यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काभ्रे, ४ जेठ । नेपाल मजदुर किसान पार्टी बनेपा नगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम शुक्रबार बनेपामा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले समाजवादी व्यवस्था नै कामदारवर्गको स्वर्ग हो भन्नुभयो । नेपाल क्रान्तिकारी मजदुर सङ्घ समाजवादी सत्ता प्राप्तिको लागि सङ्घर्षरत रहेको तर ट्रेड युनियनवादीहरूले आमूल परिवर्तनको लागि नभई मात्र सुविधा बढाउने कुरा गर्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “साप्ताहिक ‘श्रमिक’ र ‘मजदुर’ दैनिक पत्रिका आस्थाको पत्रिका हो । देश विदेशमा भइरहेका शोषित–पीडित जनताको आन्दोलनबारे जनतालाई सुसूचित पारिरहेको छ ।”
पुँजीवादी व्यवस्थामा दलगत र व्यक्तिगत स्वार्थमा प्राथमिकता दिने, भ्रष्टाचार, अनियमितता बढ्ने उल्लेख गर्दैै उहाँले अपराधीहरुलाई सजाय नदिइकन देशमा सुशासन हुनेछैन भन्नुभयो ।
नेमकिपा काभ्रे जिल्ला समितिका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले सत्तापक्ष र प्रमुख प्रतिपक्ष दुवै भ्रष्टाचारमा लिप्त भएकोले संसदमा छिनाझपट भइरहेको बताउनुभयो ।
उहाँले सिद्धान्त र विचारभन्दा पद, पैसा र भागबन्डाको राजनीति भइरहेको कारण देशमा भ्रष्टाचार, अनियमितता र लुटतन्त्र चलिरहेको बताउनुभयो ।
नेमकिपा बनेपा नगर समितिका उपाध्यक्ष सत्यनारायण श्रेष्ठले ऐन–कानुन निष्कृय हुँदा कडा सजाय दिनुपर्ने मुद्दामा पनि कार्यान्वयन हुन नसकेको र देशमा भ्रष्टाचारलगायतका अन्य अपराधहरू वृद्धि भएको बताउनुभयो ।
नेमकिपा बनेपा नगर समितिका सचिव ओमप्रसाद मानन्धरले देशका अधिकांश सामुदायिक विद्यालयको शैक्षिक स्थिति चिन्ताजनक भएको बताउनुभयो । सस्तोमा डाक्टर पढाउन मेडिकल कलेजसहितको विश्वविद्यालय खोल्न माग गर्दा सरकारले स्वीकृति नदिने सरकार शिक्षाविरोधी भएको उहाँले उल्लेख गर्नुभयो ।
Leave a Reply