यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, ३० जेठ । सरकारको नेतृत्व गर्ने दलका नेताहरू र त्यस दलअन्तर्गत जितेका जनप्रतिनिधि, त्यस दलप्रति आस्था राख्ने कर्मचारीहरू इमानदार, निःस्वार्थी, देशभक्त र देश जनताप्रति जिम्मेवार नभएको जनताको गुनासो हो; राजनीतिक विश्लेषक र वामपन्थी लेखकहरूको भनाइ हो । देशमा बहुदल र गणतन्त्र प्राप्तिपछि बनेको सरकार या सरकारमा सामेल दलका नेता, मन्त्री, सांसद र जनप्रतिनिधिहरू आ–आफ्नो दायित्व भुलेर कमाउधन्दामा लाग्दा दरबारदेखि स्थानीय तहसम्म भ्रष्टाचार र अनियमितता बढेको हो; मन्त्री, सांसददेखि जनप्रतिनिधिहरु भ्रष्टाचार र अनियमिततामा फसेका हुन् । सत्तासीन नेताहरू भागबन्डा, पद र पैसामुखी राजनीतिमा फस्दा, उनीहरूको सिद्धान्तहीन राजनीति, अपारदर्शी कार्यशैली र व्यवहारले गर्दा देशमा अस्थिर राजनीति निम्तिएको हो† राजनीतिप्रति वितृष्णा पैदा भएको हो; भ्रष्टाचारी, कमिसनखोर, कालाबजारी र अपराधीहरूलाई ऊर्जा मिलेको हो र अराजकता र उच्छृङ्खलता बढेको हो ।
शासकहरूले आफूलाई असल, इमानदार र देशभक्त भनी चिनाउन सकेनन् । दोषी र अपराधीहरूमाथि कारबाही नगर्दा र उनीहरू नै दलका नेताहरूको विश्वासिलो पात्र बनेको कारण अपराध, अनियमितता र भ्रष्टाचार घटाउन नसकेको हो । कुनै पनि दलका राजनीतिक व्यक्तित्व या नेताहरू सिद्धान्तविमुख हुनुहुँदैन; दलको मूल्य र मान्यता छोडेर सिद्धान्तहीन गठबन्धन गर्नुहुँदैन । हरेकले आ–आफ्नो दलको परिचय दिने हो, आफ्नो स्थिति जनतामाझ परिचित गराउने हो भने सिद्धान्त र विचारको राजनीति गर्नुपर्छ; नेमकिपाझँै एक्लै निर्वाचनमा लड्नुपर्छ । निर्वाचनमा सबै दलले सिद्धान्त र विचारको आधारमा मत लिनुपर्छ; सिद्धान्त र विचार जनतामाझ पु¥याउनुपर्छ । कुनै पनि दलले पैसा वितरण नगरी, भोज नखुवाई, लोभलालच नदेखाई, धाकधम्की नदिई चुनाव प्रचार गर्नुपर्छ र त्यसैको आधारमा जित्ने प्रयास गर्नुपर्छ । अनिमात्र कुन दलको कस्तो स्थिति छ भन्ने कुरा छर्लङ्ग हुन्छ । निर्वाचनमा गठबन्धन गरेर जति बढी जिते पनि त्यसलाई आफ्नो दलको परिचय मान्न सकिँदैन । विशेषगरी ठुला दल (नेका, एमाले र माओवादी) का नेताहरूले अर्को निर्वाचनमा सबैभन्दा ठुलो दल हुने दाबी गर्न थालेका छन् । सरकारमा सहभागी दलका नेताहरू आश्वासन बाँडेर, सिद्धान्तहीन गठबन्धन गरेर आफ्नो दललाई ठुलो बनाउने षड्यन्त्र बुन्छन् । देश र जनताको सेवा गरेर जनताको विश्वास जित्ने कुरा उनीहरू फलाक्दैनन्† न त आफ्ना कार्यकर्ता र जनतालाई सुसूचित नै पार्छन् । दलगत र व्यक्तिगत स्वार्थले नै देशको राजनीति बिग्रिएको हो ।
ठुला दलका सबै नेताहरूले सत्ताको स्वाद चाखिसकेका छन्; सरकारको नेतृत्व गरिसकेका छन् । सरकारको नेतृत्व गरेको वर्ष दिन पुग्न नपाउँदै मन्त्री र सांसदहरू भ्रष्टाचार र अनियमिततामा फसेको समाचार प्रकाशमा आउँछ । ती मन्त्री र सांसदहरू पार्टीका जिम्मेवार नेताहरू नै हुन्छन् । सत्तामा पुगेका र सरकारको नेतृत्व गरेका दलका कुनै न कुनै मन्त्री र सांसदहरू अनियमिततामा फसेका दृष्टान्तहरू छन् । यो सत्ता र शक्तिको दुरूपयोग हो । यही भएर नेपाल भ्रष्टाचार बढी हुने देशमा सूचिकृत भएको हो; प्रजातन्त्र प्राप्त भएको लामो समयसम्म पनि निरक्षर देश बनिरहेको हो; विकासशील देश बन्न नसकेको हो । यसकारण, दलका नेता, मन्त्री, सांसद, जनप्रतिनिधि र कर्मचारीहरूले पदको दुरूपयोग गरी कमाउने धन्दा छोड्नुपर्छ; राजनीति निःस्वार्थ र इमानदारीपूर्वक देश र जनताको पक्षमा गर्नुपर्छ ।
Leave a Reply