यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
काठमाडौँ, १ असार । नेपाल मजदुर किसान पार्टी काठमाडौँ महानगर समितिको आयोजनामा शुक्रबार ‘श्रमिक’ साप्ताहिकको अध्ययन गोष्ठी भयो ।
गोष्ठीमा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले ‘श्रमिक’ विचारप्रधान पत्रिका भएकोले पत्रिकामा प्रकाशित आलेख, समाचारहरू तथ्यपरक र सङ्ग्रहणीय भएकोले गहिरिएर अध्ययन गर्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टीको आठौँ महाधिवेशन आउँदो फागुन १६–१९ गते काठमाडौँ उपत्यकामा हुने भएकोले सबै कार्यकर्ताहरू सक्रियपूर्वक लाग्नुपर्ने बताउनुभयो ।
उहाँले पार्टी प्रकाशन जनताबिच पु¥याउन कार्यकर्ताहरू सक्रिय हुनुपर्ने बताउनुभयो ।
नेमकिपा काठमाडौँ महानगर समितिका अकल महर्जन, राम महर्जन, सूर्यराम महर्जन, हरिशरण श्रेष्ठलगायतले ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकामा प्रकाशित आलेखहरूबारे आ–आफ्नो धारणा राख्नुभएको थियो ।
कार्यक्रम मन्दिरा डंगोलको सभापतित्वमा भएको थियो ।
त्यसैगरी नेमकिपा कीर्तिपुर नगर समितिको आयोजनामा ‘श्रमिक’ र ‘मजदुर’ पत्रिकाबारे बुधबार अध्ययन गोष्ठी भयो ।
सूर्यमान महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा नारायण महर्जन, अविरमान महर्जन, प्रशान्त महर्जन, कान्छाबाबुलगायतले बोल्नुभएको थियो ।
Leave a Reply