भर्खरै :

नर्सिङ पहिलो वर्षको नतिजा प्रकाशित : ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा शत प्रतिशत उत्तीर्ण, ३२ जना विशिष्ट श्रेणीमा

नर्सिङ पहिलो वर्षको नतिजा प्रकाशित : ख्वप बहुप्राविधिक अध्ययन संस्थानमा शत प्रतिशत उत्तीर्ण, ३२ जना विशिष्ट श्रेणीमा

भक्तपुर, ५ असार । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले नर्सिङ पहिलो वर्षको परीक्षाको नतिजा मङ्गलबार प्रकाशन गरेको छ । परिषद्ले २०८० मङ्सिर महिनामा लिएको नर्सिङ पहिलो वर्षको परीक्षा नतिजा प्रकाशन गरेको हो ।
उक्त परीक्षामा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानले शतप्रतिशत सफल नतिजा हासिल गरेको छ ।
ख्वप बहुप्राविधिक अध्ययन संस्थानबाट नर्सिङ पहिलो वर्षको परीक्षामा कुल ३९ जनाले परीक्षा दिएकोमा परीक्षामा सम्मिलित सबै विद्यार्थीहरू उत्तीर्ण भएका छन् ।
उक्त परीक्षामा ख्वप बहुप्राविधिक अध्ययन संस्थान पहिलो वर्षमा विद्यार्थीहरूले ल्याएको उच्चत्तम अङ्क ८९.६ प्रतिशत रहेको छ भने न्यूनतम अङ्क ७०.५ प्रतिशत रहेको छ ।
परीक्षामा सम्मिलित ३९ जना विद्यार्थीमध्ये ३२ जना विशिष्ट श्रेणीमा उत्तीर्ण हुन सफल भएका छन् भने ७ जना पहिलो श्रेणीमा उत्तीर्ण भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *