भर्खरै :

चामुण्डा बिन्द्रासैनीमा शुभकामना कार्यक्रम

चामुण्डा बिन्द्रासैनीमा शुभकामना कार्यक्रम

दैलेख, ३१ असोज । नेपाल मजदुर किसान पार्टी चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं. १ समितिको आयोजनामा शुक्रबार शुभकामना कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा कर्णाली प्रदेशका सदस्य निरबहादुर शाहीले युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था हुने वातावरण सरकारले तयार गर्नु जरूरी रहेको बताउनुभयो ।
समाजवादी व्यवस्थामा कामदार जनताले सम्मानपूर्वक जीवनयापन गर्न पाउने धारणा राख्दै उहाँले उक्त व्यवस्थामा नागरिकको जन्मदेखि मृत्युसम्मका सबै व्यवस्था राज्यले गर्ने बताउनुभयो ।
चाडपर्वलाई भौतिकवादी दृष्टिकोणले रचनात्मक ढङ्गले मनाउनु जरूरी रहेको उल्लेख गर्दै उहाँले विश्वमा अशान्ति छाउनुमा संरा अमेरिकी साम्राज्यवाद प्रमुख रूपमा दोषी रहेको बताउनुभयो ।
नेमकिपा दैलेखका अध्यक्षले अहिलेको पुँजीवादी व्यवस्थाले कामदार जनताको हित नगर्ने भएकोले यस विषयमा सचेत हुन र जनतालाई पनि सचेत गराउन जरूरी रहेको बताउनुभयो ।
गोरख केसीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा दीपक शाही, विष्णु रेग्मी, उदय विक, सुरेन्द्र शाही, एचबी, लालिसरा विक, गगन केसीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *