पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
भक्तपुर, २४ असार । कानुन अध्ययन समाज, नेपालको प्राविधिक सहयोग र लेखापढी व्यवसायी समाजको आयोजनामा भएको लेखापढी व्यवसायी परीक्षा तयारी कक्षा – २०८१ को समापन कार्यक्रम सोमबार सम्पन्न भयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले कानुन क्षेत्रमा काम गर्नेहरूले गोप्यता, अध्ययन, अनुशासन र जनसेवालाई ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “शासक दलका नेताहरूमा नैतिकताको प्रश्न उठिरहेको बेला अब जनता आफै इमानदार र नैतिकवान हुनुपर्छ ।”
कानुन निर्माण गर्ने संसद् र प्रदेशसभामा कानुनका विद्यार्थीहरू पुगेका भए देश आजको जस्तो भद्रगोलको स्थिति नआउने आकलन गर्दै प्रमुख प्रजापतिले कानुनको अध्ययन पैसा कमाउने उद्देश्यले भन्दा व्यवस्थित र कानुनसम्मत काम गर्नको लागि हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “डाक्टर, इन्जिनियर, प्रशासकहरूले समेत कानुन अध्ययन गर्ने गरेकाले विगतमा भन्दा कानुको महत्व दिनप्रतिदिन बढ्दै गइरहेको छ । ललिता निवास काण्ड, भुटानी शरणार्थी काण्डमा प्रधानमन्त्री, मन्त्री र सचिवहरू फस्नुले कानुनी ज्ञानको अभाव नै देखिन्छ ।”
प्रमुख प्रजापतिले प्रत्येक कानुन व्यवसायी अरूको सम्पत्ति रक्षा गर्ने चिकित्सक हुनुपर्ने बताउनुभयो ।
“सङ्घीयताको आठ वर्षको अभ्यासले प्रदेशले आफ्नो औचित्य पुष्टि गर्न सकेन, जिल्ला समन्वय आवश्यक छैन, समानुपातिक निर्वाचन प्रणाली ठीक छैन भन्ने उठेको देखिन्छ”, उहाँले भन्नुभयो ।
कानुन अध्ययन समाज नेपालका केन्द्रीय अध्यक्ष एवं अधिवक्ता रामप्रसाद प्रजापतिले लेखापढी व्यवसायी नितान्त जिम्मेवार व्यवसाय भएकोले यसतर्फ व्यवसायी साथीहरू गम्भीर हुनु आवश्यक छ भन्नुभयो ।
लेखापढी व्यवसायीहरू पेसाप्रति इमानदार हुनुका साथै देश र जनताको निःस्वार्थ सेवा गर्ने भावनाका साथ अगाडि बढी सामाजिक उत्तरदायित्व पनि वहन गर्न पनि सधैँ तयार हुनुपर्छ, उहाँले भन्नुभयो ।
भक्तपुर लेखापढी व्यवसायी सङ्घका अध्यक्ष राजाराम वासीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अधिवक्ता राजु कैटी, अधिवक्ता शिवराम बोहजू र प्रशिक्षार्थीहरूको तर्फबाट श्याम ख्याजूले पनि बोल्नुभएको थियो ।
Leave a Reply