भर्खरै :

माक्र्सवाद सदा जीवित रहनेछ

माक्र्सवाद सदा जीवित रहनेछ

काठमाडौँ, १५ जेठ । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ केन्द्रीय समितिको आयोजनामा २०६ औँ माक्र्स जयन्तीको अवसरमा एमिल बन्र्सको पुस्तक ‘माक्र्सवाद के हो ?’ को अध्ययन गोष्ठी सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भन्नुभयो, “नेमकिपा विरोधको नाममा विरोध गर्दैन; सिद्धान्त र विचारको आधारमा विरोध गर्छ । माक्र्सले मौलिक परिवर्तन र शोषण अन्त्यको बाटो देखाउनुभयो । सम्पूर्ण मानव समाज तथा ब्रह्माण्डको अस्तित्व रक्षार्थ महत्वपूर्ण दूरदर्शी दृष्टिकोण भएकोले माक्र्सवाद सदा जीवित रहनेछ ।”
उहाँले भन्नुभयो, “माक्र्सवादको व्यवस्थित अध्ययन र प्रचारको आवश्यकता नेपाल तथा विश्वमै छ । नयाँ पुस्ताले अझ अध्ययनशील र सक्रिय हुन आवश्यक छ । सोभियत सङ्घमा समाजवादको हारपछि विश्वका मजदुर र कम्युनिस्ट पार्टीहरूको प्योङयाङ घोषणापत्रले विश्वमा आशाको झिल्को बालेको छ ।”
अध्ययन गोष्ठीमा सो पुस्तकका विभिन्न लेखहरूबारे केन्द्रीय सदस्यहरूले विभिन्न अध्यायको अध्यययन प्रस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *