साइकल यात्रा पनि एक साहसिक खेलकुद
- श्रावण ६, २०८१
भक्तपुर, ४ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित चारमहिने जापानी भाषा प्रशिक्षण तथा प्रमाणपत्र वितरण कार्यक्रम शुक्रबार भयो ।
उक्त कार्यक्रममा भनपाका प्रमुख सुनिल प्रजापतिले भाषा मानिसको सुरक्षित सम्पत्ति हो भन्नुभयो ।
भक्तपुरमा जापानी पर्यटकहरूको सङ्ख्या बढ्दै गइरहेको उल्लेख गर्दै भाषाको माध्यमबाट पर्यटकलाई आकर्षित बनाउने विचार व्यक्त गर्नुभयो ।
चुनौतीपूर्ण कामले सफलता पाउने विश्वास व्यक्त गर्दै उहाँले भाषाले सम्बन्ध र आत्मीयता बढाउनुका साथै रोजगारीको अवसर सिर्जना हुने बताउनुभयो ।
ख्वप विश्वविद्यालयको सम्बन्धन दिन शासकहरूले आनाकानी गरिरहेको उल्लेख गर्दै उहाँले शासकहरू देश बनाउनुभन्दा सरकार बनाउन लागिरहेको बताउनुभयो ।
प्रशिक्षक अमिर लिबीले आफू २५ वर्षअघि नपाबाट सञ्चालित जापानिज भाषामा संलग्न भएको उल्लेख गर्दै शिक्षण सिकाइमा सफलता, असफलता स्वाभाविक हो तर, कहिल्यै हार मान्नु हुँदैन भन्नुभयो ।
अर्का प्रशिक्ष ज्ञानकुमार सुवालले भाषा सिकाइले व्यापार र पर्यटनको क्षेत्रमा आदानप्रदानमा टेवा पु¥याउने बताउनुभयो । नपा प्रमुख प्रजापतिले तालिममा सहभागीहरूलाई प्रमाणपत्र तथा प्रशिक्षकहरूाई मायाको चिनो वितरण गर्नुभएको सो कार्यक्रममा प्रशिक्षक सीताराम सिबन्जार, प्रशिक्षार्थीहरू समिर दुवाल, सागर बाटी र कार्यक्रम संयोजक दीपेन्द्र प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply