भक्तपुर महोत्सव २०८१ को प्रतिवेदन हस्तान्तरण
- चैत्र ७, २०८१
दैलेख, १९ चैत । नेपाल क्रान्तिकारी महिला सङ्घ डुङ्गेश्वर गाउँ समितिको आयोजनामा शनिबार डाँडापराजुलमा कार्यकर्ता भेला भयो । भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य नर्मा गुरूङले विश्वका क्रान्तिकारी महिलाहरूको जीवन सङ्घर्षबाट शिक्षा लिई कार्यकर्ताहरू राजनीतिकरूपमा सचेत र सङ्गठित हुनुपर्ने बताउनुभयो ।
नेमकिपा दैलेखका जगत वलिले सामन्तवाद र पुँजीवादको विरोधमा वर्गीयरूपमा आन्दोलन अगाडि नबढाएसम्म परिवर्तन नहुने धारणा राख्नुभयो ।
कार्यक्रममा बिजुकला राना, खगिसरा रेग्मी, बिन्दुलाल रेग्मी, शिवराज दाहाल, हिरामणि न्यौपाने र देवी रेग्मीले पनि बोल्नुभएको थियो ।
त्यस्तै नेमकिपाका अग्रज कार्यकर्ता देवी महतरा निधनको ११ औँ स्मृतिसभा आइतबार भयो । सभामा पार्टीका केन्द्रीय सदस्य नर्मा गुरूङले स्वास्थ्य उपचार निःशुल्क नहुँदा कामदार जनता उपचार नपाई असमयमै मर्नुपर्ने स्थिति रहेको बताउनुभयो ।
कार्यक्रममा जगत वलीले महतराको योगदानबारे बोल्नुभएको थियो ।
Leave a Reply