भर्खरै :

उठ जाग ए श्रमिक हो

उठ जाग ए श्रमिक हो

उठ, जाग ए श्रमिक हो, नयाँ बिहान आएको छ
पसिनाको मूल्य खोज्ने समय अब आएको छ,
थाकेका तिम्रा ती हातहरूमा शक्ति फेरि भर्नु छ
श्रम र सङ्घर्षको दियो बालेर अन्धकारलाई चिर्नु छ ।
इँटा, माटो, फलाम बोक्ने ती बलिया हातहरू
देश फेर्ने आधार तिम्रा जीवनका साथहरू
तर किन अझैसम्म तिम्रो मन धुरुधुरु रुँदै छ
तिम्रो श्रमको उज्यालो अझै किन छायामा लुक्दै छ ।
मौनतालाई तोडेर विद्रोहको आवाज बनी अब उठ्नुपर्छ
न्याय र मुक्तिको लागि सङ्घर्षका पाइला अब चाल्नुपर्छ,
विचारको एकता नै ठुलो शक्ति हो,यो कुरा नबिर्स है
शोषणको त्यो साङलो चुँडाएर नयाँ भविष्य कोर्न है ।
तिम्रो श्रम र मिहेनतको मूल्य कहिल्यै खेर जाँदैन
पौरखी त्यो तिम्रो हातबिना संसार अगाडि बढ्दैन,
उठ,जाग ए श्रमिक हो समयले बोलाएको छ
नयाँ युग ल्याउने जिम्मा तिम्रै काँधमा आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *