बाल विकास सहजकर्ताहरूद्वारा नगर प्रमुखको ध्यानाकर्षण
- असार २, २०८३
ललितपुर, २६ असार । नेपाल मजदुर किसान पार्टी महालक्ष्मी, ललितपुरको आयोजनामा विश्व कम्युनिस्ट आन्दोलनका योद्धा एवम् प्रजग कोरियाका महान् नेता किम इल सङको ३० आँै स्मृति दिवस (जुलाई ८) को अवसरमा कोरियाली जनतासँगको ऐक्यबद्धता समिति, नेपालले हालै प्रकाशित ‘स्मृतिमा किम इल सङ’ पुस्तिकाबारे अन्तरक्रियात्मक छलफल कार्यक्रम मङ्गलबार सिद्धिपुरमा भयो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)को बाहुलीबाट सार्वजनिकीकरण भएको सो पुस्तकले कोरियाली आकाशका चम्किलो रातो तारा एवम् विश्व साम्राज्यवादविरोधी सङ्घर्षका नायक नेता किम इल सङलाई चिनाउँछ ।
नेपाल मजदुर किसान पार्टी महालक्ष्मीका इन्द्रराज महर्जनको सभापतित्वमा भएको उक्त अन्तरक्रियात्मक छलफल कार्यक्रममा वक्ताहरूले उक्त पुस्तिका सम्पूर्ण देशभक्त तथा प्रगतिशील नेपालीले अध्ययन गर्नुपर्ने बताए । वक्ताहरूले माक्र्सवाद–लेनिनवादलाई कोरियाली माटोमा प्रयोग गर्दा नेता किमले जुच्छे विचारधारा प्रतिपादन गर्नुभएको, विश्व कम्युनिस्ट आन्दोलनमा नेता किमको जुच्छे विचारधारालाई कोरियाली भूमिको एउटा क्रान्तिकारी दर्शनको रूपमा अध्ययन गरेको र देशको स्वाधीनता, अर्थतन्त्रको आत्मनिर्भरता, सैन्यक्षेत्रमा स्वावलम्बनको निमित्त जनताको योगदान र समर्पण प्रधान विषय रहेको बताएका थिए ।
पुस्तकमा किमको भनाइ रहेको छ, “संसारमा सबैभन्दा बुद्धिमानी, शक्तिशाली र मूल्यवान् प्राणी भन्नु जनता हुन् । ईश्वर भन्ने वस्तु छ भने त्यो अरू कुनै नभइकन जनता नै हुन् । तिनीहरू नै मेरा गुरु हुन् । तसर्थ, म तिनीहरूको सम्मान गर्छु ।”
पुस्तिकामा अध्यक्ष बिजुक्छेँले कोरियाको पुनःएकीकरणको भव्य उत्सवमा राख्नुभएको सारगर्भित मन्तव्य छ । उहाँले पुस्तिका नेता किमलाई पूर्वी सभ्यताका एक स्तम्भ, कोरियाली राष्ट्रको प्रतीक, उँचो देशभक्ति भावना र आदर्शको प्रतीक, जन्मजात देशभक्त र सङ्गठनकर्ताको रूपमा चिनाउनुभएको छ । एक कुशल विचारक, अजय सेनानायक, सफल पितातुल्य राजनेता, दूरदर्शी सेनापति, जगमगाउँदो रणविद्, माक्र्सवाद–लेनिनवादका व्याख्याता, जुच्छेविचारका प्रतिपादक, असल कूटनीतिज्ञ, कोरियाली समाजवादका रातो झण्डाका रूपमा पनि उहाँले चित्रण गर्नुभएको छ ।
वैज्ञानिक समाजवादमा व्यवस्था हुने सबै व्यवस्था प्रजग कोरियामा छ । “शिक्षा, स्वास्थ्य निःशुल्क, आदर निकेतन, बाल दरबार, जनताको लागि आवास, काम, माम, कपडाको ग्यारेन्टी छ । सबैभन्दा महत्वपूर्ण कुरा नाकाबन्दीको सामना गरेर पनि आत्मनिर्भरता छ । प्रजग कोरियामा आणविक हतियारको विकासले स्वयम् साम्राज्यवादी देश संरा अमेरिका थर्कमान छ । यो समाजवादको शक्ति हो । यो माक्र्सवाद–लेनिनवाद र जुच्छे विचारधारा तथा सोन्गुन नीतिको शक्ति प्रतीत हुन्छ ।” पुस्तकमा उल्लेख छ ।
अन्तरक्रियात्मक छलफल कार्यक्रममा नेमकिपा ललितपुर जिल्ला समिति सदस्य महन्त महर्जन, नेपाल क्रान्तिकारी किसान सङ्घ जिल्ला समिति ललितपुरका सदस्य चन्दमान महर्जन, नेपाल क्रान्तिकारी महिला सङ्घ ललितपुरका रूपना महर्जन, नेपाल क्रान्तिकारी युवा सङ्घ महालक्ष्मी नगर समितिका अध्यक्ष कृष्णमान महर्जन, नेपाल क्रान्तिकारी महिला सङ्घ महालक्ष्मी नगर समितिका अध्यक्ष सुनिता महर्जन, नेक्राविसङ्घका अनिष महर्जन, आशाराम महर्जन, बिकी महर्जन, एन. महर्जनले भाग लिनुभएको थियो ।
Leave a Reply