नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, १ असार । प्रभात इङ्गलिस सेकन्डरी स्कूलले एसईई परीक्षामा सहभागी विद्यार्थीहरूको लागि शनिबार मार्गनिर्देशन कार्यक्रम ग¥यो ।
कार्यक्रममा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले विद्यार्थीहरूले निःस्वार्थरूपले देश र जनताको सेवा गर्न तयार हुनुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “जीवन लामो छ, हतार गर्नु हुँदैन । अध्ययन गरी बुझेर विषय छनोट गर्नु जरूरी छ । परीक्षामा असफल भएकाहरूले पनि जीवन उपयोगी पुस्तकहरू लेखेका छन् ।”
इजरायलले प्यालेस्टिनमा ३७ हजार मानिसको हत्या ग¥यो । यसमध्ये आधाभन्दा बढी बालबच्चा र महिला थिए । यसको अर्थ जातीय नरसंहार हो, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सङ्घीय सांसद प्रेम सुवालले भन्नुभयो, “समाजवादी देशमा खेलकुदलाई पनि पाठ्यक्रममा राखिएको हुन्छ । नेपालमा यस्तो छैन । यहाँ अहिले पुँजीवादी व्यवस्था छ ।”
उहाँले भन्नुभयो, “आजभन्दा दुई सय वर्ष पहिले तत्कालीन रूसका नयाँ पुस्तालाई पाँचदेखि आठ भाषासम्म सिकाइएको थियो । सरकारले नेपालका नयाँ पुस्तालाई विभिन्न भाषाहरू सिकाउन जरूरी छ ।”
मानविकी सङ्कायअन्तर्गत अर्थशास्त्र विषयको अध्ययनबारे वाग्मती प्रदेशसभा सदस्य सृजना सैजू, आर्किटेक्चर विषयमा भनपाका उपप्रमुख रजनी जोशी र सिभिल इन्जिनियरिङ विषयमा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले मार्गनिर्देशन गर्नुभएको थियो ।
विद्यालयका प्राचार्य वदनकेशरी प्रजापतिले पनि बोल्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूले आ–आफ्नो अनुभव राख्नुभएको थियो ।
Leave a Reply