भक्तपुर नगरपालिकाको आ.व. २०८३/८४ को बजेट वक्तव्य
- असार ११, २०८३
भक्तपुर, १ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको आयोजनामा कलेजमा नयाँ नियुक्ति हुनुभएका विभाग र शाखाका प्रमुखहरूको नियुक्तिपत्र हस्तान्तरण कार्यक्रम तथा पदस्थापना कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
उक्त कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जनताको हितको निम्ति संविधान संशोधन गर्नुपर्ने बताउनुभयो ।
अमेरिका र बेलायती प्रजातन्त्रको चर्चा गर्दै उहाँले अहिले बनेको सरकार संसदीय मूल्य र मान्यताविपरीत भएको बताउनुभयो । सरकारको स्थायित्वको निम्ति प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्था हुनुपर्ने र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सक्षम स्थानीय तहलाई विश्वविद्यालय सञ्चालनको अधिकार दिनुपर्ने बताउनुभयो ।
नवनियुक्त विभाग एवं शाखा प्रमुखहरूलाई बधाई दिँदै अतिथि प्रजापतिले भौतिक संरचनाले मात्र कलेजको गुणस्तर मापन नहुने भएकोले आ–आफ्नो जिम्मेवारीअनुसार दत्तचित्त भएर लाग्न आग्रह गर्नुभयो । भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्र बनाउने लक्ष्यमा अगाडि बढिरहेको र मेडिकल कलेजसहित ख्वप विश्वविद्यालयको तयारीमा रहेको बताउँदै उहाँले जागिरे मानसिकताले भन्दा पनि भावनात्मकरूपमा एक भई लक्ष्य प्राप्तिमा लाग्न अनुरोध गर्नुभयो ।
भक्तपुर नगरपालिकाले अनुसन्धान केन्द्र स्थापना गरी कलेजहरूसँग समन्वय गरेर अनुसन्धान कार्य अगाडि बढाउने भक्तपुर नगरपालिकाको नीति रहेको उहाँले बताउनुभयो ।
ख्वप इन्जिनियरङ कलेजका प्राचार्य ई. सुजन माकले उच्च शिक्षा अध्ययनको लागि विद्यार्थीहरू विदेश जानुले देशको शैक्षिक क्षेत्रमा समस्या उत्पन्न भएको चर्चा गर्दै नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।
कार्यक्रममा ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले कलेजका हरेक निर्णय एवं कार्यहरू प्रजातान्त्रिक केन्द्रियताअनुसार समूहगत निर्णयबाट हुँदै आएको उल्लेख गर्दै विभाग र शाखामा जिम्मेवारी दिनु एउटा नियमित प्रक्रिया भएको बताउन्ुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँ, ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य ई. रत्नशोभा प्रजापति, ई. रमेश बाला र सन्जय मानन्धरले नवनियुक्त विभागीय प्रमुखहरूलाई बधाई एवं कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रममा नवनियुक्त विभागीय प्रमुख प्रा.डा. राजुभाइ त्यात, प्रा.डा. चन्दकिरण कवां, ई. आनन्दकुमार मिश्र, भेषबहादुर थापा, ई. चन्द्रकृष्ण प्रजापति, ई. अनिल कासुलाले आफूहरूलाई दिइएको जिम्मेवारी इमानदारीपूर्वक बहन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Leave a Reply