यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, ३ असार । ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा सोमबार स्थानीयवासीको भेला कलेजको सभाहलमा सम्पन्न भयो ।
कलेजको शैक्षिक एवं प्रशासनिक गतिविधिबारे सुझाव सङ्कलन गर्न आयोजित उक्त भेलामा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले इन्जिनियरिङ कलेजलाई देशकै उत्कृष्ट अनुसन्धान केन्द्रको रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले धेरै विद्यार्थी उच्च शिक्षाको बहानामा विदेश जाने लहर चलिरहेको र गत १० महिनामा ९५ अर्बभन्दा बढी रकम विदेश गइसकेको तथ्याङ्क प्रस्तुत गर्दै विद्यार्थीलाई देशमै गुणस्तरीय शिक्षा दिनेतर्फ सरकारको ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयो ।
उहाँले जनतालाई सुलभ तरिकाले गुणस्तरीय शिक्षा प्रदान गर्न २०५६ सालमा ख्वप उच्च मावि स्थापना भएपछि क्रमशः आठ ओटा कलेजहरूको स्थापना र सञ्चालनमा आएको उहाँले बताउनुभयो ।
हामीले काम हेर्ने हो; व्यवहार हेर्ने हो; काम गर्ने बेलामा कमी कमजोरी हुनसक्नेतर्फ औँल्याउँदै उहाँले भन्नुभयो, “आलोचना आत्मालोचना हुनुपर्छ, आलोचनादेखि भाग्ने होइन बरु सुधार गर्दै जानुपर्छ ।
मेडिकल कलेजसहितको ख्वप विश्वविद्यालय स्थापनाको स्वीकृति दिनुपर्नेमा ख्वप विश्वविद्यालय विधेयक अर्थमन्त्रालयमै थन्किएको चर्चा गर्दै उहाँले जनताको सेवाको लागि ख्वप विश्वविद्यालयले १५ लाखमै एमबीबीएस पढाउने बताउनुभयो ।
आर्थिकरूपमा कमजोर विद्यार्थीहरूलाई भक्तपुर नगरपालिकाले रु. पाँच लाखसम्म सहुलियत दरमा शैक्षिक ऋण उपलब्ध गराउँदै हाल ६ सय विद्यार्थीहरू उच्च शिक्षा गरिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका सदस्य एवं भनपा ९ नं. वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्वले भक्तपुर नगरपालिकाले विभिन्न आवास योजना जनताको सेवा सुविधाको लागि सञ्चालन गरिरहेको बताउनुभयो ।
लिबाली आवास योजना भक्तपुरकै एउटा शैक्षिक गन्तव्य भएको बताउँदै उहाँले भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गर्न भक्तपुर नगरपालिका लागिरहेको बताउनुभयो ।
स्थानीयवासीको रचनात्मक सल्लाह र सुझाव कलेज विकासको लागि आवश्यक भएको बताउँदै उहाँले सल्लाह सुझाव उपलब्ध गराउन आग्रह गर्नुभयो ।
कलेज सञ्चालक समितिका सदस्य एवं भनपा ८ नं. वडाका वडाध्यक्ष कृष्णप्रसाद कोजुले इन्जिनियरिङ कलेजका प्राविधिकहरूले जनतासँग प्रत्यक्षरूपमा जोडिएर विकास निर्माणको काममा हातेमालो गर्नुपर्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले इन्जिनियरिङ कलेजको अतुलनीय योगदानबारे चर्चा गर्दै सबैको साथ र सहयोगले शैक्षिक गुणस्तर वृद्धि हुँदै आएको बताउनुभयो ।
कलेजमा प्राचार्य ई. सुनिल दुवालले स्थानीयवासीको समुदायमा आधारित सञ्चालित कलेजको रेखदेख तथा अनुगमन पनि समुदायले नै गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रशासन शाखा प्रमुख सन्जय मानन्धरले पनि बोल्नुभएको थियो । उक्त कार्यक्रममा उपस्थित वडावासी महानुभावहरूले कलेजको शैक्षिक एवं प्रशासनिक सम्बन्धमा सुझाव दिनुभयो ।
Leave a Reply