भर्खरै :

नेपो र सीटीएलमा अनुगमन

नेपो र सीटीएलमा अनुगमन

भक्तपुर, २६ असार । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा औषधि कारखाना र नेपो टेक्सटाइलमा बुधबार अनुगमन गरियो ।
नेपो टेक्सटाइल इन्डस्ट्रिज प्रा.लि. को साइनबोर्ड राख्ने, सरसफाइ व्यवस्थित गर्ने, केमिकलबाट हुने नोक्सानी नहुने गरी व्यवस्थित गर्ने, कर्मचारीलाई विपद् व्यवस्थापन तालिम दिनुपर्ने, केमिकलयुक्त पानी प्रशोधन गरी खोलामा सिधै नपठाउन निर्देशन दिइयो ।
सीटीएल फर्मासेटिकुल्स प्रा.लि. र जे.जे. ल्यावरोटरीज् प्रा.लि. व्यवस्थित भएको र म्याद नाघेका औषधि र कारखानाको केमिकल भएको फोहर पानी प्रशोधन गर्ने प्रदूषण नियन्त्रण प्रणालीको ईपीटी फोहर उपचार प्रणाली केन्द्र सञ्चालनको लगबुक र ल्याब रिपोर्ट भएको अनुगमन समितिले जनाएको छ ।
अनुगमनमा अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, रोशनमैँया सुवाल, ज्ञानबहादुर मानन्धर, रीता फसिकवा, भनपा श्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका मोहनदेवी व्याञ्जु, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादवप्रसाद मिश्र, महानगरीय प्रहरी परिसरका प्र.स.नि. कमलकुमार श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका राजेश त्वानाबासु, राष्ट्रिय उपभोक्ता मञ्चका लक्ष्मी भण्डारी, घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका लक्ष्मीप्रसाद कासुला र ख्वप अस्पतालका मनिष ज्याख्वको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *