ । वासिङ्टनको उक्त अभिव्यक्तिपश्चात् चिनियाँ परराष्ट्रमन्त्रीले अगस्ट १, २०१८ का दिन भन्नुभयो, “यदि संरा अमेरिकाले द्विपक्षीय व्यापार सम्बन्धमा अझै पनि बाधा खडा गर्छ भने चीनले स्वाभाविकरूपमा प्रतिकारका पहलहरू गर्नेछ ।”
राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले वास्तविक करको दर १० प्रतिशतबाट बढाएर २५ प्रतिशत पु¥याउने र २ खर्ब (200 billion) अमेरिकी डलर बराबरको चिनियाँ सामानहरूमा कर वृद्धि गर्ने उक्त प्रतिवेदनले खुलाएको छ । थुप्रै सञ्चार माध्यमहरूले त्यस प्रतिवेदनको प्रचार गरिसकेको हुँदा संरा अमेरिकाको योजना सतहमा आएको भन्न मिल्छ ।
संरा अमेरिकाको व्यापारमाथिको दबाब, बलमिच्चाइ र मोलमोलाइले काम गर्दैन । यदि संरा अमेरिकाले फेरि पनि व्यापार असमझदारी र झमेला लम्ब्याउने कदमहरू चाल्छ भने चीनले देश अनुकूलको व्यापार प्रतिकार अवश्य पनि गर्नेछ । अन्तर्राष्ट्रियरूपमा कानुनप्रदत्त अधिकारहरूको सुनिश्चितताका लागि चीन पछि नहट्ने भनाइ चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता गेङ सुआङ (Geng Shuang) ले एक पत्रकार सम्मेलनमा बताउनुभयो ।
उहाँले जोड दिनुभयो, “चीनले सदैव वार्ता र परामर्शहरूको माध्यमबाट व्यापार उतारचढावहरूको सन्तुलन र समाधान गर्ने गरेको छ । तर, वार्ता समानता र आपसी सम्मानका आधारमा हुनुपर्छ ।”
गएको जुलाई १० का दिन संरा अमेरिकाले घोषणा गरेको दोस्रो चरणको कर वृद्धिले २ खर्ब (200 billion) अमेरिकी आयात कर बढेको देखिन्छ । दोस्रो चरणको कर वृद्धि गरिइँदा प्रभावित चिनियाँ सामग्रीहरूमा स्टिल र आल्मुनियमजन्य उत्पादनहरूदेखि बिरालोको आहार र बेसबल पञ्जाहरू समेत पर्छन् ।
संरा अमेरिकाको व्यापार प्रतिनिधिमूलक कार्यालयले अगस्ट ३० भित्रमा पहिलो चरणको कर वृद्धिका विषयमा अन्तिम सार्वजनिक टिप्पणी सङ्कलन गर्ने मिति तोकेको थियो । यसरी सार्वजनिक सुनुवाइमार्फत टिप्पणी सङ्कलन गर्न थप कार्यक्रम अगस्ट २० देखि २३ सम्म राखियो ।
हङकङको चिनियाँ विश्वविद्यालय अर्थशास्त्र विषयका उपप्राध्यापक सेङ लिउगाङ (Sheng Liugang) ले जोड दिएर भन्नुभयो, “२२ प्रतिशत सामानहरूमा थप कर लगाउनु भनेको उपभोक्ता उत्पादनमा कर लगाउनु हो । दैनिक उपभोग्य वस्तुहरूमा कर लगाउँदा प्रत्यक्ष र सिधा असर संरा अमेरिकी नागरिकहरूमाथि पर्छ ।”
हिजो संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनले चीनसँगको व्यापार युद्धबाट आफ्नो राष्ट्र अमेरिकालाई र अमेरिकी जनतालाई कुनै प्रकृतिको कष्ट र अप्ठेरो आउँदैन भनी गरेको प्रतिज्ञा असत्य भएको छ । अमेरिकी नागरिकहरूमाथि व्यापार युद्धको प्रत्यक्ष असरले यही भन्छ ।
संरा अमेरिका चीनबाट आयात हुने सामग्रीहरूमा अत्यन्त उच्च मात्रामा निर्भर छ । विशेषतः उपभोग्य वस्तुहरू र औद्योगिक उपकरणहरूमा संरा अमेरिका चीनसँग निर्भर रहेको बताइन्छ । अर्थमन्त्रालयबाट सम्बन्धन प्राप्त अन्तर्राष्ट्रिय व्यापार र आर्थिक साझेदारीको चिनियाँ एकेडेमी (Chinese Academy of International Trade and Economic Cooperation) र वैदेशिक व्यापार अनुसन्धान केन्द्रका निर्देशक लियाङ मिङ (Liang Ming) भन्नुहुन्छ – व्यापार युद्धको प्रत्यक्ष प्रभाव अमेरिका स्वयम् भोग्दैछ ।
करिब ६ हजार ३१ किसिमका चिनियाँ वस्तुहरूमा कर लगाएको मध्ये ६७ किसिमका चिनियाँ वस्तुहरूमा संरा अमेरिकाको पूर्ण निर्भरता रहेको अन्तर्राष्ट्रिय व्यापार अनुसन्धान केन्द्रले जनायो । करिब १२७ किसिमका चिनियाँ वस्तुहरूमाथि संरा अमेरिकाको निर्भरता ९० देखि १०० प्रतिशतसम्मको छ । करिब १९३ किसिमका चिनियाँ वस्तुहरूमा संरा अमेरिका ८० देखि ९० प्रतिशतले निर्भर छ । करिब २०७ किसिमका वस्तुहरूमा ७० देखि ८० प्रतिशत र करिब ११५० किसिमका वस्तुहरूमा ५० प्रतिशत र सोभन्दा माथिको निर्भरता संरा अमेरिकाको हो भन्ने तथ्याङ्क छ ।
संरा अमेरिकाले आयात गर्ने चिनियाँ मध्यवर्ती उत्पादनहरूमा अतिरिक्त कर थोपर्नु भनेको संरा अमेरिकाको घरेलु उद्योगहरूको उत्पादन लागत बढाउनु हो । जसको मार संरा अमेरिकी उपभोक्ताहरूलाई नै पर्छ, कारण उक्त उत्पादन लागत उपभोक्तासँगै असुल गरिन्छ ।
पेइचिङ आधारित ट्रान्सकन्टिनेन्टल व्यवस्थापन कन्सल्टेन्सी (Beijing–based Transcontinental Management Consultancy) मा वैदेशिक लगानी विभाग (Foreign Investment Department) का व्यवस्थापक उ तोङशो (Wu Dongxo) ले विज्ञहरूलाई ट्रम्प प्रशासनका यी कर चुनौती वा खतरालाई राजनीतिक प्रकाशमा राखी विश्लेषण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
यदि ट्रम्पले छेडेको यस व्यापार युद्ध आर्थिकरूपमा तर्कहिन छ र फाइदाजनक छैन भने यो व्यापार युद्ध संरा अमेरिकाको लागि राजनीतिक स्वार्थबाट प्रेरित हुन सक्नेमा उहाँ जोड दिनुहुन्छ । यसरी संरा अमेरिकाले शङ्खघोष गरेको व्यापार युद्ध पछाडि चीनको राजनीतिक व्यवस्था भत्काउने निहित स्वार्थ पनि हुन सक्ने विश्लेषण हुँदैछ । यदि यो सत्य हो भने वार्ता गरेरै मात्र पनि समाधान निस्कन्न बरु वार्ता लामो तथा निष्फल हुनसक्ने बताइएको छ ।
चीनको राज्यनियन्त्रित तथा सरकार स्वयम्को स्वामित्वमा उत्पादनका मुख्य क्षेत्रहरू सञ्चालित छन् । बजार नियन्त्रित उद्योगहरू कम छन् । तर, संरा अमेरिकामा ठिक उल्टो निजी र नाफाकेन्द्रित कम्पनीहरू आफ्नो स्वार्थ अनुकूल सञ्चालित छन् । संरा अमेरिकाको निजी कम्पनीहरूले नाफा बढोत्तरी गर्न खोज्नु स्वाभाविकै हो । चीन र संरा अमेरिकाबिचको व्यापार युद्धले राज्यनियन्त्रित उद्योगहरूको उत्पादन र निजी उद्योगहरूको उत्पादनबिचको द्वन्द्वलाई पनि छर्लङ्ग्याएको छ । राज्यनियन्त्रित भएकै कारण उद्योगहरू उत्पादनमुखी र सेवामुखी छन् । अमेरिकाको टाउको दुखाइ यहीनेर हो ।
चाइना दैनिक, २ अगस्ट, २०१८
China Daily, August 2, 2018

स्रोत : चीनविरूद्ध संरा अमेरिकी व्यापार युद्धबारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *