भर्खरै :

मोदी समस्यामा !

  • आश्विन ३०, २०८३
  • विद्या कृष्णन
  • विचार
मोदी समस्यामा !

(देशभर फैलिएका सिजेपीका विरोध प्रदर्शनहरूले भारतको कमजोर र खोक्रो बन्दै गएको लोकतन्त्रलाई उजागर गरेको छ ।)
कुखुराको प्वाँख एक–एक गरेर उखेल्दा कसैले ध्यान दिँदैन भन्ने भनाइ छ । यहीँ सोचका कारण केही मानिसहरू आफूले गरेका साना गलत कामहरूको परिणाम कहिल्यै भोग्नुपर्दैन भनेर भ्रममा पर्छन् ।
यस विधिको समस्या के हो भने एक दिन सत्य पूर्ण रूपमा नाङ्गो भएर सबैका अघि उदाङ्गिन्छ र त्यसलाई बेवास्ता गर्न असम्भव हुन्छ । अक्टोबरमा भारतको लोकतन्त्र पनि आफ्नो आवरण गुमाएको, प्वाँख उखेलिएको कुखुराजस्तै देखिन्छ† यस्तो अवस्थामा विडम्बनापूर्ण रूपमा आफूलाई ‘कक्रोच’ (साङ्ला) भन्ने प्रदर्शनकारीहरू देशका सडकहरूमा उत्रिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदी आफू घेराबन्दीमा परेको अवस्थामा पुग्नुअघि १२ वर्षसम्म लोकतन्त्रका प्वाँखहरू बिस्तारै उखेलिँदै गए । अन्ततः उनी ब्यारिकेड र सुरक्षाका घेराभित्र सीमित हुन बाध्य भए । मोदी अहिले त्यस्ता विद्यार्थीहरूको आक्रोश सामना गरिरहेका छन् जसका लागि लोकतन्त्रको क्रमिक क्षयले गर्दा गुमाउनलाई केही बाँकी छैन न त डराउनुपर्ने ।
मतदाता नामावलीबाट नाम हटाइएको निर्णय फिर्ता लिन माग गर्दै अक्टोबर १० मा भएको ठुलो विरोध प्रदर्शनको सामना गर्दा उनले आफूलाई नै दोषी देखाउने खालका कामहरू गरे । उनको सरकारले सङ्कटकालको झल्को दिने खालका कदमहरू चाल्यो ः नयाँ दिल्ली जाने रेल सेवा बन्द गरियो, विरोधस्थलहरूमा अर्धसैनिक बल परिचालन गरियो र इन्टरनेट सेवा अवरुद्ध पारियो ।
प्रदर्शनअघि कक्रोच जनता पार्टी (सिजेपी) को विरोध आन्दोलनसँग सम्बन्धित प्रमुख व्यक्तिहरू रत्न सिंह, अभिजित दिपके र ध्रुव राठीलाई नियन्त्रणमा लिइयो । महात्मा गान्धीका पनाती तुषार गान्धीलगायत अन्य धेरै चर्चित अभियन्तालाई पनि नियन्त्रणमा लिइएको थियो । त्यस्तै, प्रदर्शनको क्रममा कङ्ग्रेसका नेता राहुल गान्धी, भाकपा माक्र्सवादीका नेताहरू एमए बेबी, ब्रिन्दा करात, भाकपा मालेका नेताहरूलाई पक्राउ गरिएको थियो ।
यद्यपि, प्रदर्शनकारीहरू नयाँ दिल्लीका सडकमा ओर्लिए र तोकिएका प्रदर्शनस्थलहरूतर्फ अघि बढ्ने प्रयास गरे । यस्तै दृश्य भारतका विभिन्न सहरहरूमा पनि दोहोरियो । दिनभरि प्रहरी र प्रदर्शनकारीबिच एक प्रकारको लुकामारी चलिरह्यो । प्रदर्शनकारीहरूलाई एक स्थानबाट हटाइए पनि उनीहरू राजधानीका विभिन्न भागहरूमा बारम्बार पुनः भेला भइरहे । तोकिएका प्रदर्शनस्थलबाट धपाइए तापनि उनीहरू आन्दोलन त्याग्न वा सार्वजनिक दृश्यबाट गायब हुन तयार देखिएनन् ।
साँझसम्म आइपुग्दा कम्तीमा २,५०० प्रदर्शनकारी र १५ जना पत्रकारलाई राजधानीभरबाट नियन्त्रणमा लिएर विभिन्न स्थानमा स्थापना गरिएका हिरासत केन्द्रहरूमा लगिएको थियो । त्यसयता धेरैलाई रिहा गरिएको छ ।
यी कदमहरूले मोदीको पहिले नै कमजोर बन्दै गएको राजनीतिक अवस्थालाई झन् जटिल बनाएको छ । यसले उनका आलोचकहरूबाट थप आलोचना निम्त्याएको छ, जसले अब उनी प्रधानमन्त्री पदमा रहन उपयुक्त छन् कि छैनन् भन्ने प्रश्न उठाउन थालेका छन् । शुक्रबार राहुल गान्धीको नेतृत्वमा रहेका विपक्षी दलकाहरूले राष्ट्रपति द्रौपदी मुर्मुसँग भेट गरी सरकारले भारतको लोकतान्त्रिक संरचनालाई कमजोर बनाएको र त्यसलाई विकृत बनाएको आरोपसहित ज्ञापनपत्र बुझाएका थिए ।
मोदीको शासनकालमा समस्याहरू जहाजको बाहिरी भागमा टाँसिने समुद्री जीवहरू (बार्नाकल) झैँ थुप्रिँदै गएका छन् । हरेक पटक चुनौतीको सामना गर्दा उनले यो राष्ट्र स्थापना गरिएका लोकतान्त्रिक सिद्धान्तहरूबाट अझ टाढा गएका छन् ।
मतदाता नामावलीको ‘विशेष सघन पुनरावलोकन’ (क्क्ष्च्), जुन मोदीले चालेको अन्तिम पछिल्लो कदम थियो, प्रशासकीय फासिवादको अभ्यासमा एउटा नमुना थियो । १३ करोड भारतीयको मतदान गर्ने अधिकार खोस्ने प्रक्रियालाई वर्णन गर्ने अर्को उपयुक्त तरिका छैन ।
यो प्रक्रियाले निर्वाचनको नतिजालाई प्रभावित पार्न मद्दत ग¥यो भन्ने कुरामा अब कुनै विवाद छैन । एसआईआर प्रक्रियाको निरीक्षण गरेका प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारले नैतिक जिम्मेवारीका आधारमा पदबाट राजीनामा नदिनु आश्चर्यजनक भएको छ । अझ, सन् २००६ मा उनीविरुद्ध दर्ता भएको भ्रष्टाचारसम्बन्धी मुद्दा पुनः चर्चामा आएपछि यो विषय झन् गम्भीर बनेको छ ।
नयाँ दिल्ली र अन्य सहरका सडकहरूमा देखिएका अस्तव्यस्त, आक्रोशित र विद्रोही दृश्यहरूले लामो समयदेखि विकसित हँुदै आएको निर्णायक घडीलाई प्रतिनिधित्व गर्छन् । युवा र विविध प्रदर्शनकारीहरू मोदी र उनको मन्त्रिमण्डलसँग तीव्र रूपमा भिन्न देखिन्छन् । मोदी र उनको मन्त्रिपरिषद् – वृद्ध, हास्यरहित मानिसहरू, जसले विरोधीहरूको राक्षसीकरण र बहिष्कारको रणनीतिमा बाजी लगाएका छन् । मन्त्रिमण्डल यस्ता व्यक्तिहरूले भरिएको छ जो आफ्नै महत्वबोधमा डुबेका छन् र जसले निर्वाचित पदाधिकारीका अपराधहरू सहन योग्य हुन्छन् तथा समाजमा विभाजन सिर्जना गर्दै र शत्रु निर्माण गर्दै कुनै देशलाई अनिश्चितकालसम्म शासन गर्न सकिन्छ भन्ने गलत विश्वास राखेका थिए ।
कानुन तोड्नेहरू नै कानुन निर्माता बन्दा के हुन्छ भन्ने कुरा हामीले अब देखिसकेका छौँ । आपराधिक आचरण नै उक्त पार्टीको सञ्चालनको मुख्य आधार रहँदै आएको छ र तिनै मानिसहरूको मूल्य–मान्यताले मोदीको भारत–शासनकालको स्वरूप निर्धारण गरेका छन् । यसै क्रममा, उनकै नेतृत्वमा भारतको संविधानलाई तहसनहस पारिएको छ ।
अहिले जब यी सबै कुराहरू उनलाई नै सताउन आइपुगेका छन्, ‘कक्रोच’ का रूपमा जसलाई उनी निर्मूल पार्न असमर्थ छन् – मोदीले नयाँ दिल्लीलाई एउटा किल्लामा परिणत गरेका छन् र निहत्था प्रदर्शनकारीहरूमाथि आफूसँग उपलब्ध सम्पूर्ण शक्ति प्रयोग गरेका छन् । यो उनको त्यो नीतिको निरन्तरता हो जसमा उनी शान्तिको आकाङ्क्षा राख्ने ढोङ गर्छन् तर आफ्नो कार्यकालभरि छिमेकी राष्ट्रहरूसँग होस् वा सहरभित्रका छिमेकीहरूकै बिचमा, निरन्तर रूपमा द्वन्द्व सिर्जना गरिरहन्छन् ।
अक्टोबर १० को प्रदर्शन सुरुआत मात्र हो । आगामी केही सातामा मोदीका समस्या अझ गहिरिन सक्ने अनुमान गरिएको छ । सिजेपीले आन्दोलन जारी रहने घोषणा गरेको छ भने विपक्षी दलहरूले पनि सोमबार थप प्रदर्शन गर्ने बताएका छन् ।
प्रधानमन्त्रीका रूपमा मोदीको पूर्ण अयोग्यतासम्बन्धी बाँकी रहेका कुनै पनि प्रश्नको निरूपण ती ‘कक्रोच’ हरूले गरिदिएका छन् । भारतले विश्वसामु उदाहरणीय भनी प्रस्तुत गर्ने गरेको खोक्रो भइसकेको लोकतन्त्रको वास्तविक रूपलाई उनीहरूले छर्लङ्ग पारिदिएका छन् ।
उनको शासनको अन्त्य नजिकिँदै जाँदा र अहिलेका लागि परिस्थितिले त्यही सङ्केत गरिरहँदा, इतिहासका पुस्तकहरूले मोदीलाई यस्तो व्यक्तिका रूपमा चित्रित गर्ने सम्भावना रहेको छ, जसले भारतीयहरूको एउटा सम्पूर्ण पुस्तालाई सरकार, सेना, दिल्ली प्रहरी तथा समग्र शासन व्यवस्थाप्रति सम्मान गुमाउन बाध्य बनायो ।
नयाँ दिल्ली अहिले घुटनपूर्ण वर्तमान र आशाजनक भविष्यबिचको सङ्क्रमणकालीन अवस्थाबाट गुज्रिरहेको अस्थायी रूपमा अडकिएको छ । यो कठिन समय पनि अन्ततः बितेर जानेछ ।
जब यो आन्दोलन साम्य हुनेछ तब नियमनकारी निकायमाथिको कब्जा र दक्षिणपन्थी विचारधाराका कारण ध्वस्त भएका संस्थाहरूको भविष्य के होला – यसको जवाफ आज सडकमा उत्रिएकाहरूले मात्र दिनेछन् । ‘कक्रोचहरूले’ गर्ने हरेक गतिविधिमा यो बुझाइ अन्तर्निहित हुन्छ । किनभने यसको मूल उद्देश्य नै जनतामा सत्ता सुम्पिनु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *