भर्खरै :

महिला नेतृत्व तथा उद्यमशीलता उत्पे्ररणा तालिम सम्पन्न

महिला नेतृत्व तथा उद्यमशीलता उत्पे्ररणा तालिम सम्पन्न

भक्तपुर, १९ चैत । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि. को महिला सशक्तीकरण उपसमितिको आयोजनामा एकदिने महिला नेतृत्व तथा उद्यमशीलता उत्पे्ररणा तालिम सोमबार सम्पन्न भयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले सिलाइ, कटाइ, बुनाइ, व्युटिसियनजस्ता सीपमूलक तालिममा सीमित रहेर अहिलेको प्रतिस्पर्धात्मक समयमा महिलाहरू अगाडि बढ्न नसक्ने हुँदा क्षमता अभिवृद्धिका तालिमहरू आवश्यक रहेको बताउनुभयो । सहकारीमा महिला सदस्य र महिला कर्मचारी तुलनात्मकरूपमा पुरुषको भन्दा बढी सहभागिता रहे तापनि पुरुष नेतृत्वकै हाबि भइरहेको अवस्थालाई चिर्न पनि महिला नेतृत्वको आवश्यकता रहेको उहाँले बताउनुभयो । सहकारीको समस्या सामाधान गर्न हाल राज्यले नयाँ सहकारी दर्ता बन्द गरेको र प्रभावकारी नियम नगर्न दोस्रो तहको नियमक निकाय गठन गर्न लागेको उहाँले बताउनुभयो ।
सङ्घका सञ्चालक एवं उपसमितिका संयोजक कृष्णश्वरी मचामसीले महिला दिदीबहिनीहरू आफ्नो खुट्टामा आफैँ उभिन सक्नुपर्ने विचार राख्नुभयो । उहाँले महिलाहरूलाई नेतृत्व र उद्यममा प्रेरित गर्न तालिमको आयोजना गरेको बताउनुभयो ।
मेटिभेसनल स्पिकर डा. ताराप्रसाद गिरीले हामीसँग जे छ त्यसमा सन्तुष्ट हुनुपर्ने र सानो सानो कुरामा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समाज बदलिन आफूले आफूलाई नै पहिले बदलिनुपर्ने बताउनुभयो । उहाँले आदर्श व्यक्ति बन्न विभिन्न तरिका र कुरा समयअनुसार हार नखाई बाधा, अवरोधका चरणहरू पार गरेर जीवनलाई सही ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभयो ।
सहजकर्ता सुन्दरश्याम घिमिरेले सीप विकास तालिम र उद्यमशीलता तालिमबिच भिन्नता रहेको बताउँदै उद्योगको महत्व, जोखिम र समस्याहरूको बारेमा बताउनुभयो ।
महिला सशक्तीकरण उपसमिति सदस्य सुवर्णप्रभा गुरागाईले धन्यवाद मन्तव्य दिँदै तालिममा महिलाहरूलाई जोड दिने कुरा राख्नुभयो । उहाँले आफूभित्र लुकेको प्रतिभालाई उजागर गर्न यस उत्प्रेरणात्मक तालिमले सहयोग गर्ने बताउनुभयो । उपसमितिका सदस्य निर्जला ढुङ्गेलले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *