भर्खरै :

वागीश्वरीमा बारा र चटामरी विशेष पर्व मनाइयो

वागीश्वरीमा बारा र चटामरी विशेष पर्व मनाइयो

भक्तपुर, २४ जेठ । वागीश्वरी मा.वि. तुमचोमा बारा र चटामरी विशेष पर्व मनाइयो । स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ को भावनाअनुसार कक्षा ८ का ३३८ जना विद्यार्थीहरूलाई मुगीको बारा र चटामरी पकाई खुवाइयो ।
जून ५ को विश्व वातावरण दिवसको अवसरमा वागीश्वरी माविका विद्यार्थीहरूलाई पानीका स्रोतहरू कमलविनायक पोखरी, गरुडकुण्ड, च्याम्हासिंह पोखरी, वाचुहिटी, जसहिटी सरसफाइ गरी सिथिनखको समेत संस्मरण गरियो । सोही संस्मरणको क्रममा आज बारा चटामरी पकाई खुवाइएको हो ।
चामलको पीठो २४ किलो र मुगी १५ किलोको बारा रुचि राख्ने विद्यार्थीहरूलाई पकाउन लगाइएको थियो ।
ख्वपको पहिचानका शिक्षिका शोभालक्ष्मी गोसाई, शिक्षकहरू राजन लाखा र धनेशराज राजोपाध्यायको पहलमा शिक्षिकाहरू कविता प्रजापति, कल्पना सुवाल, रामप्यारी सैंजु, रेणु प्रजापति, श्रीया पहिजु, दीपिका ह्यंगोजु, रीता शिल्पकार, रामलक्ष्मी कोजुलगायतका शिक्षिकाहरूले विद्यार्थीहरूलाई बारा चटामरी पकाउन सिकाउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *