नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
प्योङयाङ, ५ असार (केसीएनए) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संरा अमेरिका युरोपको सुरक्षाका लागि सबैभन्दा ठूलो खतरा भएको बताउनुभएको छ ।
“रुसले युरोपमाथि आक्रमण गर्न लागेको केही युरोपेली देशको भनाइ पूर्णतया झूट हो, युरोपका लागि ठूलो खतरा रुस होइन, अमेरिकामाथिको चरम निर्भरता खतरा हो ।” उहाँले भन्नुभयो । संरा अमेरिकाले साम्राज्यको हैसियत कायम राख्ने प्रयास कहिल्यै नछाडेको बताउँदै उहाँले संरा अमेरिकाले आफ्नो स्वार्थ पूरा गर्न युरोपेली राजनीतिज्ञलाई प्रयोग गरी युरोपेली मुलुकको शोषण गर्ने गरेको बताउनुभयो ।
उहाँले युरोपेली राजनीतिज्ञहरूले अपमान, अभद्र व्यवहार र उनीहरूको निगरानीसँग सम्बन्धित घोटालाहरू पनि सहिरहेको स्थिति उदेकलाग्दो भएको बताउनुभयो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमलाई स्पष्टरूपमा चेतावनी दिँदै प्रजग कोरिया र रुसबिच हस्ताक्षरित नयाँ सन्धिको पक्ष मुलुकले आक्रामकताको सामना गरेको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर्ने बताउनुभयो ।
प्रजग कोरियाले युक्रेनमा प्रयोगका लागि रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाउने पश्चिमी मुलुकहरूसँग मस्कोले सम्बन्ध तोडेको छ । मस्कोको युक्रेनमाथि सैनिक कारबाहीको दुई वर्षभन्दा बढी समयमा पुटिनले प्रजग कोरियाको भ्रमण गर्नुभएको छ ।
पुटिनले भन्नुभयो, “आज हस्ताक्षरित व्यापक साझेदारी सन्धिले यस सन्धि पक्षहरूमध्ये कुनै एकविरुद्ध आक्रामकताको अवस्थामा पारस्परिक सहयोग प्रदान गर्दछ, यो अग्रणी दस्ताबेज हो र यसले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पु¥याउनेछ ।”
पुटिनले प्रजग कोरियासँग ‘सैन्य–प्राविधिक सहयोग’ लाई पनि अस्वीकार गर्नुभएन र युक्रेनमा मस्कोको कारबाहीमा समर्थनको लागि प्रजग कोरियालाई धन्यवाद दिनुभयो ।
रुसी समाचार एजेन्सीहरूले कोरियाली सर्वाेच्च नेता किम जोङ उनलाई उद्धृत गर्दै सन्धि ‘रक्षात्मक’ भएको बताएका छन् । उहाँले प्रजग कोरियाको ‘सबैभन्दा घनिष्ठ मित्र’ का रूपमा पुटिनको प्रशंसा गर्नुभयो ।
पुटिनले लामो समयदेखि मस्को र प्योङयाङ पश्चिमी प्रतिबन्धहरूको ‘दमन’ को विरोध गर्न एकसाथ खडा हुने बताउनुभयो ।
उहाँले भन्नुभयो, “रुस र प्रजग कोरियाको स्वतन्त्र विदेश नीति छ र उनीहरू ब्ल्याकमेल तथा तानाशाहीको भाषालाई सहन सक्तैनन्, हामीले राजनीति, अर्थतन्त्र र अन्य क्षेत्रमा आफ्नो वर्चस्व कायम राख्ने उद्देश्यका साथ पश्चिमले प्रयोग गर्ने साधनका रूपमा दमनकारी प्रतिबन्ध अभ्यासको विरोधलाई निरन्तरता दिनेछौँ ।”
उहाँले विश्वमा सबैभन्दा लामो समय नाकाबन्दी व्यहोरेका देशहरूमध्ये एक उत्तर कोरिया शासनमाथि संयुक्त राष्ट्रसङ्घको प्रतिबन्धको पुनः जाँच हुनुपर्ने बताउनुभयो । “उत्तर कोरियाप्रति राष्ट्रसङ्घीय सुरक्षा परिषद्मा संरा अमेरिका र उसका सहयोगीहरूद्वारा प्रेरित अनिश्चितकालीन प्रतिबन्धात्मक शासनको समीक्षा गर्न आवश्यक छ”, उहाँले भन्नुभयो ।
यसै वर्षको प्रारम्भमा प्रजग कोरियामाथि लगाइएको प्रतिबन्धहरूको आधिकारिक राष्ट्रसङ्घीय अनुगमनलाई प्रभावकारीरूपमा आफ्नो भिटो शक्तिको प्रयोग गरेपछि पुटिनको उक्त टिप्पणी आएको हो । उक्त कदम प्योङयाङका लागि ठुलो जित थियो ।
यसैबिच राष्ट्रपति पुटिनले मस्को र प्योङयाङले ‘अमेरिकी आधिपत्य’ विरुद्ध लडिरहेको बताउनुभएको छ ।
प्रजग कोरियाली सर्वाेच्च नेता किम जोङ उनले दुई मुलुकबिचको साझेदारीले एसिया–प्रशान्त क्षेत्रमा ‘शान्ति र स्थायित्व’ लाई अगाडि बढाएको दाबी गर्नुभएको छ ।
पुटिन दुर्लभ राजकीय भ्रमणको क्रममा प्रजग कोरियामा हुनुहुन्छ । त्यहाँ दुवै नेताले सैन्य, आर्थिक र राजनीतिक सम्बन्धलाई अझ गहिरो बनाउन ‘व्यापक रणनीतिक साझेदारी’ मा हस्ताक्षर गर्नुभयो ।
“आज हामी संयुक्त राज्य अमेरिका र उसका उपग्रहहरूको आधिपत्यवाद र नव–उपनिवेशवाद अभ्यासविरुद्ध एकसाथ लडिरहेका छौँ”, पुटिनलाई उद्धृत गर्दै रुसी राज्य समाचार एजेन्सीहरूले भनेका छन् ।
किमले दुई मुलुकबिच हस्ताक्षरित सन्धिलाई भव्य, महान् कार्यक्रम भन्दै सन्धिले इमानदारीपूर्वक एक शताब्दीका लागि कोरियाली–रुसी सम्बन्धलाई प्रत्याभूति दिने बताउनुभयो ।
“यसले क्षेत्रमा शान्ति र स्थिरता कायम राख्न पूर्णरूपमा योगदान दिनेछ र दुवै मुलुकको सुरक्षा स्थितिलाई अझ धेरै विश्वसनीय आधारमा स्थापित गर्नेछ”, कोरियाली सर्वाेच्च नेता किमले भन्नुभएको छ ।
पुटिनले पछिल्लो पटक २४ वर्षअघि उत्तर कोरियाको भ्रमण गर्नुभएको थियो ।
Leave a Reply