भर्खरै :

परीक्षालाई त्रास हैन, आश बनाऔं

पहिलो घण्टीसँगै सबै विद्यार्थी तथा कक्षा शिक्षकहरू आ–आफ्नो कक्षाकोठामा पस्नुभयो । दोस्रो घण्टीसँगै कक्षा १० का विद्यार्थीहरू एक अर्कोका अनुहार हेर्दैै भनिरहेका थिएः हैन हो यो कक्षा १० मा आएपछि त कति जाँच नै जाँच (परीक्षा) हो, हैन हाम्रो त काम नै जाँच मात्र दिनु हो कि क्या हो, मलाई त दिक्क लागिसक्यो । अर्को साथीले थपेः हो भनेको । अनि विस्तारै साथ दिदै गए बाँकी साथीहरूले पनि । कारण थियो शिक्षकले परीक्षा तालिकाको सूचना दिनु । कुरा कार्यालय कोठासम्म पुग्यो । प्रायः शिक्षकहरूको प्रतिक्रिया पनि त्यस्तै थियो । क्रमशः अभिभावकका पनि मिल्ने कुरा सुनिन थालेपछि शब्द कोर्न मन लागेर कलम चलाएँ ।  पहिलो घण्टीसँगै सबै विद्यार्थी तथा कक्षा शिक्षकहरू आ–आफ्नो कक्षाकोठामा पस्नुभयो । दोस्रो घण्टीसँगै कक्षा १० का विद्यार्थीहरू एक अर्कोका अनुहार हेर्दैै भनिरहेका थिएः हैन हो यो कक्षा १० मा आएपछि त कति जाँच नै जाँच (परीक्षा) हो, हैन हाम्रो त काम नै जाँच मात्र दिनु हो कि क्या हो, मलाई त दिक्क लागिसक्यो । अर्को साथीले थपेः हो भनेको । अनि विस्तारै साथ दिदै गए बाँकी साथीहरूले पनि । कारण थियो शिक्षकले परीक्षा तालिकाको सूचना दिनु । कुरा कार्यालय कोठासम्म पुग्यो । प्रायः शिक्षकहरूको प्रतिक्रिया पनि त्यस्तै थियो । क्रमशः अभिभावकका पनि मिल्ने कुरा सुनिन थालेपछि शब्द कोर्न मन लागेर कलम चलाएँ ।  भक्तपुर जिल्लामा सामुदायिक मा.वि.को परीक्षा सञ्चालन गर्ने दुई वटा समिति छन् । त्यसमध्ये एउटा समिति राम्रो नतिजा निकाल्न सफल नै छ । समितिले परीक्षा सञ्चालनबाहेक आफुअन्र्तगतका विद्यालयहरूमा अतिरिक्त कृयाकलाप, शिक्षक डायरी, निवृत शिक्षक सम्मान, गोष्ठी÷तालिम आदि सञ्चालन गर्दै आएको छ । भक्तपुरलाई एक घर एक स्नातक, ज्ञान विज्ञानको केन्द्र बनाउन सहयोग पनि पु¥याउँदै आएको छ । यसै सन्दर्भमा कक्षा १० को परीक्षाको सम्बन्धमा टिप्पणी आउनुको कारण भने एक शैक्षिक सत्रमा विभिन्न नाममा सञ्चालन गरिने परीक्षा नै हुन् जुन हप्ता –१५ दिन देखि २ महिनासम्मको फरकमा ८ पटकसम्म हुने गर्दछ । परीक्षाको तयारीलाई लिएर विद्यार्थीमा परीक्षाप्रति नकारात्मक भावना बढ्दै गएको पाइन्छ बरु परीक्षा त विद्यार्थीको शैक्षिक अवस्थाको जानकारी प्राप्त गर्दै सुधार गर्ने माध्यम हुनुपर्ने थियो । तर त्यसो हुन सकेको छैन । कुनै विद्यार्थीले परीक्षालाई सामान्य (वास्ता नगर्ने) रुपमा  त कसैले भूतको रुपमा लिन थालेका छन् । अभिभावक परीक्षा शुल्कको बोझमा छन भने शिक्षक र प्रशासन परीक्षाको व्यवस्थापन र तयारीमै बढी लागिपरेका हुन्छन् । वास्तवमा नियमित रुपमा सञ्चालन गरिने लिखित परीक्षाले कस्तो प्रतिफल दिइरहेको छ समिक्षा गर्नु जरुरी छ । शैक्षिक नतिजा उत्साहजनक बनाउन शिक्षक, विद्यार्थी र अभिभावक समेतको सकारात्मक सहयोग र सुझावको खाँचो पर्छ भने सबै पक्षको मनोविज्ञानले पनि महत्वपूर्ण अर्थ राख्ने गर्दछ । उल्लेखित विषयमा सम्बन्धित पक्षको ध्यान जाने छ भन्नेमा विश्वास गरेको छु । साथै गत वर्षदेखि वार्षिक चारपटक लिइने त्रैमासिक परीक्षासमेत मध्य वर्षा र जाडो समयमा हुने हँुदा यसले साना नानीबाबुको सुविधालाई समेत उपेक्षा गरेको देखिन्छ । तसर्थ आउने शैक्षिक सत्रदेखि परीक्षा संख्या, समयतालिका र परीक्षा प्रक्रियासमेत व्यवहारिक र वैज्ञानिक हुनु आवश्यक देखिन्छ ।
आर. थापा, शिक्षक

Leave a Reply

Your email address will not be published. Required fields are marked *