भर्खरै :

अचार तालिम सुरु

अचार तालिम सुरु

भक्तपुर, २३ वैशाख । उद्योग तथा वाणिज्य कार्यालयको आ.व. २०८०/८१ को वार्षिक कार्यक्रमअन्तर्गत भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ, महिला उद्यमी समितिको संयोजनमा आइतबारबाट नौदिने अचार बनाउने तालिम सुरु भयो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष प्रेम खर्बुजाले वाग्मती प्रदेश सरकारले कोही पनि जनता सीपविहीन भई बेरोजगार नहोस् भने उद्देश्यले विभिन्न तालिमहरू दिइरहेको जानकारी गराउँदै उद्यमी बने हेतुले तालिम लिन हुन अनुरोध गर्नुभयो ।
उहाँले तालिम लिई नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता नवीकरण गरी उद्यमी बन्ने वाग्मती सरकार नेपाल सरकारले विभिन्न सुविधाहरू प्रदान गर्ने गरेको र ती सेवा सुविधा लिन सङ्घले सहजीकरण गर्दै आइरहेको बताउँदै तालिम लिई उद्यमी बन्न सकोस् भनी शुभकामना दिनुभयो ।
उद्योग तथा वाणिज्य कार्यालयका लक्ष्मीप्रसाद कासुलाले चुरा लगाउने हातले सीप सिई आत्मानिर्भर हुन सकोस् र नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता गरी उद्योग सञ्चालन गरेमा वाग्मती सरकारअन्तर्गत उद्योग तथा वाणिज्य कार्यालयबाट दिने सुविधाको लागि सहजीकरण गर्न कार्यालय तत्पर रहेको जानकारी गराउनुभयो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ, महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठले भक्तपुरमा अचारका उद्यमीको कमीको महसुस गरी तालिम लिई अबको दिनमा बजारमा भक्तपुरबाट उत्पादित अचार बजारमा आउने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ महिला उद्यमी समितिका सचिव सुचिता सैंजु तथा प्रशिक्षक अनिता गौतमले तालिमको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *