भर्खरै :

प्रण

प्रण

प्रण गरौँ हामी सबैले
हातमा हात मिलाई
देशभक्ति भावनाले
बढाँै एक भई ।
नयाँ पुस्ताको जोसै नयाँ
युवा शक्तिको यो प्रण
सिक्ने सिकाउने मौका
गरौँ भरपुर प्रयोग ।
सभ्य र शालीन स्वभाव
देखाउनै पर्छ अब
दम्भ र अहम् होइन
मिलनसार भएर ।
देशको सार्वभौमिकता
रक्षा गर्ने जिम्मेवार
सचेत युवा भइकन
लाग्नुपर्छ भनी प्रण ।
सोच्नै हुन्न विनाशी मन
त्याग्नैपर्छ हे जन
विध्वंशले त नासै गर्छ
अरूको के बिग्रन्छ ?
जसको हातमा तरबार
उसको दरबार
गर्नुहुन्न देशभक्तले
भुलेर नि अरूको भर ।
स्वदेशमै रोजगारीको
बन्दोबस्त गर्ने हो
आफ्नै खुट्टामा उभिएर
देखाउने बेला हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *