नाकाबन्दी र बमबारीले अन्त्य गर्ने छैन इरानको युद्ध
- भाद्र २५, २०८३
‘जनता म्वाःसा भाषा म्वाई’ अर्थात् ‘जनता बाँचे भाषा बाँच्छ’ भन्ने मूल नारासहित नेपालभाषा साहित्य तःमुंज्या (बृहत् सम्मेलन) नेपाल संवत् ११०० (वि.सं. २०३७) देखि हरेक वर्ष साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ भइरहेको यहाँहरूलाई अवगत नै छ । यो वर्ष नेपाल संवत् ११४६ कौलाथ्व द्वादशी र त्रयोदशी (वि.सं. २०८३ कार्तिक ६ र ७ गते) का दिन भक्तपुर नगरपालिका वडा नं. ७ गोल्मढी, यातामा ४६ औँ तःमुंज्या हुने यहाँहरूलाई जानकारी गराउँदछौँ । यो तःमुंज्यामा यहाँहरू सम्पूर्णलाई हार्दिक आमन्त्रण गर्दछौँ र सदाझैँ आर्थिक, नैतिक तथा भौतिक सहयोगका निम्ति अनुरोध गर्दछौँ ।
भाषा, लिपि, साहित्य, कला–संस्कृति र सम्पदा हाम्रा अमूल्य निधी हुन् । यो अमूल्य सम्पत्तिको उन्नति–प्रगति तथा संरक्षणको लागि योगदान पु¥याउनु हामी सबैको साझा कर्तव्य पनि हो । यो गम्भीर जिम्मेवारीमा सरकार पनि सचेत हुनु आवश्यक छ । हाम्रा यी सम्पदा लोप हुनु वा नाश हुनु भनेको मानव सभ्यताको पनि विनाश हुनु हो भन्नेतर्फ तःमुंज्या सचेत छ ।
तःमुंज्या साहित्यिकसँगै राजनीतिक दबु पनि हो । राजनीति देश र जनताको निःस्वार्थ सेवा गर्ने क्षेत्र हो । यो यथार्थलाई पनि तःमुंज्याले आत्मसात् गर्दै आएको छ । तःमुंज्याको दबुमा राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा साहित्य र सांस्कृतिक विधा एवम् मन्तव्यहरू प्रस्तुत हुँदै आएको छ, यो वर्ष पनि चालू हुनेछ ।
गत वर्षको भदौ २३ गते जेनजी आन्दोलनमा घुसपैठ र निहत्या जनताको हत्या, त्यसको भोलिपल्ट भदौ २४ गते देशभरिकै आगजनीसहित विध्वंस मच्चाउन देश र विदेशका प्रतिक्रियावादीहरू क–कसले कसरी दुरुत्साहन गरे भन्ने विषय पनि तःमुंज्याको दबुमा प्रस्तुत हुने हामी सबैको अपेक्षा हो ।
यही वर्ष भदौ १० गते भोटेकोसी नदीमा आएको हिमपहिरोले रसुवा, नुवाकोट, धादिङ, गोर्खा, चितवनसम्मका हजारौँ नेपाली दाजुभाइ तथा दिदी–बहिनीको ज्यान गयो भने हजारौँ बेपता र घाइते भए तथा हजारौँ परिवार घरवारविहीन भए । नेपालभाषा साहित्य तःमुंज्या हिमपहिरो तथा बाढीमा परी मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडितहरूप्रति गहिरो दुःख प्रकट गर्दछ । हिमपहिरो पीडितहरूको खोज र उद्धारमा तदारुकताको कमी हुँदा थप जनधनको क्षति भयो भन्ने पीडितहरूको गुनासोप्रति तःमुंज्या ऐक्यबद्धता प्रकट गर्दछ र आगामी दिनमा हुनसक्ने विपत्तिको पूर्वसूचना र पूर्वतयारीमा लाग्न सम्बन्धित सबैको ध्यानाकर्षण गराउँदछ ।
बढ्दो प्रदूषणसँगै पृथ्वीको तापक्रम वृद्धि भएर पनि हिमपहिरोलगायत प्राकृतिक विपत्ति बढिरहेको विषय पनि तःमुंज्याको यो दबुमा प्रस्तुत हुने हाम्रो अपेक्षा हो । नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक कार्यक्रम भव्यरूपमा सम्पन्न गर्न मजदुर, किसान, युवा, विद्यार्थी, शिक्षक, बुद्धिजीवी, महिला, उद्योगी, व्यापारीलगायत सबैको सहयोग र सहभागिताको लागि सम्पूर्णमा हार्दिक अनुरोध गर्दछौँ ।
आयोजक
४६ औँ नेपालभाषा साहित्य तःमुंज्या याता, गोमारी–७, ख्वप
Leave a Reply