भर्खरै :

चीन : विकसित या विकासशील देश ?

चीन : विकसित या विकासशील देश ?

आर्थिक विकासको सन्दर्भमा चीनलाई हेर्ने विश्व दृष्टिकोण फरक–फरक छन् । केही पश्चिमा देशका विज्ञहरू चीनलाई विकसित देशको सूचीमा राख्नुपर्ने बताउँछन् । केहीले भने विकासोन्मुख र विकासशील देशकै रूपमा प्रस्तुत गर्दै आइरहेका छन् । चीन स्वयम्ले भने आफूलाई एउटा विशाल विकासशील देशको रूपमा स्वीकार्छ ।
कुनै पनि देश विकसित वा विकासशील भनी छुट्याउने केही आधार छन् । चिनियाँ अर्थशास्त्री वाङ युआनहोङ (Wang Yuanhong) का अनुसार देशको साँचो विकासको मापन गर्नको लागि समष्टिगत अर्थतन्त्र र प्रतिव्यक्ति मापकहरूको मूल्याङ्कन सबैभन्दा महत्वपूर्ण हुन्छ । चीनको कूलगार्हस्थ प्रतिव्यक्ति आम्दानी कम हुनु, सहर र गाउँबिचको खाडल कायम रहनु, औद्योगिक प्रतिस्पर्धामा अझै कमजोरी रहनु, प्राविधिक नविनतामा नेतृत्व गर्न नसक्नुले चीनलाई विशाल विकासशील देश भन्न मिल्छ तर विकसित देश भन्न मिल्दैन भन्ने ठम्याइ राख्दछन् राज्य सूचना केन्द्र (State Information Centre) का अर्थशास्त्री वाङ ।
सुधार र खुलापनको ४० वर्ष लामो समयको अनुभवबाट चीन सापेक्षितरूपमा गरिब मुलुकबाट विश्वको दोस्रो ठुलो अर्थतन्त्र र विश्वको सबैभन्दा ठुलो वस्तुहरूको उत्पादकको रूपमा स्थापित हुन सफल छ । यद्यपि, सिन्ह्वा (Xinhua) स्पष्ट लेख्छ, ‘विकसित अर्थतन्त्र भएको देशको रूपमा कहलिनका लागि चीनले अझै लामो यात्रा हिँड्न बाँकी छ ।’ (चाइना दैनिक, जून ६, २०१८)
चीनका ठुलठुला सहरहरूमा पुग्ने जोकोहीलाई चीन एक विकासशील देशमात्र होभन्दा विश्वास गर्न गा¥हो पर्छ तर चीनको आर्थिक वृद्धि असन्तुलित रहेको चर्चा पनि उत्तिकै छ । ग्रामीण भेगमा बसोबास गर्ने चिनियाँहरू अझै कठिनाइ र चुनौतीबिच जीवनयापन गर्छन् ।
प्रत्येक घरको कुल आम्दानीको कति अनुपात खानाको लागि खर्च हुन्छ भनी मापन गर्ने एकाइ एन्जेल्स कोफिसियन्त (Engel’s Cofficient) चीनमा २९.३ प्रतिशत छ । यो भनेको विकसित देशहरूको तुलनामा निकै उच्च हो । यसले के देखाउँछ भने चिनियाँ जनताले अझै आफ्नो आम्दानीको ठुलो भाग आधारभूत आवश्यकता पूर्तिमा खर्चनुपर्छ । संस्कृति, स्वास्थ्य उपचार, मनोरञ्जन र पर्यटनका लागि विकसित देशहरूको तुलनामा कम खर्च गर्छन् भन्ने तथ्याङ्क छ ।
हालैको पाँच वर्षको दौरानमा गरिबी निवारणको अभियानमार्फत चीनले ६ करोड २० लाख जनतालाई गरिबीको रेखामुनिबाट उकास्न सफल भएको तथ्याङ्क छ । यद्यपि, ३ करोड चिनियाँ जनता (फ्रान्सको कुल जनसङ्ख्याको आधा भाग, लगभग नेपालको कुल जनसङ्ख्या) अझै पनि गरिबीको रेखामुनि रहन बाध्य छन् । केही चिनियाँ जनता जो चरम गरिबीको अवस्थाबाट भर्खर माथि उठेका छन्, तिनीहरू पनि आफ्नो दैनिक आधारभूत आवश्यकता पूर्तिको निम्ति सङ्घर्ष गर्दैछन् । चीन अझै पनि अन्य विकासशील र विकासोन्मुख देशहरूले भोगिरहेका समस्याहरू सामना गर्दैछ र सार्वजनिक सेवाको क्षेत्रको अभाव अहिले महसुस गरिइँदै छ भन्ने विश्लेषण केही चिनियाँ विज्ञहरूको हो ।
सामान्यतः कुनै पनि देश विकसित या विकासशील हो भन्ने एउटा बलियो आधारको रूपमा कुल गार्हस्थ प्रतिव्यक्ति उत्पादन र आम्दानीलाई लिने गरिन्छ ।
गत वर्ष चीनको कुल गार्हस्थ प्रतिव्यक्ति आम्दानी ८८०० अमेरिकी डलरमात्र थियो । यो विश्वको प्रतिव्यक्ति आम्दानीभन्दा १०००० अमेरिकी डलरले न्यून हो । यो संयुक्त राज्य अमेरिकाको प्रतिव्यक्ति आम्दानीको सात भागको एक भागमात्र हो ।
एउटा विकसित देश कहलिनको निम्ति त्यस देशको प्रतिव्यक्ति आम्दानी १२७०० अमेरिकी डलरभन्दा माथि हुनुपर्ने र उच्च विकसित देश कहलिनको निम्ति ४०००० अमेरिकी डलरभन्दा माथि कुल गार्हस्थ प्रतिव्यक्ति आम्दानी हुनुपर्ने अन्तर्राष्ट्रिय मान्यता छ । चीन अझै पनि त्यो रेखाभन्दा निकै मुनि छ ।
त्यसैगरी, चीनको उपभोग खर्च (Consumption Expenditure) पनि न्यून रहेको तथ्याङ्क छ । चिनियाँ प्रतिव्यक्ति उपभोक्ता खर्च २०१६ को तथ्याङ्कअनुसार २५०६ अमेरिकी डलर थियो, यो विश्वको औसतभन्दा आधामात्र हो भने संरा अमेरिकाको ७ प्रतिशतको हाराहारीमा मात्र हो ।
२०१७ मा चीनको सहरीकरणको अनुपात ५८.५२ प्रतिशत थियो । यो विकसित देशहरूको तुलनामा ८० प्रतिशतभन्दा बढीले पछाडि छ । यसरी चीन विकसित देशहरूको तुलनामा विभिन्न क्षेत्रहरू जस्तै वातावरणीय सुरक्षा, लगानी प्रवद्र्धनमा चुस्तता, बजार अनुगमन आदिमा पनि पछाडि छ भन्ने मूल्याङ्कन चिनियाँ अर्थशास्त्रीहरूको हो । (पेइचिङ, अप्रिल १६, २०१८)
चीन तथ्याङ्कहरूमा केही विकसित देशहरूभन्दा पछि परे पनि विश्व अर्थतन्त्रको ठुलो भाग अब चिनियाँ अर्थतन्त्रले ओगट्ने क्रममा रहेको कसैले नकार्न सक्दैन । जनवादी गणतन्त्र चीन बलियो राजनीतिक व्यवस्था र उच्चस्तरको कूटनीतिको आधारमा अघि बढिरहेको तथ्य जगजाहेर छ । १ अर्ब ३० करोडभन्दा बढी अर्थात् संसारको जनसङ्ख्याको पाँच भागको एक भाग भएको देश चीनको प्रतिव्यक्ति आम्दानी दर कम हुनु स्वाभाविक हो र गाउँ नै गाउँले भरिएको देशको सहरीकरणको तथ्याङ्क उचो बनाउने कार्य सजिलो होइन भनी विश्लेषकहरू टिप्पणी गर्छन् । चीन गुणात्मक सहरीकरण, औद्योगिकरण, कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरणको बाटोमा दौडिरहेको यथार्थ हो ।
सन् २०२० सम्मको आधारभूत सहरी संस्थाहरूको खाका तयार गरिएको छ । सन् २०३५ सम्ममा कृषिमा आधुनिकीकरण र सन् २०५० अर्थात् चिनियाँ क्रान्तिको एक सय वर्षमा चीनले चिनियाँ ग्रामीण क्षेत्रको पूर्णरूपले मुहार फेर्नेछ, कृषिलाई अझ विकास गर्नेछ, गाउँलाई सुन्दर बनाउनेछ र किसानहरूले सम्पन्नता हासिल गर्नेछन् । चिनियाँ गाउँमा पुनर्ताजगी गर्ने र २ सय वर्ष पुरानो चिनियाँ सपना अबको ३० वर्षमा पूरा हुने प्रक्षेपण छ । यान्त्रिकीकरण, आधुनिक खेती (वैज्ञानिक खेती), सहकारी संस्थाको सक्रियता, इन्टरनेटको प्रयोगले कृषि उत्पादनलाई बजारसँग जोड्ने, कृषिमा आधारित उद्योगहरूको स्थापना, एक गाउँ–एक औद्योगिक नगरको विकासले किसानहरूको जीवनस्तर उठ्नेमा चिनियाँ विज्ञहरू विश्वस्त छन् । साथै चिनियाँ ऐतिहासिकता र सांस्कृतिक पहिचानको जगेर्नाले किसानहरूलाई सांस्कृतिकरूपमा पनि सम्पन्न बनाउनेछ । (चिनियाँ दैनिक १९ जुन, २०१८)
चीनको अन्तर्राष्ट्रिय व्यापार सम्बन्ध निकै अगाडि छ । राजनीतिक हस्तक्षेप र कुनै पनि देशको सार्वभौमिकतालाई चोट नपु¥याउने नीतिअनुसार नै चीन अघि बढिरहेको सर्वविदितै छ । जुन ५, २०१८ को चिनियाँ दैनिकले लेखेको छ, “चीनसँगको सम्बन्ध सशक्तिकरणले ल्याटिन अमेरिकी तथा क्यारेवियन देशहरूले आफ्नो आर्थिक विकास एवम् विभिन्न अवसरहरू प्राप्त गर्ने निश्चित छ ।”
चीनले ल्याटिन अमेरिकी र क्यारेवियाली देशहरूका लागि खोलेको त्यो ढोकाले समग्र मेक्सिको, ब्राजिल र अर्जेन्टिनाजस्ता देशहरूको अर्थतन्त्रमा विविधता र सम्पन्नता ल्याउन अवसर सिद्ध हुने सिन्ह्वा न्यूज एजेन्सीले बतायो । विशेषतः चिनियाँ लगानी, चिनियाँ प्रविधि, सामानहरू र वित्तीय कारोबार विस्तारमा ती देशहरू चीनबाट लाभान्वित हुनेछन् भने चीन आफू पनि यो सम्बन्धबाट बलियो बन्दै जाने कुरामा दुईमत छैन ।
यसरी अर्थतन्त्र, व्यापार, लगानी, अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति, वातावरणीय सुरक्षालगायतका मुद्दाहरूमा चीनले अगुवाइ गरिरहेको यसबाट पनि देखिन्छ ।
चीनले दक्षिण एसिया नीतिलाई पनि सशक्त ढङ्गले अगाडि बढाइरहेको छ । अरु देशमाथि शोषण होइन सहयोग गर्नुपर्ने नीतिअनुरूप नै चीन सहयोग र सेवाको अन्तर्राष्ट्रिय राजनीति गरिरहेको छ । कमजोर र विकासोन्मूख देशहरूलाई आर्थिकरूपमा सक्षम र बलियो बनाउने प्रयास चीन गर्दैछ ।
यसरी विकासशील र विकासोन्मूख देशहरूलाई पनि सहयोग गर्ने, अन्य देशहरूको अर्थतन्त्र बलियो होस् भनी ती देशहरूबाट आयात धेरै गर्ने, विश्व बजारमा आफ्नो सामग्रीहरूको अत्यधिक निर्यात गर्ने चीन कसरी विकासशील देश हो भन्ने अर्को तर्क पनि छ ।
चीनमाथि दादागिरी देखाउने अमेरिकी प्रयासहरू थुप्रै भए । तर, ती सबै असफलतामा टुङ्गिए । चीन–संयुक्त राज्य अमेरिकाबिचको सम्बन्ध एक अर्काको स्वार्थका लागि भन्दा पनि विश्व शान्ति र विकासका निम्ति आवश्यक छ । यद्यपि, साम्राज्यवादी संरा अमेरिकाले आफ्नो धुत्र्याइँ पटकपटक देखाइरहेको छ । त्यसको एउटै मात्र कारण चीनको द्रुत विकास हो ।
चिनियाँ नेताहरूले कैयौँपटक चीनको उदय शान्तिपूर्ण हुने र हालको अन्तर्राष्ट्रिय व्यवस्था (Order) परिवर्तन गर्ने कुनै नियत नभएको दोहो¥याइरहँदा पनि चीनलाई संरा अमेरिकाले आफ्नो सर्वोच्चता माथिको ठुलो खतराको रूपमा लिइरहेको छ । (चिनियाँ दैनिक, जुन ७, २०१८)
संरा अमेरिकाले छेडेको व्यापार युद्धको घाटा ऊ आफैँले बेहोर्नुपर्ने भएपछि जुन ४, २०१८ का दिन चीन र संरा अमेरिकाबिच व्यापार वार्ता भयो जसले सकारात्मक सङ्केत गरेको देखिन्छ । शान्त तथा धैर्यपूर्वक कदम चाल्ने चीनको नीतिका कारण यो वार्ता सम्भव भएको बताइन्छ । उक्त व्यापार सम्झौताको आधारमा चीनले अमेरिकाको व्यापार घाटा न्यूनीकरण गर्ने, रोजगारी सृजनामा सहयोग गर्ने भएको छ । यसले दुवै देशको व्यापार अग्रगामी बाटोतर्फ उन्मुख रहेको देखाउँछ । यद्यपि, त्यही वार्तालाई पश्चिमा प्रचारमाध्यमहरूले अनुत्पादनमुखी वार्ताको संज्ञा दिए ।
चीन आफ्नो देशको उच्च गुणस्तरीय विकासका आवश्यकताहरू, सुविधा सम्पन्न जीवनयापनका निम्ति संरा अमेरिका लगायतका देशहरूबाट आयात गर्न इच्छुक भने अवश्य छ । तर, चीन आफ्नो क्षेत्र, आफ्नो स्वाभिमानमाथि प्रहार भयो भने एक इञ्च पनि पछि नहट्ने ढङ्गबाट तयार छ । यसकारण प्रश्न उठ्न सक्छ विश्वको पहिलो आर्थिक शक्ति, संयुक्त राज्य अमेरिकासँग पटक्कै नझुक्ने बरु प्रतिस्पर्धा गर्ने देश चीन कसरी विकासशील ?
‘एक क्षेत्र एक मार्ग अगुवाइ’ (BRI) को माध्यमबाट चीनले सम्पूर्ण विश्वकै अर्थतन्त्रमा टेवा पु¥याउने, विश्वकै विकासोन्मुख देशहरूलाई गरिबी, असमानता, अभावको दलदलबाट माथि उठाउने सपना देखेको छ । त्यसको निम्ति चीन आफ्नो राजनीतिक व्यवस्थाको बलियो जगमा अर्थतन्त्रलाई गुणात्मक प्रगतितर्फ अघि बढाउन प्रयत्नरत छ । आपसी हित ‘वीन वीन’ नीतिको आधारमा विश्वलाई नै सहयोग गर्न तयार चीनको अहिलेको आर्थिक वृद्धिले के देखाउँछ भने चीन विश्व अर्थतन्त्रको इन्जिनमात्र होइन, नेतृत्वकर्ता बन्नेछ ।
यसरी कुनै पनि देश विकासशील वा विकसित हुनुभन्दा पनि त्यो देशको अन्तर्राष्ट्रिय र राष्ट्रिय नीतिहरू धेरै महत्वपूर्ण हुन्छन् । चीनलाई आफू विकासशील कहलिनुमा कुनै घाटा छैन । पश्चिमा देशहरूले चीनलाई विकसित देशहरूको सूचिमा हुनुपर्ने भनी प्रचारबाजी गर्नुमा तिनीहरूको नियत र स्वार्थ बुझ्न निश्चय पनि गा¥हो छैन । विकसित देश संरा अमेरिकालाई उछिन्न तयारीमा रहेको चीन आफैँ भन्छ, “चीन अझै विकासशील देश हो, विकसित देश बन्न अझ लामो हिँड्न बाँकी छ ।”
स्रोत : चीनविरूद्ध संरा अमेरिकी व्यापार युद्धबारे

Leave a Reply

Your email address will not be published. Required fields are marked *