अमेरिकाको छद्म सैन्य बजेट
- असार १२, २०८३
भक्तपुर, ५ साउन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवम् वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले देश र जनताको सुख, शान्ति, समृद्धि र उन्नत समाजको निम्ति एक आदर्श राज्य स्थापना गर्न असल योग्य, देशभक्त र देश र समाजप्रति समर्पित शिक्षकको आवश्यकता छ भन्नुभएको छ ।
देश र समाजको निम्ति सेवा गर्नु नै जीवनको लक्ष्य हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले असल र योग्य शिक्षक नभई राम्रा र असल विद्यार्थी तयार गर्न गाह्रो हुन्छ, समाज परिवर्तनमा शिक्षाको ठुलो देन हुन्छ भन्नुभयो ।
नयाँ समाज निर्माण गर्न योग्य र असल नागरिक बनाउने पवित्र कार्यमा शिक्षकहरूको उल्लेख्य भूमिका हुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “असल शिक्षकहरूले नै कर्तव्यनिष्ठ र देशभक्त विद्यार्थी तयार गर्छन् । विद्यार्थीहरूले जुनसकै विषय अध्ययन गरे पनि विदेशीको ज्यामी हुन होइन, आफ्नै देश र जनताको हितमा काम गछौँ भन्ने भावनाले अध्ययन गर्नु जरुरी छ ।
आफ्नो पेसागत काम र पारिवारिक स्वार्थ एवम् फाइदाको लागि मात्र नहेर्ने, देखावटी झिलिमिलीलाई प्राथमिकता दिने, लागुऔषध, मादक पदार्थ सेवन गर्ने, धूमपान गर्नेजस्ता गलत र कुलत बानी त्याग्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले आफ्नो कर्तव्य पूरा गर्ने अनुशासित, इमानदार, योग्य, सफल शिक्षकलाई सबै ठाउँमा सम्मान गर्ने र राम्रो प्रभाव पर्ने विश्वास दिलाउनुभयो ।
आफूभन्दा जान्ने बुझ्नेसँग सिक्ने र जान्नेले नजान्नेलाई सिकाउन सके समाज परिवर्तनमा टेवा पुग्ने विश्वास दिलाउँदै उहाँले राम्रो शिक्षा दिएर असल नागरिक तयार गर्ने, अनुशासित बनाउने, देशको लागि आवश्यक जनशक्ति तयार गर्ने काममा जोड दिइरहेको कारण देशभरिका अभिभावकका सन्तान भक्तपुरमा अध्ययन गर्न आइरहेको प्रसङ्ग जोड्नुभयो ।
देश विकास गर्न, जनताको सांस्कृतिक स्तर उठाउन राजनीतिज्ञ, चिन्तकहरूझैँ राम्रो दिशा निर्देश गर्न सक्ने शिक्षकको खाँचो रहेको उल्लेख गर्दै उहाँले महेनती, अध्ययनशील सबै विद्यार्थीहरू विदेश लागे देश कसरी विकास हुन्छ, देश र जनताका लागि जनशक्ति कसरी तयार हुन्छ भन्नुभयो ।
विद्यार्थीहरू विदेश लागेर पारिवारिक समस्या बढ्दै गइरहेको उल्लेख गर्दै उहाँले शिक्षकहरूले विद्यार्थीहरूलाई पाठ्यपुस्तकबाहेक व्यावहारिक र देश विदेशको विषयमा सुसूचित पार्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
समाजवादी देशमा शिक्षा र स्वास्थ्य सेवामा जोड दिइरहेको उल्लेख गर्दै उहाँले सिङ्गो देश र जनताको सेवा समाजवादी व्यवस्थामा हुने हुँदा समाजवादी धारणा जनताको घर आँगनमा पु¥याउनुपर्ने आवश्यकताबारे स्पष्ट पार्नुभयो ।
जिल्ला प्रशासन कार्यालयले भक्तपुरलाई अपराधमुक्त क्षेत्र घोषणा गर्नुपर्ने महसुस गरेको प्रसङ्ग उल्लेख गर्दै उहाँले देशको लागि आवश्यक डाक्टर, इन्जिनियर, नर्स, पुरातात्विक सम्पदा बनाउन र मर्मत गर्न आवश्यक जनशक्ति भक्तपुरमै खोज्ने दिन आउने बताउनुभयो ।
असल, इमानदार, अनुशासित विद्यार्थी तयार गर्न सके देश र समाजकै निम्ति राम्रो हुने चर्चा गर्दै उहाँले उत्तीर्ण विद्यार्थी भाइबहिनीहरूलाई बधाई तथा सफलताको कामना गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले उच्च शिक्षा हासिल गर्न अझ राम्ररी अध्ययन गरे सफलता मिल्ने विश्वास व्यक्त गर्दै समुदाय नै अघि सरेर शिक्षाको ज्योति घर आँगनमा पु¥याउने काम सराहनीय छ भन्नुभयो ।
विद्यालयको सीमित स्रोत र साधनको भरमा विद्यालयले एकपछि अर्काे प्रगति गरिरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले आफ्नै खुट्टामा उभेर गरिब, पिछडिएका सन्तानका छोराछोरीलाई शिक्षा दिने कार्य अर्काे सकारात्मक पक्ष हो भन्नुभयो ।
हरेक विद्यालयले काम गरी खाने वर्गको सेवा गर्नुपर्ने भावना राखी काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले अग्रजहरूको लामो प्रयास र सङ्घर्षपछि भक्तपुर शिक्षा र अन्य क्षेत्रमा पनि अग्रस्थानमा रहेको स्पष्ट पार्नुभयो ।
विद्यार्थीहरू शिक्षासँगसँगै राजनीतिक चेतनाको पनि विकास गर्नुपर्नेमा जोड दिँदै उहाँले भक्तपुर अहिले शिक्षाको केन्द्रमात्र होइन चिन्तनमनन गर्ने र अध्ययन अनुसन्धान गर्ने केन्द्र बनिरहेको बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल लिशा प्रजापतिले विद्यार्थीमा ज्ञान, मित्रता, मूल्य र मान्यताको विकास गरी विद्यार्थीले उच्च ग्रेड मात्र होइन हरेक विषयमा उत्कृष्ट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् समारोहका सभापति बलराम प्रजापतिले गुणस्तरीय शिक्षा प्रदान गरी सुयोग्य, कर्मठ, सक्षम, अनुशासित, देशभक्त नागरिक तयार गर्न सबै पक्षको उत्तिकै सहयोग आवश्यक छ भन्नुभयो ।
बधाई तथा बिदाइ कार्यक्रमको उद्घाटन अतिथि बिजुक्छेँले बाँसुरीको धुनमा गर्नुभएको थियो । कार्यक्रममा अतिथिहरूले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई प्रमाणपत्र तथा विद्यार्थीका अभिभावकलाई अभिनन्दन गर्नुभएको थियो ।
विद्यालयको तर्फबाट अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको सो कार्यक्रममा कार्यक्रमको आवश्यकताबारे कृष्णश्वरी दुवालले चर्चा गर्नुभयो । कक्षा १० का विद्यार्थी प्रतीक बमजन र एसईई उत्तीर्ण विद्यार्थी तेजस्वी मानन्धरले पनि आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
Leave a Reply