भर्खरै :

ख्वप कलेज अफ इन्जिनियरिङमा खेलकुद प्रतियोगिता सुरू

ख्वप कलेज अफ इन्जिनियरिङमा खेलकुद प्रतियोगिता सुरू

भक्तपुर, २४ जेठ । ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा कलेजमा अध्ययनरत विद्यार्थीबिच भएको खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरू भएको छ । जेठ २४ देखि २६ गते सम्म हुने उक्त प्रतियोगितामा ब्याडमिन्टन र टेबलटेनिस खेल हुनेछ ।
प्रतियोगिताको उद्घाटन कार्यक्रममा कलेजका उपप्राचार्य ई. रत्नशोभा प्रजापतिले विद्यार्थीहरूले पढाइसँगसँगै खेलकुदलाई पनि लान सके व्यक्तित्व विकासमा सघाउ पुग्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “प्रतियोगिता हारजितभन्दा पनि मित्रता र अनुशासनको लागि हुनुपर्छ ।” उक्त प्रतियोगितामा २९० जना विद्यार्थीहरूले सहभागिता जनाएको कलेजले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *