भर्खरै :

शासक दलहरूबाट नेपाली जनतालाई थप पीडा !

शासक दलहरूबाट नेपाली जनतालाई थप पीडा !

राजनीतिक दल निश्चित दर्शन र वर्ग आधारमा गठन र सञ्चालन हुन्छ । नेपालमा नेपाली काङ्ग्रेसले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको नारा दिएको हो । तर, जहानियाँ राणा शासनको अघि र पछि तथा निर्दलीय पञ्चायती शासनको कालमा नेकाका नेताहरू भारतीय विस्तारवाद र एकाधिकार पुँजीको छायामा बसे । यसकारण, बहुदलीय व्यवस्था पुनःस्थापनापछि पटक–पटक सरकारको नेतृत्व गरे पनि नेकाले नेपालको हितमा काम गरेन ।
बहुदलीय व्यवस्थाको पुनःस्थापनायता नेकाको सरकारले सार्वजनिक संस्थान केही व्यक्ति वा भारतीय एकाधिकार पुँजीसमेतको हातमा बिक्री ग¥यो भने नेपालको नदीनाला भारतीय विस्तारवादको समेत साझा भन्दै महाकाली, माथिल्लो कर्णाली, अरुण तेस्रो, तल्लो अरुण, अरुण चौथो, मुगु कर्णाली, तिला–१, तिला–२, पश्चिम सेती, सेती–१ लगायत जलविद्युत् र सिँचाइ परियोजना भारतीय एकाधिकार पुँजीको कब्जामा दियो । नेपालको हितविपरीतका यी सन्धि–सम्झौतामा एमाले र तत्कालीन माओवादीसमेतले साथ दिए । कम्युनिस्ट दाबी गरेको एमालेले खर्बपति विनोद चौधरीलाई समानुपातिक सांसद बनायो भने पछि चौधरी नेकाको सांसद हुँदै उपसभापति बने ।
एमाले र तत्कालीन माओवादी आ–आफूलाई कम्युनिस्ट दाबी गछ्र्रन् । कम्युनिस्टहरू देशभक्त र कामदारवर्गको पक्षमा सेवा गर्छन् । एमाले र तत्कालीन माओवादी भने नेकाकै साथ एवम् समर्थनमा पटक–पटक सरकारको भागबन्डामा गए । एमालेले पनि खर्बपतिहरू गोल्छा, खेतानलगायतलाई समानुपातिक सांसद र मन्त्री बनायो भने तत्कालीन माओवादीले पनि खर्बपतिहरू पद्म ज्योती र ल्हारक्याल लामाहरूलाई सांसद र मन्त्री बनायो । नेपाली जनतालाई यस्तै शासक दलहरूबाट थप पीडा भइरहेको हो । नेका, एमाले, तत्कालीन माओवादीका सरकारहरूले देश र जनताको निःस्वार्थ सेवा नगरेको हुँदा गत वर्ष भदौ २३ र २४ गतेको उपद्रव र विध्वंस गर्नेहरूलाई मौका मिल्यो । देशको सम्पदा र सम्पत्ति जलाउनेहरू र देश जलाइएको बेला सरकारको जिम्मेवारीबाट राजीनामा दिएर भाग्नेहरू दुवै देशघाती किन होइनन् ?
रास्वपा भ्रष्टाचारविरुद्ध सुशासनको लागि स्थापना भएको दाबी ग¥यो । तर, गत वर्ष भदौ २३ र २४ गतेको उपद्रवसँग जोडिएका सयौँ मानिसहरू रास्वपाबाट सांसद र राजनीतिक नियुक्ति पाएकाहरू नै भएको कार्की आयोग र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा उल्लेख भयो । संरा अमेरिकी पत्रकार क्लारेन किटवर्गको ‘दि ग्रेजोन’ मा प्रकाशित लेखमा रास्वपाका कतिपय नेता र कार्यकर्ताहरू संरा अमेरिकी केन्द्रीय गुप्तचर संस्थाअन्तर्गतका राष्ट्रिय र अन्तर्राष्ट्रिय गैर सरकारीसंस्थाहरूमार्फत आर्थिक सहयोग र विध्वंसका तालिम पाएको सार्वजनिक भयो । यसलाई रास्वपाले अस्वीकार गरेको छैन । यसरी रास्वपाको राजनीतिक दर्शन र वर्गआधार अन्य शासक दलसँगै मिलेको देखिन्छ । रास्वपाका रवि लामिछानेले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा शासक दलका नेता कार्यकर्ताहरूको मत पनि आफ्नो पार्टीलाई आएको बताए । नेकाका गगन थापाले मत सँगसँगै ४० जना उम्मेदवार आफ्नो पार्टीबाट रास्वपामा पठाएको बताए । रास्वपाका सांसदहरू र राजनीतिक नियुक्ति पाएका अधिकांश व्यक्तिहरू पुराना शासक दलकै भएको अध्ययनबाट पुष्टि हुन्छ । यसरी रास्वपा कुनै मौलिक र नयाँ पार्टी नभएको प्रमाणित हुन्छ ।
नेका, एमाले, तत्कालीन माओवादीले आ–आफ्ना पार्टीलाई एउटा राजनीतिक पार्टीजस्तो अनुशासित बनाएर सञ्चालन नगरेको हुँदा रास्वपाजस्तो २–४ वर्षमा देखिएको पार्टीको सरकार बनाउन चाहनेहरूलाई मौका मिलेको हो । रास्वपाले स्थानीय तहको चुनाव घोषणा नहुँदै उम्मेदवार हुनेहरूको नामावली सङ्कलन सुरु गर्दै छ । राजनीतिक दलहरू क्लवजस्तो सञ्चालन गरिएकै कारण उम्मेदवारको सूचीको लागि ‘उम्मेदवार क्लव’ का अवधारणा ल्याइएको हुनुपर्दछ । यसप्रकारका पार्टी र उम्मेदवारबाट देश र जनताको निःस्वार्थ सेवा कसरी होला ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *