उपभोक्ता संरक्षणमा सरकारी उदासीनता, कानुन बनेको ६ वर्षपछि राजधानीमा उपभोक्ता अदालत गठन, उपभोक्ता आफै जागरुक हुनु जरुरी
- कार्तिक ४, २०८३
“जतिसुकै प्रयास गरे पनि सूर्य, चन्द्रमा र सत्यलाई कहिल्यै छोप्न सकिन्न” – गौतम बुद्ध
प्राचीन नेपालमा शाक्यहरूको कपिलवस्तु नाउँको एउटा प्रसिद्ध गणतन्त्र राज्य थियो । यो राज्य गण्डकी तथा राप्ती नदीको माझमा थियो । यो राज्यको सिमाना उत्तरमा हिमालय र दक्षिणमा लुम्बिनी थियो । शाक्यहरूको निर्वाचित नेता नै राजा कहलाउँथे । शुद्धोदनको शाक्यहरूको निर्वाचित राजा थिए । ईसा पूर्वभन्दा ६ शताब्दीअघि शुद्धोदन शाक्यहरूको शासन थियो । तिनको पत्नीको नाम महामाया थियो । आफ्ना बाबुको घर जाँदा महामायाले लुम्बिनीमा एउटा रुखका मुनि एउटा छोरा पाइन्, जसको नाउँ सिद्धार्थ राखियो । यी नै सिद्धार्थ पछि बुद्धका नामले प्रख्यात भए । सिद्धार्थ जन्मेको पाँचौँ दिनपछि महामायाको मृत्यु भयो । तसर्थ, सिद्धार्थको लालनपालन उनकै कान्छी आमा प्रजापतिले गरिन् । सिद्धार्थको पालनपोषण बहुतै प्यारबाट गरियो । सिद्धार्थको बिहे यसोधरासँग भयो । तिनको राहुल नाउँको एउटा छोरो पनि भयो । उन्नतीस वर्षको उमेरमा जब सिद्धार्थ राजमहलबाट बाहिर घुम्न निस्के तब उनले क्रमशः एउटा बुढो, एउटा रोगी र अन्त्यमा एउटा मरेको मान्छे देखे ।
उनले यस विषयमा आफ्नो सारथीसँग सोधे, “तदुपरान्त एक दिन सबै बुढो हुनुपर्छ, सबै बिरामी पर्छन् र अन्त्यमा एक दिन सबैले मर्नुपर्दछ” भन्ने कुरा सिद्धार्थलाई ज्ञात भयो । त्यसैले, उनको मन मानव जातिलाई दुःखको फन्दाबाट छुटकारा (मुक्ति) दिलाउन ज्ञानको खोजीमा निलिप्त भयो ।
एक रात उनी स्त्री, पुत्र, आमाबाबु, कुटुम्ब परिवार सबैलाई छोडेर घरबाट निस्किए । उनको यो यात्रालाई महाभिनिष्क्रमण नामले सम्बोधन गरिन्छ ।
सबभन्दा पहिले सिद्धार्थ मगधको राजधानी राजगृह गए । मगधका राजा विम्वीसारले भने कि उनी उनको सेनामा भर्ती होऊन् । तर, सिद्धार्थले यो प्रस्ताव स्वीकार गरेनन् । ज्ञानको खोजीमा उनी चिन्तित थिए । तसर्थ, उनले चिन्तित र तपस्या गर्ने तरिका सिके । अनि पाँच जना साधुहरूसँग उनले गयाको जङ्गलमा तपस्या गरे । उपवास र अल्पभोजन गर्नाले जब उनको शरीर निर्बल भयो तब उनले उपवास र अल्पभोजन गर्न छाडिदिए ।
त्यसपछि उनलाई तिनका साथीहरूले छोडिदिए र उनको टीकाटिप्पणी गर्न लागे । सिद्धार्थ, गाउँलेहरूसँग जो पाउँथे त्यहीँ खाएर बस्थे । एक दिन सुजाता नाउँकी एउटी केटीले उनलाई खीर पकाएर खुवाइन् । त्यसपछि सिद्धार्थले पीपलका रुखमुनि बसेर चिन्तन गरे । त्यहाँ उनलाई ज्ञान प्राप्ति भयो । त्यसै दिनदेखि सिद्धार्थ ‘बुद्ध’ का नामले प्रसिद्ध भए । बुद्धले सबभन्दा पहिले पुराना पाँच जना मित्रहरूलाई शिक्षा दिए । त्यसपछि उनले घुमीघुमी आफ्नो शिक्षालाई प्रचार गरे । बुद्धको शिक्षा ‘बौद्ध धर्मका नाउँले फैलियो ।
बुद्धको शिक्षा यस प्रकारको छ –
१) संसारमा दुःख छ,
२) दुःख अज्ञानताबाट पाइन्छ
३) अज्ञानता पन्छाउन सकिन्छ
४) अज्ञानता आठ प्रकारबाट पन्छाउन सकिन्छ
क) माथिका चारै शिक्षालाई सम्झने शक्ति हुनुपर्छ ।
ख) असल आकाङ्क्षा हुनुपर्छ ।
ग) मिठो बोली हुनुपर्छ ।
घ) असल आचरण हुनुपर्छ ।
ङ) असल जीविका हुनुपर्छ ।
च) असल प्रयास हुनुपर्छ ।
छ) असल मगज हुनुपर्छ ।
ज) असल चिन्तन हुनुपर्छ ।
बुद्धले भने, “मानिस आफ्नै कर्महरूका आधारले सुखदुःख पाउँछन् ।”
सांसारिक जन्म मृत्युका बन्धनबाट मुक्ति पाउनको लागि मानिसले आफ्ना इच्छाउपर विजय पाउनुपर्छ । माथिका शिक्षाको पालन गर्नाले नै मानिसले तिनमा विजय पाउन सक्दछन् ।
बुद्धले आफ्ना शिक्षालाई तीन भागमा विभाजित गरेका छन् –
१) प्रजन (बौद्धिक सिद्धान्त)
२) शील (नैतिक सिद्धान्त)
३) समाधि (आध्यात्मिक सिद्धान्त)
गौतम बुद्ध ८० वर्षको उमेरमा यस संसारबाट बिदा भए । बुद्धले अहिंसा र शान्तिको पाठ यस संसारलाई दिए । उनी नेपाल वा भारतका मात्र शुभचिन्तक थिएनन् विश्वकै शुभचिन्तक थिए ।
Leave a Reply