भर्खरै :

विश्वमा बहुध्रुवीय शक्तिको उदयसँगै युद्धको बाडल मडारियो 

विश्वमा बहुध्रुवीय शक्तिको उदयसँगै युद्धको बाडल मडारियो 

रुसले एटलान्टिक महासागरमा चारवटा युद्धपोत पठाएको छ । क्यारेवियन सागरमा क्युवामा मिसाइलसहित युद्धपोत तैनाथ गरिएको छ । युद्धपोत आणविक अस्त्रले सुसज्जित छ । रुसले आणविक युद्धाभ्यास गरिसकेको छ । नाटोले रुसलाई घेराबन्दी गरिरहेको अवस्थामा रुसलाई संरा अमेरिकाको घेराबन्दी गर्न बाध्य भएको छ । युक्रेन युद्धमा हातहतियार सप्लाई गरेर रुसमाथि प्रहार गर्ने संरा अमेरिका पछि नभएको अवस्थामा अमेरिकाको नाकमुनि युद्धपोत तैनाथ गर्नु कुृनै आश्चर्य भएन । रुस–युक्रेन युद्धमा नाटोको प्रवेश हुनसक्ने स्थितिमा आणविक युद्धबाट पछि नहट्ने बताउँदै आएको छ । आज आणविक युद्धाभ्यास गर्नु नौलो होइन । आज क्युवामा चारवटा युद्धपोत तैनाथ गरेर क्यारिवियन समुद्रमा क्युवा र अमेरिकाको बिचमा युद्ध हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन । ६० वर्षदेखि क्युवाले आर्थिक नाकाबन्दी खेप्दै आएको छ । १९६२ मा क्युवामा रुसी मिसाइल तैनाथ गर्दा त्यसबेला अमेरिका आगो भएको थियो । रुसले पछि मिसाइल फर्कायो तर, आज रुसको ढोका अगाडि नाटोका सैनिक र खतरनाक हातहतियार तैनाथ गर्दै आएको छ । रुसी बाल्टिक सागरका राष्ट्रहरूलाई नाटोको सदस्यता दिएर रुससँग भिडाउन अमेरिका उक्साउँदै छ । यसमा काउन्टर दिन रुस बाध्य हुँदै छ । हालैमात्र रुस र बेलारुसबिच आणविक युद्धाभ्यास भयो । बेलारुसमा रुसले आणविक मिसाइल र सैनिक तैनाथ गरिसकेको छ ।
यदि रुसमाथि नाटोको हमला भए रुस युद्ध लड्न तयार देखिएको छ । पोल्यान्डमा नाटोको सैनिक र ठुलो अत्याधुनिक हतियार तैनाथ गर्दै आइरहेको छ । कुनै समयमा बेलारुस, रुसको युद्धको सभावना नजिकिँदै छ । पोल्यान्ड अमेरिका र नाटोको गोटी बन्दै छ । युत्र्रmेन र रुसको युद्धमा पोल्यान्ड भएर नाटो र अमेरिकी हतियार पठाउँदै आएको रुसलाई पूर्ण जानकारी छ ।
अमेरिकी साम्राज्यवादी मध्यपूर्वमा पनि इजरायललाई युद्धमा भड्काएर आफ्नो वर्चस्व कायम राख्ने सपना देख्दै छ । तर, आज अमेरिकी महाशक्तिको विकल्पमा इरानको उदय हुँदै छ । आज इरानको नेतृत्वमा मध्यपूर्वमा मुिस्लम देशहरू सबै एकजुट हुँदै छन् । प्यालेस्टिनले राष्ट्रसङ्घको पूर्ण सदस्यता पाउँदै छ । यो एक मध्यपूर्वमा अमेरिका र इजरायलको हार हो । ती दुवै राष्ट्र प्यालेस्टिनको अस्तित्व स्वीकार गर्न चाहँदैनथ्यो । तर, आज हमास, हिजबुल्ला र हुथीको भिषण आक्रमणबाट इजरायल तिर्मिराएको छ । इजरायलको पराजयको सङ्केत देखिन थालेको छ । इजराली युद्धबन्दीको रिहाइ भएको छैन ।
हमास, हिजबुल्लालाई परास्त गर्न सक्ने शक्ति क्षिण हुँदै छ । इजरायलमा नेतान्याहुविरुद्ध रक्षामन्त्रीले विद्रोह गर्दै छन् । आन्तरिक द्वन्द्वले चरम सीमाना चुलिँदै छ । यस्तै अवस्थामा मध्यपूर्वको युद्ध लम्बिँदै जाने हो भने अमेरिकी सैनिक अखडाहरूमा समेत ठुलो सङ्कट आउनेछ । अमेरिकी सैनिक फर्काउन अमेरिका बाध्य हुनेछ । जोर्डन, इजिप्ट, इरानलगायतका अमेरिकी सैनिक अखडामाथि लगातार सैनिक आक्रमणको संरा अमेरिकाले प्रतिरक्षा गर्न सकिरहेको छैन । यसरी नै मध्यपूर्वको युद्ध लम्बिँदै जाने हो भने इजरायलको अस्तित्वमाथि नै सङ्कट आउन सक्नेछ । किनकि, इजरायलले प्यालेस्टिनलाई छुट्टै राष्ट्रको अस्तित्व स्वीकार गरेको छैन । पूर्ण प्यालेस्टिन भूभागमा यहुदी बस्ती विस्तार गर्दै प्यालेस्टिनीलाई विस्थापित गर्ने योजना छ । यो कार्य इजरायल र अमेरिकाको लागि आत्मघाती साबित हँुदै छ । गाजामा इजरायल स्थायीरूपमा कब्जा गरिबस्नेमा सीमित हुनेछ । यही जून १२ र १३ मा अझै हमास, हिजबुल्लामा भिषण मिसाइल आक्रमण तीव्र पारेको थियो । भिषण हमलापछि इजरायलको सैनिक अखडा ध्वस्त हुँदै छ र ठुलो सङ्ख्यामा सैनिक मारिँदै छ । यो इजरायलले सार्वजनिक गर्ने आँट गर्न सकिरहेको छैन । तर, अन्य मिडियाले इजरायली क्षति सार्वजनिक गर्दै आइरहेको छ ।


अमेरिकी महाशक्ति अफगानिस्तानको प्रत्यक्ष लडाइँबाट भागेपछि अहिले कहीँ कतै प्रत्यक्ष लडाइँ लड्न सकिरहेको छैन । एउटा सानो राष्ट्र यमनमा विद्रोही सैनिक शक्ति हुथीसँग लड्न तागत राख्दैन । हुथीमाथि छिटफुट हवाई हमला गरेर मध्यपूर्वमा आफ्नो अस्तित्व देखाउँदै छ । इरानसँग भिड्ने साहस त परको स्थिति भइसकेको छ । इरान आणविक शस्त्रयुक्त नयाँ अत्याधुनिक हतियारसहित मध्यपूर्वको महाशक्तिको रूपमा उदय भइसकेको छ । टर्कीले साथ दिए मध्यपूर्वबाट संरा अमेरिका र इजरायलको प्रभुत्व समाप्त हुने स्थिति आउँदै छ ।
अमेरिका पश्चिम युरोप र एसियामा समेत अस्थिरता निम्त्याएर आफ्नो आयु लम्ब्याउने कसरत गर्दै आइरहेको छ । फिलिपिन्सलाई उकालो दक्षिण सागरको समृद्धि मार्गको अनुरोध खडा गर्ने र ताइवानलाई चीनविरुद्ध लडाउन अमेरिकी बजेट विनियोजन गर्दै आएको छ । तर, चीन ताइवानमाथि बाहिरी राष्ट्रको हस्तक्षेप कुनै पनि अवस्थामा सह्य हुनेछैन भनी बारम्बार चेतावनी दिँदै आइरहेको छ । चीनले पनि दक्षिण सागरमा ठुलाठुला एक्लै वा रुससँग मिलेर युद्धाभ्यास गर्दै आइरहेको छ । ताइवान वरपर चीन नियमित युद्धाभ्यास गर्दै छ । यसले ताइवानको कुनै पनि गलत निर्णयले युद्ध भड्किन सक्ने सम्भावना नजिक छ ।
संरा अमेरिका र दक्षिण कोरियाले आणविक तथा ४० हजारभन्दा बढी सैनिक राखेर हरेक वर्ष संयुक्त युद्धाभ्यास गदै आएका छन् । गत वर्षको उत्तेजक युद्धाभ्यासमा प्रजग कोरियाले दक्षिणतिर २०० भन्दा बढी फायर गरेर युद्धाभ्यास रोक्न बाध्य बनाएको थियो । यदि त्यसबेला दक्षिण कोरियाले जवाफी कारबाही गरेको भए युद्ध भड्किन सक्थ्यो तर त्यसो भएन । युद्ध त¥यो । युद्ध हुने सम्भावना दक्षिण कोरियामा अमेरिकी सैनिक शक्ति रहेसम्म वा एउटै कोरिया एकीकरण नभएसम्म कुनै पनि बेला युद्ध हुनसक्ने अवस्था कायमै छ । अमेरिकी महाशक्तिको अत्यसँगै नयाँ विश्व महाशक्तिको उदय भइसकेको छ । यसले तेस्रो विश्वमा गरिब निर्धन राष्ट्रमाथि लादिएको प्रजातान्त्रिक भनिएको पुँजीवादी प्रजातन्त्रको अन्त्य हँुदै छ । अमेरिकी पश्चिमी उदार अर्थतन्त्र नवउदारबाट विश्वव्यापीकरण, बहुराष्ट्रिय कम्पनी, विश्व व्यापार सङ्गठन, अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व बैङ्क, एसियाली विकास बैङ्कको प्रभुत्व अन्त्य हँुदै छ ।
जनताको क्रान्तिको सम्भावना तड्कारो अवस्थामा अगाडि आउँदै छ । परिवर्तित विश्वको भू–राजनीति विश्वका न्यायप्रेमी र शान्तिप्रेमी जनताका लागि उज्यालो पक्ष हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *