अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
चिन्मय
हावामा नयाँ रौनक छ । यो रौनक रङ्गीन छ । रङलाई रातले छेक्न सकेन । पेकिङ्ग, सिड्नी, हानोइ, हङकङ, मस्को, टोकियो, क्वालालाम्पुर, लण्डन, न्युयोर्क… । विश्वका ठूल्ठूला शहरहरू ग्रेगोरी क्यालेण्डरको नववर्ष २०१८ लाई स्वागत गर्ने उल्लासमा निदाएनन् । नेपालमै पनि युुवायुवतीको रमझमले ठमेललाई निदाउन दिएन । भारतका एक धार्मिक गुरु कुर्लिएको सुनियो, नयाँ वर्ष मनाउनु ‘अधर्म’ हो । उता ल्याटिन अमेरिकाका लागि भने नयाँ वर्षले छुट्टै अर्थ राख्छ । जनवरी १ समग्र ल्याटिन अमेरिकाका लागि विजय दिवस हो ।
प्राकृतिक स्रोतसाधनको संकट भोगिरहेको युरोपले सन् १४९२ मा त्राण पायो । कोलम्बस ल्याटिन अमेरिकाको क्युवा पुगे । उनले उपनिवेशको अर्को जग हाल्न ‘नयाँ विश्व’ फेला पारे । कोलम्बसलाई रैथानेहरूले मैत्रीपूर्ण स्वागत गरे । तर युरोपेली पाहुनाहरूको सक्कली अनुहार देखेपछि उनीहरूले सशक्त प्रतिकार गरे । सभ्य भनाउँदाहरूले बर्बरताको हद नाघे । युरोपेलीहरूले ल्याटिन अमेरिकामा कहालीलाग्दो अत्याचार, लुटपाट, मारकाट र आतंक मच्चाए । इतिहास भन्छ, त्यसबेला ल्याटिन अमेरिकाका ९०% रैथानेहरूलाई युरोपेली ‘सभ्य’हरूले मारे । साम, दान, दण्ड, भेदमार्फत पूरै ल्याटिन अमेरिकालाई समयक्रममा उपनिवेश बनाए । भाषा, धर्म र संस्कृतिमार्फत आफ्नो ‘तानाशाही’ लादे । त्यतिले नपुगेर उनीहरूले अफ्रिकामा मान्छेको शिकार गरे । तिनलाई दासको रुपमा ल्याटिन अमेरिका लगे । हाटबजारमा बेचे । पाल्तु पशुलाई भन्दा बढ्ता कष्ट दिएर काला जातिको श्रमको शोषण गरे । दासहरू मानिस थिए, पशु थिएनन् । उनीहरूले ल्याटिन अमेरिकाभर दमाहा बजाएर विद्रोहको राँको फैलाए । ठाउँठाउँमा दास मालिकहरूका विरुद्ध दासविद्रोह भए । मालिकहरूले काला जातिले दमाहा बजाउन नपाउने कानून बनाइदिए । तर विद्रोहले आकार बढाउँदै गयो । र आयो, जनवरी १ ।
युरोपेली उपनिवेशवादको चङ्गुलबाट मुक्त हुने पहिलो ल्याटिन अमेरिकी देश थियो, हाइटी । काला जातिका तुस्याँ लुभेत्र्योरको नेतृत्वमा दास महिला पुरुषले फ्रान्स, बेलायत र स्पेनजस्ता ठूला साम्राज्यविरुद्ध जीवन मरणको युद्ध लडे । र सगौरव हाइटीलाई सन् १८०४ को जनवरी १ मा विश्वको पहिलो काला जातिको गणतन्त्र घोषणा गरे । यो विजय समग्र ल्याटिन अमेरिकाको मुक्तिको शंखघोष थियो । त्यसपछि अमेजन नदीमा धेरै पानी बग्यो । एकपछि अर्को गर्दै ल्याटिन अमेरिकी देशहरू आफ्ना युरोपेली शासकहरू विरुद्ध लड्दै, हार्दै, उठ्दै, फेरि लड्दै र जित्दै गए । र इतिहासमा अर्को एउटा बुलन्द जनवरी १ थपे जसले ल्याटिन अमेरिकी स्वतन्त्रताको चाहनालाई नै नौलो परिभाषा दियो । त्यो जनवरी १ थियो, सन् १९५९ को ।
१९५९ अघि क्युवामा जनताको जीवनस्तर निम्छरो थियो । अशिक्षा, गरिबी, बेरोजगारी र अकाल मृत्यु आम जीवन थियो । सरकारमा बस्नेहरू दलाली गरेर अमेरिकाको लुटपाटमा ससाना हिस्सा लिएर मस्ती गर्थे । जनताको कुनै सुर्ता थिएन । जनताको बेहाल स्थितिले अमेरिकी साम्राज्य र उसका क्युवाली कठपुतलीहरूलाई फाइदै पुग्थ्यो । जसरी आज नेपाली जनताको अज्ञानता, गरिबी र बेरोजगारीको फाइदा उठाएर भारतीय विस्तारवादका दलालहरू देशको अर्थतन्त्र र सार्वभौमिकतासित खेलाँची गरिरहेछन् ।
संसारका धेरै देश उपनिवेशबाट मुक्त भए । तर देशको मुक्तिलाई मानिसको जीवनका दुःखदर्दसित जोड्ने काम निकै कम भएको छ । पूँजीवादले स्वतन्त्रतालाई व्यापक जनतासित बाँड्दैन पनि । हाम्रै छिमेकी देश भारतको स्वतन्त्रता, ७० वर्षपछि पनि व्यापक जनताका लागि कागलाई बेल पाक्यो हर्ष न विष्मात् सावित भएको छ । हाइटी स्वयं आज सम्राज्यवादीहरूको क्रिडास्थल बनेको छ । सन् १९५९ को जनवरी १ मा मुक्त भएको क्युवाले भने देशलाई मात्र मुक्त गरेन, जनतालाई पनि मुक्त ग¥यो । क्युवाली नारा नै जनताबाट शुरु हुन्छ, समाजवाद वा मृत्यु । पूँजीवादले पूँजीपतिको नाफा हेर्छ भने समाजवादले समाजको ।
सन् १९५९ अघि क्युवाली जनताको जीवन, जीवनभन्दा बढी मृत्यु थियो । आफ्नै देशमा उनीहरू बाँधा मजदुरजस्तै थिए । अमेरिकाले स्पेनसित युद्ध लडेर क्युवालाई उपनिवेशका रुपमा सन् १८९८ मा हात पारेको थियो । प्रजातन्त्रको राग अलापेर कहिल्यै नथाक्ने अमेरिकाले कसरी क्युवालाई अनेक सन्धि सम्झौताको जालमा फँसाएर एउटा जुवाघर र कोठीमा फे¥यो भन्ने इतिहास हामी नेपालीहरूको लागि शिक्षाप्रद छ । नेपाल पनि सुगौली सन्धि र १९५० को सन्धिपछि यस्तै कहरबाट गज्रिरहेको छ । १९५९ अघि क्युवामा जनताको जीवनस्तर निम्छरो थियो । अशिक्षा, गरिबी, बेरोजगारी र अकाल मृत्यु आम जीवन थियो । सरकारमा बस्नेहरू दलाली गरेर अमेरिकाको लुटपाटमा ससाना हिस्सा लिएर मस्ती गर्थे । जनताको कुनै सुर्ता थिएन । जनताको बेहाल स्थितिले अमेरिकी साम्राज्य र उसका क्युवाली कठपुतलीहरूलाई फाइदै पुग्थ्यो । जसरी आज नेपाली जनताको अज्ञानता, गरिबी र बेरोजगारीको फाइदा उठाएर भारतीय विस्तारवादका दलालहरू देशको अर्थतन्त्र र सार्वभौमिकतासित खेलाँची गरिरहेछन् ।
दोस्रो विश्वयुद्धको अन्त्यपछि उपनिवेशवादविरोधी संघर्षले गति लिग्यो । क्युवामा फिडेल क्याष्ट्रोको नेतृत्वमा तत्कालिन बाटिस्टा सरकारविरुद्ध सन् १९५३ मा गुरिल्ला युद्ध शुरु भयो । विभिन्न आरोह अवरोह पार गरेर सन् १९५९ को जनवरी १ मा क्युवाली क्रान्ति विजयी भयो । क्रान्तिपछि क्युवाले समाजवादको बाटो लिग्यो । केही महिना भारतले नाकाबन्दी लगाउँदाको सास्ती नेपाली जनताले बिर्सेका छैनन् । क्युवामा अमेरिकाले आर्थिक नाकाबन्दी लगाएको ५५ वर्ष पुग्यो । तथापि देशलाई स्वाधिन राख्ने र जनताको जीवनस्तर उकास्ने अभियानमा क्युवाले धेरै ठूला उपलब्धिहरू हासिल गरिरहेको छ ।
आज क्युवा तेस्रो विश्वका देशका लागि उदाहरण बनेको छ । शिक्षा र स्वास्थ्य सेवा निःशुल्क रहेको क्युवामा ९० देशका २९ हजार विद्यार्थीले चिकित्सा विज्ञान पढिरहेका छन् । अमेरिकी नागरिकलाई शिक्षा र स्वास्थ्य सेवाको ग्यारेन्टी छैन । क्युवामा युवा साक्षरता ९९.७% छ । मानव विकास सूचकांकमा ६८औँ मुलुकमा पर्छ क्युवा । नेपालभन्दा सानो र कम जनसंख्या भएको क्युवाको कूल ग्राहस्थ उत्पादन नेपालको भन्दा दस गुणा बढी छ । सरदर आयु ७९.५५ छ जुन क्रान्ति अघिको भन्दा निकै बढी हो । शिशु मृत्युदर नेपालको भन्दा ७ गुणा कम अर्थात ४.१ छ । यो अमेरिकाको शिशु मृत्युदरभन्दा पनि कम हो । क्युवामा सुत्केरीलाई १ वर्षसम्म तलबी बिदा दिइन्छ । स्वास्थ्य विज्ञानमा क्युवाले निकै फड्को मारेको छ । क्युवाले विभिन्न किसिमका क्यान्सरको उपचार पत्ता लगाएको छ । क्युवाले ८० को दशकमा मेनिन्जाइटिस बीको खोप पत्ता लगायो । आज संसारभरका बच्चाहरूले यसको लाभ लिइरहेका छन् । तर अमेरिकी बच्चाहरू नाकाबन्दीका कारण बन्चित रहे । बेलाबेला आइरहने समुद्री आँधीको प्रकोपबाट जनतालाई बँचाउने क्युवाली व्यवस्थापनको संयुक्त राष्ट्रसंघले पनि मुक्त कण्ठले प्रशंसा गरिरहन्छ । यस्ता उदाहरणहरू अनगिन्ती छन् । सारमा, क्युवाली जनतामा भोलिको सुर्ता छैन अब, जुन पूँजीवादी जीवनको मुख्य समस्या हो ।
क्युवाले सामाजिक जीवनमा पनि ठूलो विकास गरेको छ । अमेरिकामा जस्तो काला–गोरा, महिला–पुरुष, आदिका आधारमा गरिने भेदभाव मान्छेको पुच्छरजस्तो भइसकेको छ । क्युवाले क्रान्तिको फल विश्वका जनतामा बाँडेको पनि छ । शिक्षा, स्वास्थ्य र राजनीतिको क्षेत्रमा आज ल्याटिन अमेरिकाभर परिवर्तनको उभार आउनुमा क्युवाको देन छ । अफ्रिकी स्वतन्त्रता संघर्षहरूमा क्रान्तिकारीहरू पठाएर होस् वा प्राकृतिक प्रकोप, रोगको महामारी हुँदा विश्वका जुनकुनै क्षेत्रमा डाक्टरहरू पठाएर विश्वमै अन्तर्राष्ट्रवादी भाइचारा देखाएको छ क्युवाले । नेपालमै पनि २०१५ को भूकम्पमा निःशुल्क उपचार गरी नेपाली जनताको सेवा गर्दा निजी मेडिकल कलेजका माफियाहरूले उनीहरूलाई समय नै नपुगी फर्काइदिएका थिए । अनुदानको पासो थापेर गरिब देशका प्राकृतिक स्रोतको दोहन गर्ने, स्थानीय अर्थतन्त्रलाई ध्वस्त पार्ने र नवउदारवादी अर्थनीति लाद्ने साम्राज्यवादी चालबाजीको विरोध राष्ट्रसंघका महासभाहरूमा क्युवाले गरिरहेको छ । विश्वमञ्चहरूमा उसले धेरै पहिलेदेखि साम्राज्यवादी ऋण मिनाहा गर्नुपर्ने विषयमा संघर्ष गरिरहेको छ ।
क्युवा आज तेस्रो विश्वका देशहरूको न्यायपूर्ण आवाज बनिरहेको छ । विश्वका श्रमजीवी जनताका लागि प्रेरणाको स्रोत र समाजवादी आन्दोलनको मार्गदर्शक बनिरहेको छ । २०१७ मा राष्ट्रसंघको महासभामा १९३ मध्ये १९१ देशले क्युवा माथिको अमेरिकी नाकाबन्दीको विपक्षमा मतदान गरे । तथापि साम्राज्यवादी नाकाबन्दी जारी छ । नेपालको कालापानी र सुस्ताजस्तै क्युवाको ग्वान्टानामो टापुमा अमेरिकी यातनागृह चालू छ । यसका विरुद्ध निरन्तर संघर्ष आवश्यक छ । क्यवाली क्रान्तिको ५९औँ विजय दिवसको अवसरमा विश्वभर विभिन्न कार्यक्रम गरी क्युवाप्रति समभाव जनाइएको छ । नेपालमा यो क्रम शुरु भइसकेको छ । जनवरी १ मै क्युवा ऐक्यबद्धता समिति नेपालको आयोजनामा भक्तपुरमा प्रवचन कार्यक्रम सम्पन्न भयो । प्रमुख अथिति नारायणमान बिजुक्छेंले सानो देश भएपनि क्युवाजस्तै निडर भई लड्नुपर्ने र नयाँ पुस्तामाझ समाजवादी विचारको प्रवाह गर्नुपर्ने बताउनुभयो ।
विश्वका कामदार जनताका शिक्षक कार्ल माक्र्सको जन्मदिनको द्विशतवार्षिकी पनि परेकाले नयाँ वर्ष २०१८ महत्वपूर्ण छ । यो वर्ष माक्र्सका विचारको अध्ययन, छलफल र प्रचार बढ्ने नै छ । सबैलाई नववर्षको शुभकामना दिँदै यो आलेख क्युवाली क्रान्तिकारी योद्धा क्यामिलो सियँफुइगोसको भनाइबाट बिट मारौँ, “हामी बुझ्छौँ, हाम्रा लागि काम र बलिदानहरू जनवरी १ मा सक्किएका थिएनन्, बरु शुरु भएका थिए ।”
Leave a Reply