विचार
- बैशाख ११, २०८३
चौबीस सय वर्षदेखि यो प्राचीन बस्ती
ख्वप्रिङ नामले प्रसिद्ध थियो
सबैको आस्थामा थियो, हृदयमा थियो
‘भक्तपुर’ नगरको प्रतिस्थापना गर्ने आनन्ददेव
श्रमदानको इतिहास सिर्जना गरेर
यो पुण्त्ूमिमा पाँचतले मन्दिर निर्माण गर्ने
मजबुत कलाकृति सांस्कृतिक सम्पदालाई
सम्पूर्ण जगतमा फैलाउने भूपतीन्द्र मल्ल ।
रणजित मल्लको कलाकृति प्रेम
कलापूर्ण प्रसिद्ध सुनको ढोकामा झल्कियो
विश्व प्रसिद्ध मयुर झ्यालमा समेटियो
श्रमिक कलाकारहरूको बेजोड कला प्रदर्शन
यो सांस्कृतिक नगरका श्रमिकहरूले
लिल्छविकालीन संस्कृतिलाई बचाइराखे
हरेक गल्लीभित्रको रमणीय चोकहरूमा
लोकगीत लोकनाच प्रदर्शन हुन्छ
विश्वका पर्यटकहरू सम्पदापूर्ण स्थानमा आगमन हुन्छ
पच्चपन्न झ्याल अवलोकन गरेर मोहित हुन्छ
प्रत्येक मन्दिरका टल्केका गजुरहरूभित्र
प्राचीन संस्कृति झल्किरहन्छन्
ऐतिहासिक, सांस्कृतिक कला साधनाका स्मारकहरू
यो श्रमभूमिको कुशल कालीगडहरूको परिश्रमको फल हो
भादगाउँको कालो टोपी पहिरन गर्नेहरू कति फूर्तिलो देखिन्छ
‘जुजु धौ’ को स्वाद चाख्नेहरू कति स्वस्थ जीवन बिताउँछन्
छोपिएको थियो हिजो यहाँ अँध्यारोले
ल्याएको थियो जनसेवकहरूले उज्यालो
यो नवयुगको आकाशमा यो सहर प्रगतिपथमा लम्किरहेछ
सामाजिक परिवर्तनको जागरणतिर बढिरहेको छ
नाचगानको सहर चिनिन्छ विश्वमा
एक ऐतिहासिक प्राचीन नगर भनेर सबैको मनमा भिजेको छ
नौलो सिर्जना नौलो अभियानको आह्वानले गुञ्जिरहेको बस्ती
श्रमिकहरूको त्याग तपस्या योगदान गरेको पवित्र भूमि हो भक्तपुर !
Leave a Reply