अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काठमाडौं, ११ पुस । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले सच्चा कम्युष्टिहरूले जनतालाई धोका दिने र दुःख दिने गर्दैनन् बरु जनतालाई सचेत, शिक्षित र सङ्गठित पारी आमूल परिवर्तनको बाटोमा डो¥याउने बताउनुभयो । विश्व सर्वहारा वर्गका महान गुरुहरू का. स्तालिनको १३९ औं तथा माओ त्सेतुङको १२४ औं जन्म दिवसको अवसरमा नेमकिपा काठमाडौं जिल्ला समितिद्वारा नयाँ बजारमा आयोजित प्रवचन कार्यक्रममा अध्यक्ष बिजुक्छेंले नेपालमा आफूलाई कम्युनिष्ट दाबी गर्ने कतिपय पार्टीहरूले जनतालाई झुटा आश्वासनमात्र दिएको, माक्र्सवाद–लेनिनवाद र माओ विचारधारालाई बङ्ग्याएको र शोषक वर्गको पक्ष लिएको बताउनुभयो । विदेशी एकाधिकार पूँजीको सेवामा तल्लीन राजनीतिक हनुमानहरूले देश र जनताको सेवा नगर्ने स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेंले जबसम्म कामदार जनता आफै सैद्धान्तिक र वैचारिक सङ्घर्षमा अघि बढ्दैन माक्र्सवाद–लेनिनवादजस्तो सही विचारले ठाउँ लिंदैन भन्नुभयो । स्तालिन कम्युनिष्ट आन्दोलनभित्रको अराजकतावादविरुद्धको सङ्घर्षको नेतृत्व गरेका नेता भएको प्रस्ट पार्दै उहाँले स्तालिनको नेतृत्वमा लालसेनाले विश्वलाई नाजीवाद र फासीवादको अत्याचारबाट बचाएको थियो भन्नुभयो । माओ त्सेतुङले माक्र्सवाद–लेनिनवादको सही रुपमा लागू गरी नौलो जनवादी क्रान्ति र समाजवादी क्रान्ति सफल बनाएको बताउँदै उहाँले विश्व कम्युनिष्ट आन्दोलनमा स्तालिन र माओको योगदान चिरस्मरणीय छ भन्नुभयो । स्तालिन र माओले पत्रकारिता पनि गर्नुभएको उल्लेख गर्दै पत्रकारिता गर्नु शोखको विषय नभई पार्टी र क्रान्तिलाई अगाडि बढाउने ज्यावल भएको प्रस्ट पार्नुभयो । नेमकिपा केन्द्रीय सदस्य सनकमान महर्जनले निर्वाचनमा प्राप्त गरेको मतको आधारमा दलहरूको मापन गर्न नसकिने बताउँदै निर्वाचनलाई नेमकिपाले जनताको राजनीतिक र सैद्धान्तिक चेतनास्तर मापन गर्ने ब्यारोमिटरको रुपमा लिएको बताउनुभयो । नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले नेपालका ठूला वामपन्थी र कम्युनिष्ट पार्टी भनाउँदाहरू कम्युनिष्टको रुपमा प्रस्तुत भइरहेका छैनन् बरु जनतालाई झुक्याउँदै सत्ताको राजनीतिमात्र गरिरहेका छन् भन्नुभयो । स्तालिन र माओ त्सेतुङजस्ता महान नेताहरूले देश र जनताको समृद्धिमात्र नभई स्वतन्त्रता र स्वाधीनताको निम्ति साम्राज्यवादीहरूसँग डटेर लड्न सिकाउँछ भन्नुभयो । उहाँले नेमकिपाले समाजवाद र साम्यवादको आजु राखी सङ्घर्ष गरिरहेको छ भन्नुभयो । सभापतिको आसनबाट पार्टी केन्द्रीय सदस्य एवं काठमाडौं जिल्ला अध्यक्ष नारायण महर्जनले कम्युनिष्ट आन्दोलनका महान नेताहरूबाट शिक्षा र प्रेरणा नलिनेहरू कम्युनिष्ट हुनैसक्दैन भन्नुभयो । कार्यक्रममा नेमकिपाका सदस्य सृजना सैजू, नेमकिपा काठमाडौंका राजवीर डंगोल र रेविना डंगोलले पनि स्तालिन र माओको जीवनीबारे चर्चा गर्नुभएको थियो । त्यस्तै नेमकिपा कीर्तिपुर नगरसमितिले पनि स्तालिन र माओ जयन्ती मनायो । समितिका अध्यक्ष हरिकुमार महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नारायण महर्जन, बुद्धिमान महर्जन र विश्व मधुकर श्रेष्ठले स्तालिन र माओको योगदानबारे चर्चा गर्नुभयो ।
Leave a Reply