भर्खरै :

राजनीति देश र जनताको समस्या समाधानका लागि हुनुपर्ने

राजनीति देश र जनताको समस्या समाधानका लागि हुनुपर्ने

भक्तपुर, ३० असोज । नेमकिपा बोलाछेँ समितिको आयोजनामा विजया दशमी, दीपावली, ने.सं.११४७ तथा छठ पर्वको अवसरमा शुक्रबार शुभकामना आदान प्रदान कार्यक्रम भयो ।
कार्यक्रममा नेमकिपा सचिव प्रेम सुवालले बाजा बजाउँदा, गीत गाउँदा हात खुट्टा चल्ने, शारीरिक अभ्यास हुने र कुनै विशेष खबर सूचना दिन बाजाको प्रयोग गरिने सन्दर्भ उल्लेख गर्दै प्राकृतिक प्रकोप बाढी, पहिरो, भूकम्प आदिबारे जनतालाई सचेत गराई सुरक्षित हुनुपर्ने बताउनुभयो ।
काठमाडाँै विश्वविद्यालयले गरेको एक सर्वेक्षणअनुसार झण्डै ६२ प्रतिशतले देश गलत दिशातर्फ गइरहेको तथ्य सार्वजनिक भएको र निर्वाचनपछिको सर्वेक्षणमा उक्त आँकडा ७० प्रतिशत पुगेको सन्दर्भमा बोल्दै अतिथि सुवालले राजनीति देश र जनताको समस्या समाधानका लागि हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रियावादी शासकहरूले बुद्ध धर्मलाई बदनाम गर्न नक्कली भिक्षुहरू तयार गरेको इतिहासबाट सिक्दै जनताको निम्ति काम गर्ने कार्यकर्ताहरू चनाखो हुनुपर्ने खाँचो औँल्याउनुभयो ।
उहाँले सोभियत रुस, चीन, प्रजग कोरियाले पँुजीवादी देशहरूले ३ सय वर्षमा गर्न नसकेको काम ४०–५० वर्षमा गरेर देखाएको तथ्याङ्कबाट जनताको वास्तविक दुःख, पिर, मर्का बुझेका देशको समस्या समाधानमा तत्पर असल नेता र नेतृत्व भएमा देशले काँचुली फेर्न धेरै समय नलाग्ने स्पष्ट पार्नुभयो ।
नेमकिपा भजिसका उपेन्द्र सुवालले नेमकिपाले तत्कालीन कार्यक्रमको रूपमा जनताको प्रजातन्त्र र दीर्घकालीन रूपमा समाजवाद हुँदै साम्यवादी आदर्श समाजमा पुग्ने लक्ष्य लिएको र पार्टीका अग्रज नेता कार्यकर्ताहरूले देश र जनताको निम्ति निःस्वार्थरूपमा गर्दै आइरहेको बताउनुभयो ।
नयाँ पुस्तालाई राजनैतिक रूपले सचेत र शिक्षित पार्नु पर्ने कर्तव्य पूरा गर्न लाग्नुपर्ने धारणा व्यक्त गर्दै उहाँले न्याय र समानतामा आधारित आदर्श समाज स्थापना गर्न शिक्षा, स्वास्थ्य र रोजगारीलगायतका आधारभूत आवश्यकता पूरा गर्नु राज्यको दायित्व हो भन्नुभयो ।
नेमकिपा भ. न. स. का प्रतिनिधि गंगाराम ज्याख्वले जनताको निम्ति राम्रो विचार दिन सक्ने व्यक्ति मात्र नयाँ मान्छे हुने जिकिर गर्दै पहिलेका सरकारहरूले जस्तै जनविरोधी काम गर्नेहरूलाई जनताले बेलैमा चिन्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
एच.एस.सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा ४ं वडा समिति अध्यक्ष पशुपति प्रजापति, वडा पार्टीका सल्लाहकार राजाराम सुवाल, नेपाल क्रान्तिकारी महिला सङ्घ बोलाछेँकी अध्यक्ष कृष्णलक्ष्मी दुवाल, आयोजक समिति सचिव विश्वराम त्वायना, सदस्य राजेन्द्र माकलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा महिला सङ्घकी रेश्मी हालेयोले गीत प्रस्तुत गर्नुभयो भने विद्यार्थीहरू कुशल सुवाल, कञ्जन त्वायना र सुरम्य सुवालले मालश्री धुन प्रस्तुत गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *