यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २३ चैत । नेपाल कर्मचारी समाजद्वारा प्रकाशित ‘सन्देश’ बुलेटिनको शुक्रबार अन्तरक्रिया तथा नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कर्मचारीहरूले पठन संस्कृतिको विकासलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
कर्मचारीहरूले समाजको लागि पनि काम गर्नुपर्ने उल्लेख गर्दै उहाँले कर्मचारीहरू राजनीतिक प्राणी भएको हुँदा राष्ट्रिय अन्तर्राष्ट्रिय विषयमा पनि जानकारी राख्नुपर्ने बताउनुभयो ।
उहाँले विदेशी लगानी र ऋण तथा अनुदानमा देशको समृद्धि सम्भव नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “कर्मचारीहरू ट्रेड युनियनवादी हुनुहुँदैन । कर्मचारीहरूले व्यक्तिगत स्वार्थको लागि मात्र कुरा उठाउनु र सक्रिय हुनु ट्रेड युनियनवादी सोचबाट ग्रसित मानसिकता हो ।”
उहाँले देशभक्त कर्मचारीहरू त्यसको विरुद्धमा सम्पूर्ण जनताको हितको निम्ति इमानदारीका साथ कर्तव्यनिष्ठ भएर क्रियाशील हुनुपर्ने बताउनुभयो ।
जनप्रतिनिधिको निर्देशनअनुसार कर्मचारीहरूले काम गरे संस्थाको दिगो विकास हुने स्पष्ट पार्दै उहाँले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जनप्रतिनिधि र कर्मचारीहरूबिच समन्वयात्मक ढङ्गले काम हुनुपर्नेमा जोड दिँदै कर्मचारीहरूले जनताको सेवालाई प्राथमिकतामा राखी काम गर्नुपर्ने बताउनुभयो ।
जनताको साथ र सहयोगले भक्तपुर नपाले सफलतापूर्वक आफ्ना कार्यक्रमहरू अगाडि बढाइरहेको प्रस्ट पार्दै शिक्षा र स्वास्थ्यमा भक्तपुर नपाले प्राथमिकतामा राखी काम गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले सूचना प्रविधि तथा डिजिटाइजेसनको युगमा सरकारी सेवालाई ‘पेपरलेस’ बनाउनेतर्फ अगाडि बढ्नुपर्नेमा जोड दिँदै कर्मचारीहरूले आफूलाई तोकेको जिम्मेवारी निर्धारित समयभित्र इमानदारीपूर्वक सम्पन्न गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीबिच अन्योन्याश्रित सम्बन्ध रहने उल्लेख गर्दै अधिकृत भट्टराईले कर्मचारीहरूले सृजनात्मक ढङ्गले काम गर्न प्रेरित गर्नुभयो ।
समाजका अध्यक्ष गौतमप्रसाद लासिवाले कर्मचारी समाजले नियमितरूपमा पुस्तक, पत्रिकाहरू प्रकाशन गर्दै कर्मचारीहरूको हकहित सुनिश्चित गर्ने कार्य गर्दै आएको बताउनुभयो ।
उहाँले कर्मचारीहरू आफ्नो काम, कर्तव्य र अधिकारबारे सुसूचित हुनु जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा कर्मचारी समाजका उपाध्यक्ष काजीबहादुर पञ्च, शिवराम धुख्वा, प्रज्ज्वल खत्री, दिव्यलक्ष्मी बज्राचार्य, रामकृष्ण प्रजापति, कान्छी प्रजापति, कृष्णश्वरी सुवाल, इन्दिरा शाक्य, विकास प्रजापतिलगायलते ‘सन्देश’ पत्रिकाबारे आफूले गरेको अध्ययनको सार प्रस्तुत गर्दै राष्ट्रसेवक कर्मचारीहरू राजनीतिकरूपमा सचेत हुनुपर्ने र अध्ययनलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उक्त कार्यक्रममा समाजका राजेश दिष्टिले पनि बोल्नुभएको थियो ।
Leave a Reply