भर्खरै :

सरसफाइ तथा शुभकामना कार्यक्रम

सरसफाइ तथा शुभकामना कार्यक्रम

भक्तपुर, २९ चैत । भक्तपुर नगरपालिका वडा नं. ८ लिबालीस्थित इन्जिनियरिङ चोक लाँपु ग्वाहाली पुचः, छिमेकी महिला समूह तथा लिबाली समूहको संयुक्त आयोजनामा सरसफाइ तथा शुभकामना आदानप्रदान कार्यक्रम भयो ।
सरसफाइपछि आयोजित शुभकामना कार्यक्रममा भनपा वडा नं. ८ का वडाध्यक्ष कृष्णप्रसाद कोजुले घरदेखि नै आफ्नो छोरा नातिलाई सफा गर्ने र राम्रो संस्कार सिकाउनुपर्नेमा जोड दिनुभयो ।
आ–आफ्नो घर आँगन, चोक सफा राख्न कुहिने र नकुहिने फोहर छुट्याउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले वैशाख ८ गते शनिबार समाज सुधार माविको प्राङ्गणमा पाठेघर परीक्षण हुने जानकारी दिनुभयो ।
ग्वाहाली पुचःका अध्यक्ष रत्नलाल साँदको सभापतित्वमा भएको सो कार्यक्रममा छिमेकी महिला समूहका अध्यक्ष मीना नकर्मी, बालकृष्ण साँद र लक्ष्मीप्रसाद रञ्जितले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *