भर्खरै :

एउटै कोठामा चार कक्षा

काठमाडौँ, २० पुस (रासस) ः बूढानीलकण्ठस्थित वेद विद्याश्रममा कक्षा कोठा अभावका कारण पढाइमा समस्या भएको छ ।
भूकम्पपछि पुनःनिर्माण हुन नसक्दा उक्त आश्रममा कक्षा कोठाको अभाव भएको छ । भूकम्पपछि भत्किएका कक्षा कोठाको निर्माण हुन नसक्दा अहिले एउटै कोठामा चार कक्षा सञ्चालन भएको विद्याश्रमका संरक्षक मठाधीश स्वामी निगमानन्दले बताउनुभयो ।
कक्षा ४ देखि ७ सम्म एउटै कक्षा कोठामा समूह विभाजन गरी कक्षा नियमित सञ्चालन गरिएको उहाँले बताउनुभयो । “आश्रम पुनःनिर्माण गर्नका लागि हामीले पटक पटक आग्रह गरेका थियौँ”, उहाँले भन्नुभयो, “तर अहिलेसम्म हाम्रो आग्रहलाई सरकारले चासो देखाएन ।”
पुनःनिर्माणका लागि आश्रम व्यवस्थापन समितिले बूढानीलकण्ठ नगरपालिकामा प्रस्ताव गर्दा पनि बजेट निकासा नभएको गुनासो उहाँले गर्नुभयो ।
बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट आवश्यक रकम उपलब्ध गराउन नसकिएको हुनाले आश्रमको निर्माणमा ढिलाइ भएको जानकारी दिनुभयो ।
विसं २०५७ मा स्थापित उक्त विद्याश्रममा पूर्णरुपमा निःशुल्क पढाइ हुन्छ । हाल विद्यालयमा ३५ ब्राह्मण छात्र छन् । आठ शिक्षक तथजततउस्ररज्ञटछ।ज्ञ।द्दठ।द्दछण्रअबतभनयचथरष्लमभहरुअगचचभलतऋबत.द्द३ा एक शिक्षिका रहेको उक्त विद्यालयलाई शिक्षा मन्त्रालयले वार्षिक रु चार लाख सहयोग दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *