वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
इमानदार ठगले शासन गरेको
देश हो हाम्रो नेपाल
उसैबाट शासित छौँ
छौँ हामी कमाल ।।१।।
लोभीले पत्याए सधैँभरि
ठगहरूको उपदेश
हातमा पारे दाउपेच गरी
नेपालको श्रीपेच ।।२।।
कहिल्यै नमेटिने दाग छ कालो
ठगहरूको मुहारमा
तैपनि गर्छन् गौरव अति
राखी हात निधारमा ।।३।।
आपसमा खोल्छन् पोल तिनीहरू
परेपछि धक्का स्वार्थमा
सत्ताको भागबन्डा पछि
लड्यौँ भन्थे व्यर्थमा ।।४।।
मिलेपछि कुरा फेरि गर्छन्
उही पुरानै काम
बाँडी हिँड्छन् ठगेको धन
कमाउँथे नयाँ नाम ।।५।।
ठगी हिँड्ने ठगको काम हो
आश्चर्य किन मान्नु र ?
चेतनाको फल नपाकेसम्म
त कसले छोड्छ र ? ।।६।।
ठगहरूको आयु छोटो हुनेछ
लोभ नास भएपछि
ठग्ने काम बन्द हुनेछ
बारुदको धुुवाँ उडेपछि ।।७।।
इमानको देश बन्ने छअब
नहाल कहिल्यै सुस्केरा
धैर्य गरी कुरेर बस
बन्ने गर बकुल्ला ।।८।।
Leave a Reply