न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
भक्तपुर, ५ साउन । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को स्वास्थ्य उपसमितिको आयोजनामा सदस्यहरूको स्वास्थ्यलाई मध्यनजर गरी रक्त परीक्षण शिविर सिद्धि गणेश तालिम हल, खँचामा शनिबार सम्पन्न भयो ।
शिविरको औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष रुद्रनारायण लाखाले बचत तथा ऋणबाहेक इन्सुरेन्स, रेमिटेन्स, मोबाइल बैङ्किङ र एटीएमजस्ता अन्य वित्तीय सुविधाहरू प्रदान गर्दै आएको बताउनुभयो ।
संस्थाका सदस्यहरू स्वस्थ रहे मात्रै संस्थाले प्रगति गर्ने र संस्थाको विकास हुने आँैल्याउँदै उहाँले सदस्यहरूको स्वास्थ्य समस्या समाधान गर्न सहकारिताको सामाजिक उत्तरदायित्वअन्तर्गत सिद्धि गणेश स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले बुढेसकालमा हुने स्वास्थ्य समस्याका लागि अहिलेदेखि नै बचत गर्नुपर्ने आवश्यकता दर्साउँदै संस्थामा रहेको स्वास्थ्य बचतको उपयोग गर्न अनुरोध गर्नुभयो ।
कार्यक्रमका अतिथि एवम् डा. रत्नसुन्दर लासिवाले पत्रु तथा अस्वस्थ खानपानका कारण हाल समाजमा सरुवा रोगभन्दा क्यान्सर, मधुमेह, मानसिक रोगजस्ता नसर्ने रोग धैरेमा देखा परेकोमा चिन्ता व्यक्त गर्दै सन्तुलित आहारको सेवन र दैनिक शारीरिक व्यायाम गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले बिरामी भएपछि भन्दा बिरामी हुनबाट बच्न नियमित स्वास्थ्य परीक्षण गराउनुपर्ने सुझाव दिनुभयो ।
कार्यक्रमका सभापति, संस्थाका सञ्चालक सदस्य एवं स्वास्थ्य उपसमितिका संयोजक तुल्सीदास दुमरुले स्वास्थ्य नै मानिसको सबैभन्दा ठुलो धन हो, कम र सुलभ शुल्कमा गणस्तरीय स्वास्थ्य सुविधा सिद्धि गणेश स्वास्थ्य क्लिनिकमा उपलब्ध रहेको जानकारी दिनुभयो ।
उहाँले मानिसमा सामान्यतया नदेखिने रोगहरूको पहिचान गर्न नियमित स्वास्थ्य परीक्षण तथा समय समयमा रक्त परीक्षण गरे भविष्यमा ठुलो स्वास्थ्य समस्या हुनबाट बच्न सकिने बताउनुभयो ।
उपसमितिका सचिव राजेश जाकिबन्जार र सदस्य कृष्णनारायण दुमरुले पनि बोेल्नुभएको थियो ।
शिविरमा ६३ जनाको TFT, Creatinine, Sugar, Uric Acid, SGPT / Total Cholesterol सम्बन्धी परीक्षण गरिएको थियो ।
Leave a Reply