भर्खरै :

भेनेजुयलामा राष्ट्रपति निकोलस माडुरोद्वारा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता

भेनेजुयलामा राष्ट्रपति निकोलस माडुरोद्वारा राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता

काराकस, २६ मार्च (टेलेसुर) । भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोले हजारौँ भेनेजुयाली जनताका साथमा सोमबार नेसनल इलेक्टोरल काउन्सिल (सीएनई) मा गएर जुलाई २८ मा हुने राष्ट्रपति निर्वाचनका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।
भेनेजुयलाका राष्ट्रपतिलाई भेनेजुयलाको युनाइटेड सोसलिस्ट पार्टी (पीएसयूभी) का सदस्यहरूले खुसीसाथ र व्यापकरूपमा समर्थन गरेका छन् । उनीहरूले उहाँलाई हालैको महाधिवेशनमा उम्मेदवारको रूपमा चुनेका थिए । बृहत् देशभक्ति मोर्चाको हिस्सा भएका दलका हजारौँ युवा, कार्यकर्ता र लडाकूहरू पनि देशका कुनाकुनाबाट राजधानी काराकस पुगेका थिए ।
राष्ट्रिय निर्वाचन परिषद् (सीएनई) मा उहाँको आगमन हुनुअघि, समर्थकहरूको भीडले काराकसका विभिन्न स्थानहरूबाट धेरै किलोमिटरसम्म राष्ट्रपति माडुरोलाई चुनावी शक्तिको मुख्यालयमा भव्य स्वागत गर्न अगाडि बढेका थिए । जनता एकजुट भएकाले न्याय कहिल्यै पराजय नहुने नारा भेनेजुयाली जनताले लगाए ।
सीएनईका अध्यक्ष एल्विस अमोरोसोले राष्ट्रपतिलाई स्वागत गर्नुभयो र संविधान र प्रचलित कानुनहरूमा आधारित संस्थाले प्रत्येक उम्मेदवारले आफ्नो उम्मेदवारीलाई दृढ बनाउनका लागि आवश्यकताहरूको पालना गर्छ कि गर्दैन भनेर जाँच गर्ने बताउनुभयो ।
युनाइटेड सोसलिस्ट पार्टी
(पीएसयूभी) का प्रथम उपाध्यक्ष, डायस्डाडो काबेलो माडुरोको उम्मेदवारीको कागजातहरू पेश गर्ने जिम्मेवारीमा हुनुहुन्थ्यो । पीएसयूभीसहित, बृहत् देशभक्ति मोर्चाका १३ सदस्य सङ्गठनले माडुरो मोरोसलाई राष्ट्रपति निर्वाचनका लागि आफ्ना उम्मेदवार घोषणा गरेका छन् ।
उहाँले देशभर ३१७,००० भन्दा बढी सभाहरूमा जनताले आफूलाई मनोनयन गर्ने कारणहरू प्रस्तुत गरेका र यो सोमबार एकीकृत शान्तिको परिप्रेक्ष्यमा खुसी र उत्साहका साथ सीएनईमा आएको स्मरण गर्नुभयो । उहाँले भन्नुभयो, “सबै आक्रमणहरूको बाबजुद भेनेजुयला अगाडि बढिरहनेछ र अब हामी अभिन्न आर्थिक पुनर्जीवनमा जाँदैछौँ, जसको प्रभाव भेनेजुयलाका सबै पुरुष र महिलाहरूसम्म पुग्नेछ ।”
माडुरोले औँल्याउनुभयो कि लगभग ५० लाख भेनेजुयलाहरूले उहाँमाथि विश्वास गरेका छन् । यो मैले अपेक्षा गरेको पुरस्कार हो, तर यसले मलाई जनताका लागि काम गरिरहने ऊर्जाले भरिदिन्छ । यो मेरा बौद्धिक गुरु, मेरा आध्यात्मिक मार्गदर्शक र मेरा क्रान्तिकारी कमान्डर ह्युगो चाभेजले देखाउनुभएको एकमात्र लक्ष्य हो, माडुरोले भन्नुभयो ।
“म यस मातृभूमिलाई असीम माया गर्छु र मैले मातृभूमिको सपुतको रूपमा आफ्नो प्रियजनप्रति बफादारीको विस्तार गर्न र यदि आवश्यक भएमा आफ्नो जीवनभन्दा माथि देशलाई बचाउन, रक्षा गर्न र माया गर्न सिकेको छु । मेरो हृदयमा एउटै भावनाको लागि मात्र ठाउँ छ, त्यो हो देश, जनता र चाभेजप्रति पूर्ण वफादारी,” उहाँले अगाडि भन्नुभयो ।
म राष्ट्रिय निर्वाचन परिषद् (सीएनई) मा आफ्नो नाम प्रस्तुत गर्न मात्र आएको होइन, तर भविष्यको सपना देख्न निम्तो दिने परियोजनाको प्रतिनिधित्व गरेर आएको हुँ । यो कुनै व्यक्ति वा नामको कुरा होइन† जुलाई २८ का दिन मातृभूमिको भविष्य चुनिनेछ, उहाँले भन्नुभयो ।
‘एकता, सङ्घर्ष, लडाइँ र विजय’ उहाँले कमान्डर ह्युगो चाभेजले छाडेका पाठहरू उल्लेख गर्दै भन्नुभयो । बोलिभारको मुक्तिको सपनामा एकजुट भएर भेनेजुयलामा क्रान्तिकारी परिवर्तनको नेतृत्व गर्ने विविध पुस्ताको योगदानलाई उहाँले पुनः जोड दिनुभयो ।
उहाँले चरम दक्षिणपन्थीसँग राष्ट्रको लागि कुनै योजना नभएको बरु व्यक्तिगत स्वार्थ र आर्थिक महत्वाकाङ्क्षा रहेको र मातृभूमि तथा यसको स्रोतसाधन उत्तर अमेरिकी साम्राज्यमा पु¥याउने कुचेष्टा मात्र रहेको स्पष्ट पार्नुभयो ।
सन् २०१५ मा विभिन्न नाममा दक्षिणपन्थीहरूले जनताको केही भागलाई धोका दिएर ठगे र भोट हाल्नेहरूलाई धोका दिएको कुरा स्मरण गर्नुभयो । पाँच वर्षसम्म उनीहरूले हिंसा, गृहयुद्ध, गुआरिम्बा र नाकाबन्दीको नाममा आफ्नै देशमाथि आक्रमण गरे । तिनीहरूका कर्तुतलाई बिर्सन निषेध छ । तिनीहरू सार्वभौमसत्ताविरुद्ध विनाशको पाँच वर्षका अपराधी थिए, उहाँले भन्नुभयो । राष्ट्रपति पदका लागि दश जना उम्मेदवार दर्ता भइसकेको जानकारी दिँदै उहाँले जुलाई २८ का दिन दोस्रो चरणको मतदानबिनाको निर्वाचन हुने बताउनुभयो । उहाँले कुनै पनि नामाङ्कनको बारेमा जानकारी नदिने र भेनेजुयलाको सहभागी लोकतन्त्रको वास्तविकतासँग मेल नखाने परिदृश्य थोपाउन चाहने पश्चिमा प्रभुत्ववादी प्रेसमाथि पनि प्रश्न गर्नुभयो ।
माडुरोले यस दिन एक ऐतिहासिक परियोजना दर्ता र मूल्यवान भएको बताउनुभयो, २०२५–२०३० को अवधिमा समृद्ध राष्ट्र निर्माण गर्ने तथा समानता र मातृभूमिको कल्याण गर्ने बोलिभारियाली क्रान्तिको रणनीतिक लक्ष्य र रणनीतिक उद्देश्यहरू सात परिवर्तन (७ टी) को कार्यक्रम जनताको बहसबाट जन्मेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *