के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
नेल्सन मन्डेलाले एकपटक भन्नुभएको भएको थियो, ‘Destroying any nation does not require the use of atomic bombs or the use of long range missiles. It only requires lowering the quality of education and allowing the cheating in the examinations by the students.’ कुनै पनि समाज ध्वस्त गर्नको लागि मिसाइलको प्रयोग जरुरत पर्दैन । शिक्षाको स्तर झारेपछि, राम्रो शिक्षाबाट नयाँ पुस्तालाई वञ्चित गरिदिएपछि त्यो समाज आफै ध्वस्त हुनेछ । तसर्थ, हामी संवेदनशील हुने कि नहुने ?
यहाँ युनिभर्सिटीहरू, कलेजहरू नचलेको र विद्यार्थी नभएको कुरा उठ्यो । विद्यार्थी विदेश ओइरिएकोमा चिन्ता व्यक्त भयो । म प्रश्न गर्न चाहन्छु । कमसेकम ३० वर्षअगाडिको कुरा नगरौँला ¤ यो ३४ वर्षमा देशमा शिक्षामन्त्री को–को भए ? को को प्रधानमन्त्री भए ? कति वर्ष कुन–कुन दलले कति–कति वटा सरकारहरू चलाए ? आजको यो परिणामको कारण हामी हौँ कि होइनौँ ? हामी कति दोषी छौँ ? त्यसतर्फ पनि हामी सचेत होऔँ भनि अनुरोध गर्न चाहन्छु ।
अहिले उच्च शिक्षा विधेयकको कुरा उठ्यो । सुरूमै हामीले हाम्रो क्षमता प्रदर्शन गर्दै छौँ भन्ने लाग्दछ । हामी किन यति धेरै अव्यवस्थित भयौँ ? बिनातयारी हामी किन अघि बढ्दै छौँ ? जन्मिन नपाउँदै त्यसको हत्या गर्ने वा एक हिसाबले गञ्जागोल गर्नेतर्फ हामी किन अगाडि बढ्दै छौँ ? यो पनि अत्यन्त संवेदनशील प्रश्न हो भन्ने लाग्दछ ।
अहिलेको सन्दर्भमा नयाँ विश्वविद्यालय आवश्यक छ । अझै पनि नेपाली विद्यार्थी युवाहरू पढ्न उत्सुक छन् । तर, हामीले ढङ्ग पु¥याएर विद्यालयहरू चलाइरहेका छौँ कि छैनौँ ? विश्वविद्यालय चलाइरहेका छौँ कि छैनौँ ? शिक्षामा लगानी कम गर्ने अनि हामी हाम्रा बच्चाबच्चीहरूलाई विदेश पठाउने । कसको कारणले हुँदै छ ? हामी त्यसको निम्ति कति जिम्मेवार छौँ ? हिजैको खबरले भन्यो देशको निम्ति अझै दुईवटा विश्वविद्यालय आवश्यक छ । एउटा ख्वप विश्वविद्यालय र अर्को तिलगङ्गा नेत्र विज्ञान विश्वविद्यालय । देशको स्थिति यो छ । देशको आवश्यकता यो हो ।
उत्पादनश्रमसँग जोडिएको शिक्षा जबसम्म हामी दिन सक्दैनौँ जुनसुकै विश्वविद्यालय पनि असफल हुनेछन् । नयाँ पुस्ताको चाहना, आधुनिक युगसँग जोडिएको, अनुसन्धानमा आधारित, प्रयोगमा आधारित व्यवहारिक शिक्षा दिन सक्यौँ भने यो वाग्मती प्रदेशको पनि विश्वविद्यालय चल्नेछ । अरू विश्वविद्यालयहरू प्नि चल्नेछन् । मुख्य कुरा, त्यसतर्फ ध्यान केन्द्रित गरौँ भन्ने हाम्रो अनुरोध हो । विश्वविद्यालयको नाउँमा भागबन्डा नगरौँ ! पक्षपात नगरौँ ! त्रिभुवन विश्वविद्यालयलाई सिध्याएको भागबन्डा गरेर, पक्षपात गरेरै हो । भागबन्डा गर्ने शासक दलहरू नै त्यसका निम्ति जिम्मेवार छन् ।
(प्रदेश उच्च शिक्षा अध्यादेश प्रतिस्थापन विधेयकमाथि गत असार १२ गते भएको सामान्य छलफलमा बोल्दै नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राख्नुभएको विचार सामान्य सम्पादनसहित)
Leave a Reply