भर्खरै :

बिजुलीका कति धेरै स्रोत !

बिजुलीका कति धेरै स्रोत !

नेपाल सानो भइकन पनि यस्तो देश हो, जहाँ जता पनि विद्युत् शक्तिको स्रोत भेटिन्छ । पानी–बिजुली, घाम–बिजुली, हावा–बिजुली र फोहोरहरू कुहिएको ठाउँबाट निस्कने बिजुली तर, हाम्रा शासक पार्टीहरूको अर्को बुद्धि भएर वा बुद्धि नभएर हामी यी सबै कुराबाट बिजुली निकाल्न सक्दैनौँ । नेपालमा यति धेरै पानी छ जसबाट जति धेरै बिजुली निकाल्दा पनि सम्भव छ तर, शासक दलहरूको निबुद्र्धिका कारण हामी नेपाली बिजुलीमा पछि परेका छौँ । एउटै खोलाबाट ९–१० ठाउँमा बिजुली निस्कन्छ तर त्यसको प्रयोग कम ठाउँमा मात्र भएको छ । उदाहरणको लागि म्याग्दी नदीले अहिले पनि ८–९ ठाउँमा बिजुली निकाल्छ । विद्युत् शक्ति उत्सर्जन गर्ने प्रविधिमा पहिले पहिले एउटै खोलाको एउटै पानीबाट धेरै ठाउँमा बिजुली निस्कन्छ भन्ने ज्ञान थिएन तर अहिले त नेपालमै पनि त्यो ज्ञान र बुद्धि आइसक्यो तर भारतले सुख्खा याममा बत्ती दिन राजीखुसी भइसकेको छैन । साँच्चै, यो याममा भारतले विद्युत् शक्ति दिएन भने नेपालमा फेरि लोडसेडिङ हुनेछ । यो सङ्कट टार्न भारतले चाहिँदा नचाहिँदा सर्त राखेको छ । त्यस्तै, नेपालबाट भारतले बिजुली किन्दा पनि आफूले सहायता दिएका योजनाबाट मात्र जलविद्युत् किन्ने गरेको छ । भारतलाई त बिजुली चाहिने हो । कुन देशको सहयोगमा बिजुली निस्केको हो, त्यसको के मतलब र ? तर, भारत जसरी हुन्छ नेपाललाई उल्झो दिने रणनीतिमा खेलिरहन्छ । यसर्थ, नेपालका शासक दल र तिनका नेताहरू द¥हो हुनुप¥यो ।
सामुदायिक वनले वन जोगायो
नेपालमा पानी–बिजुली अति धेरै छ । यो कुरा हाम्रा शासक दलका नेता र नेतृत्वहरू बुझ्दैनन् वा बुझ पचाउँछन्, त्यो मैले भन्न उचित हुँदैन । नेपालको विश्व सम्पदा हिउँ छ, हिमाल छ । हिउँ भनेको पानी हो तर बगेको पानी होइन, जमेको पानी । त्यो प्रशस्त छँदा छँदै, नेपाल अहिले अरूसँग बिजुली माग्ने अवस्थामा छ । हो, पहिले पहिले विद्युत् शक्ति निस्कने स्रोत पानीमात्र ठानिन्थ्यो तर अहिले पानी, घाम, हावा र कुहिएको फोहोर पनि बिजुली निकाल्ने भाँडो भएका छन् । यसर्थ, सरकारको काम विशाल हुनुप¥यो र आँट एवं ओट बलवान हुनुप¥यो । बगलीभरि पैसा लिएर तत्कालको लागि अरूसँग पैसा मागेसरह हो यो काम । भारतले आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालबाट किन्ने निर्णय गरेको छ । बङ्गलादेशमा पनि विद्युत्को अभाव छ । नेपालको बिजुली बङ्गलादेशलाई पनि खाँचो छ । नेपालमा पनि विद्युत्को प्रयोग बढेको छ । प्रतिव्यक्ति विद्युत् खपत अप्रत्याशित गर्दै बढिरहेको छ । पहिला–पहिला ग्यास नआउँदा घर–घरको चुलो र अगेनो बाल्न दाउरा चाहिन्थ्यो । त्यो दाउराको लागि वन विनास हुन्थ्यो । यस्तो अवस्था आइसकेको थियो, जङ्गली जनावरहरू आफ्नो आहाराको लागि गाउँ पस्थे । सामुदायिक वनको अवधारणा आएपछि गाउँलेहरू नै वन जोगाउन थाले । वन जोगिनु भनेको सभ्य र शिष्ट हुनु हो । साथै, वस्तुभाउ पाल्न पनि सजिलो हुनु हो ।
बिजुलीका विभिन्न विकल्प
हामी नेपाली अप्ठ्यारो नपरी चल्दैनौँ । जब वन मासियो, नेपाल मरूभूमीकरण हुने दिशातिर अगाडि बढ्यो तब वन नजोगाइ नहुने भयो । वन जोगिन थालेपछि घाँस, दाउरा, वस्तुभाउको लागि सोत्तर, घर बनाउने काठ प्रशस्त पाइने भयो । यसरी, जनतामा वनप्रतिको अवधारणा सकारात्मक रह्यो । अब अहिले जनता घर बनाउन काठ होइन, सिमेन्ट र फलामको प्रयोग गर्दै छन् । यसले गर्दा, कतिपय गाउँमा त वन बढेर जङ्गली जनावरको आक्रमण पनि बढिरहेको छ । अब सामुदायिक वनमा पनि युग अनुकूलको अवधारणा मिसाउन आवश्यक भइसकेको छ । मान्छेहरूलाई दाउराको सट्टा बिजुली प्रयोग गर्ने विकल्प दिनुप¥यो ।
जलविद्युत् सस्तो र लामो अवधि सञ्चालन हुने प्रविधिमा आधारित छ । यो तथ्य बुझी हामीले जलविद्युत्लाई नै प्राथमिकता दिनु उचित होला । यसको तात्पर्य अरू विद्युत् स्रोतलाई उपेक्षा गर्नु वा गणना नगर्नु भनेको होइन । मलाई सम्झना छ – धेरै वर्षअघि मनाङ हो कि मुस्ताङमा हावाबाट बिजुली निकाल्न प्रयास भयो तर, प्रविधि नितान्त नयाँ भएकोले हामीले त्यो प्रविधि कार्यान्वयनमा ल्याउन सकेनौँ । त्यसले गर्दा हावा बिजुलीप्रति नै मान्छेहरूको धारणा नकारात्मक रह्यो । झन् फोहोरबाट बिजुली निकाल्ने कुरा त कहाँ सजिलो छ र ? जे भए पनि बिजुलीका स्रोत अहिले आएर घाम हो, हावा हो र कुहिएको फोहोर पनि हो भन्ने प्रमाणित भइसकेको छ । भविष्यमा अरू पनि पत्ता लाग्ला ।
फेरि अन्धकारको युग आउला !
नेपालमा बिजुली आउनुभन्दा अगाडि संसारका थोरै मुलुकमा मात्र विद्युत् शक्तिको प्रयोग भएको थियो । नेपालको पहिलो जलविद्युत् फर्पिङको ५०० कि.वा. हो । फर्पिङबाट निस्केको बिजुली बल्दा काठमाडौँ खाल्डोका धेरै मान्छे नसुती बिजुली बलेको हेर्न निस्किएका थिए । सरकारले पनि बिजुली भनेको एउटा हाउगुजीको रूपमा लिएको थियो । त्यसपछि, सुन्दरीजल र मोरङमा जलविद्युत् शक्ति उत्सर्जन गरियो । त्यतिबेला नेपाल संसारका अरू धेरै मुलुकभन्दा निकै अगाडि नै जलविद्युत् शक्ति उत्पादन गर्ने, प्रयोग गर्ने युगमा पुगिसकेको थियो । त्यसपछिका सरकारहरूले जलबिजुलीलाई जुन प्राथमिकता दिनुपर्ने हो त्यसमा पछि परे । फलत ः नेपाल फेरि अन्धकारमा पस्यो । अब नेपाल पनि जलविद्युत्को बढीभन्दा उत्पादन गर्ने सङ्कल्पका साथ अघि बढेको छ । तसर्थ, संसारमा तेस्रो विश्व युद्ध भएन भने जलविद्युत्को खाँचो पर्दैन जस्तो लाग्छ । जसको तात्पर्य जलविद्युत्मा मात्र केन्द्रित हुनुपर्छ भनेको होइन । विद्युत् शक्तिका सबै स्रोत परिचालन गरेमा मात्र हाम्रो भविष्य उज्यालो हुनेछ । अन्यथा, संसार उज्यालोमा बस्छ र नेपाल अँध्यारो युगमै फर्किनुपर्छ । यो गम्भीर कुराको विश्लेषण गरी जलविद्युत् शक्ति बढी उत्पादन गर्ने र बिजुली चाहिने अरू देशलाई निर्यात गरेर सेवाको काम गर्न सकिने छ । खबरदार, काम कुराको प्रवृत्ति र प्रकृति नमिलेर नेपालमा फेरि अन्धकारको युग आउला । यसका लागि सरकार नै जिम्मेवार हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *