भर्खरै :

राष्ट्रिय परिचयपत्रको व्यवस्था ज्येष्ठ नागरिकले कष्ट पाएको अवस्था

  • जेष्ठ २५, २०८१
  • न्हुछेरत्न बुद्धाचार्य
  • विचार
राष्ट्रिय परिचयपत्रको व्यवस्था ज्येष्ठ नागरिकले कष्ट पाएको अवस्था

राष्ट्रिय परिचयपत्रको नम्बर राख्न पहिले नै सम्बन्धित वडा वडाबाट दिनुपर्नेमा भक्तपुर जिल्ला प्रशासन एउटै ठाउँबाट नम्बर राख्ने व्यवस्थापन गर्दा ज्येष्ठ नागरिक र एकल महिलाहरूले धेरै कष्ट भोग्नुप¥यो । यस्तो जेठको टन्टलापुर घाममा ज्येष्ठ नागरिकहरूले कहिले नपाएको दुःख पाए ।
राष्ट्रिय परिचयपत्र फाराम भराएको नै दुई वर्ष भइसक्यो । आजसम्म परिचयपत्र वितरण भएको छैन । यसमा ढिलो कसरी भयो ? नेपाल सरकारको यसमा ध्यान जानुपर्ने देखिन्छ ।
हिँड्न नसक्ने अशक्त, ८० वर्ष नाघेका ज्येष्ठ नागरिक, शारीरिक कमजोर भएका व्यक्तिहरूले भिडमा कसरी नम्बर लिन सक्छन् ? परिचयपत्र नपाएकोले के सामाजिक सुरक्षा भत्ता लिनुपर्दैन ? परिचयपत्र लिन नसकेका नागरिकहरूलाई नागरिकता प्रमाणपत्रको परिचयपत्र मात्र भए पुग्ने व्यवस्था गर्नुपर्ने देखिन्छ । अशक्त, ज्येष्ठ र शारीरिक दुर्वल भएकाहरूलाई किन परिचय लिनुपर्ने नियम ? सोचनीय छ ।
ज्येष्ठ नागरिक भनेका धर्तीका ज्योति हुन् । यस्ता धर्तीका ज्योति ज्येष्ठ नागरिकहरूलाई सहुलियतपूर्ण सेवा प्रदा गर्नु राज्यको दायित्वभित्र पर्दछ ।
यसमा सम्बन्धित कार्यालयको ध्यानाकर्षण गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *