भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काठमाडौँ, २५ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार भट्टराईले घुसबापत भक्तपुरको जग्गा खरिद गर्नको लागि निर्माण व्यवसायीसँग रु. ८० लाख घुस मागेको र सो रकम जग्गा बिक्रेताको खातामा जम्मा गर्न लगाएको पाइएको छ । आयोगले प्रमुख इन्जिनियर सरोजले आमा जनकनन्दनी भट्टराईको नाममा जग्गा खरिद गरेको आरोप लगाएको छ ।
आयोगले छोरा सरोज र आमा जनकनन्दनी भट्टराई दुवैलाई आरोप लगाउँदै आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । आरोपी दुवैलाई बिगोबमोजिम कारबाहीको माग गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । रासस
Leave a Reply