भर्खरै :

२०६ औँ माक्र्स जयन्तीको अवसरमा प्रवचन कार्यक्रम

२०६ औँ माक्र्स जयन्तीको अवसरमा प्रवचन कार्यक्रम

भक्तपुर, २३ वैशाख । नेपाल क्रान्तिकारी किसान सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरु कार्ल माक्र्सको २०६ औँ जन्म दिवसको अवसरमा आइतबार प्रवचन कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले समाज विकासको सिलसिला अध्ययन गरिए दास मालिकविरुद्ध दासविद्रोह, सामन्त र जमिन्दारविरुद्ध भूदास वा किसानहरूको विद्रोह, राजतन्त्रविरुद्ध पुँजीपतिवर्गको विद्रोह, पुँजीपतिवर्गविरुद्ध मजदुरहरूको विद्रोहबारे जानकारी हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “किसानहरूसँग अलिकति जग्गा–जमिन हुने भएकोले उनीहरू निम्न पुँजीवादी विचारका हुनेछन् । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारले किसानहरूलाई क्रान्तिकारी बनाउनु जरुरी हुन्छ ।”
“माक्र्सले मजदुरवर्गलाई सङ्गठित गर्नुभयो । त्यसबेलाको प्रतिक्रियावादी सरकारले माक्र्सलाई देश (जर्मनी) बाट निष्काशन ग¥यो । तर, माक्र्स आफ्नो दृढ अडानका साथ संसारका मजदुरहरूको हितमा लागिरहनुभयो”, सचिव सुवालले भन्नुभयो ।
नेमकिपाले श्रमिक हक, भर्पाई आन्दोलन र बाली काट्ने आन्दोलन अघि बढाएर जोताहा किसानको पक्ष लिएको हो । कम्युनिस्ट दाबी गरेका अन्य पार्टीहरूले किसान आन्दोलनलाई जोड नदिएको हुँदा कमैया–कमलरीलगायत जोताहाहरूले मोहियानी नपाएका हुन्, उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “शासक दलहरूले किसानलाई समयमा मल, बीउ, औजार र सिँचाइको व्यवस्था गरेनन्† ८० लाख नेपाली युवालाई वैदेशिक रोजगारीको निहुँमा बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न पठाए । हाम्रो देश विकास गर्नको लागि नेपाली युवालाई स्वदेशमै रोजगारीको व्यवस्था हुनु जरुरी छ ।”
नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवालले शोषणरहित समाज स्थापना गर्न श्रमजीवीवर्ग एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । व्यक्तिगत स्वार्थभन्दा सामूहिक हितमा काम गर्नुपर्ने र आइपर्ने हरेक समस्याविरुद्ध सचेत भई मुकाबिला गर्नुपर्ने कुरा माक्र्सबाट शिक्षा लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रमका सभापति एवम् आयोजक समितिका अध्यक्ष गोविन्द दुवालले मानव जातिको मुक्तिको निम्ति काम गर्नुपर्ने चर्चा गर्नुभयो । उहाँले बहुसङ्ख्यक श्रमजीवीवर्गको हितमा सङ्घर्ष गर्ने र हरेक समस्यासँग जुझ्दै अघि बढ्ने कुरा माक्र्सबाट सिक्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा जिल्ला सदस्यद्वय केशवप्रसाद तिमिल्सिना र पूर्णगोपाल राजचलले माक्र्सको जीवनीबारे आ–आफ्नो विचार राख्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *