अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
जुम्ला, २३ चैत । नेपाल मजदुर किसान पार्टी जुम्लाले पन्ध्रौँ जिल्ला सम्मेलन गर्न जिल्ला भेला आयोजना ग¥यो । शुक्रबास भएको भेलाले चौधौ जिल्ला सम्मेलनबाट निर्वाचित जिल्ला समितिलाई विघटन गरी पूर्णैलाल खत्रीको संयोजकत्वमा पन्ध्रौँँ जिल्ला सम्मेलन तयारी समिति गठन गरेको हो । २७ सदस्यीय सम्मेलन तयारी समितिले विभिन्न उपसमितिहरू पनि गठन गरेका छन् ।
जिल्ला भेलामा नेमकिपाका केन्द्रीय सदस्य डिल्लीप्रसाद काफ्लेले अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद, देशीय सामन्तवाद र छद्मभेषी कम्युनिस्ट भनाउँदासँग नेमकिपा सङ्घर्षरत रहेको बताउनुभयो ।
उहाँले भारतीय विस्तारवादीहरूले नेपालको विकासमा दलाल नेताहरू प्रयोग गरी देशको विकास र जनताको उन्नति हुन नदिएको बताउनुभयो ।
केन्द्रीय सदस्य काफ्लेले भन्नुभयो, “नेमकिपा कामदार जनताको सच्चा पार्टी हो । नेका, एमाले र माओवादी लगायतका पार्टीहरू अपराधीहरूको भिडमा परिणत भएको छ । देशको अर्थतन्त्र शासक पार्टीहरूकै कारण ध्वस्त हुँदै गएको छ ।”
उहाँले भन्नुभयो, “पार्टी विचार हो† तर शासक दलहरूका कारण देशमा नयाँ शक्ति व्यक्तिवादी र साम्प्रदायिकरूपमा देखिएका छन् । उनीहरू सबैको अन्त्य समाजवादी गणतन्त्रको आन्दोलन र नेमकिपा हुनेछ ।”
कार्यक्रमका सभापति एवं नेमकिपा जुम्लाका संयोजक पूर्णलाल खत्रीले नेमकिपा विचार र इमानदारहरूको पार्टी भएकोले शासक दलको कमिकमजोरीलाई औँल्याउँदै जनतालाई सचेत गर्नुपर्छ भन्नुभयो ।
जिल्ला समिति सदस्य वृषबहादुर रावतले अहिलेसम्मका शासक दलहरूले सन् १९५० को सन्धि, विभिन्न नदीनाला भारतलाई दिने सन्धि, लगानी बोर्ड कानुन, विप्पा सम्झौता, उर्जा व्यापार सम्झौता, परियोजना विकास समझौता, एमसीसी सम्झौता, नागरिकता विधेयकलगायत विषयमा सम्झौता गरी देशलाई भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सेवा गरेको उनीहरूको अन्त्य नेमकिपाबाटै हुनेछ भन्नुभयो ।
कार्यक्रममा कालीबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
Leave a Reply