भर्खरै :

चेलानीको कर्जा साम्राज्य विस्तार अध्ययन गर्दा

-निर्जला
१८ पुस २०७४ को नयाँ पत्रिकामा नयाँ दिल्लीस्थित नीति अनुसन्धान केन्द्रमा रणनीतिक अध्ययन विषयका प्राध्यापक ब्रम्ह चेलानीको ‘कर्जामार्फत् साम्राज्य विस्तार गर्ने चिनियाँ नीति’ शीर्षकको एक लेँ छापियो । त्यस लेँमा उनले तलका केही विषयलाई लिएर चिनियाँ ‘एक क्षेत्र र एक सडक’, ‘रेशम मार्ग’, ‘चिनियाँ सपना’ लाई ‘साम्राज्य विस्तार गर्ने नीतिको रुपमा बयान गर्न खोजेका छन् । उनका आधार निम्न छन् ः–
१) युरोपेली साम्राज्यवादी शक्तिहरूले ‘बन्दुक र डुंगाको सहारा लिएर सार्वभौम देशहरूमाथि उपनिवेश कायम गरे । उदाहरणको निम्ति अफिम युद्धमा चीन पराजित भएपछि हङकङलाई ९९ वर्षको निम्ति बेलायतले लिजमा लियो ।
२) श्रीलड्ढामा चीनले १ अर्ब १० करोड डलर ऋण दिएर हाम्वान्टोटा बन्दरगाह निर्माण गर्न दियो र श्रीलंकाले ऋण तिर्न नसकेपछि चीनले हाम्वान्टोटा बन्दरगाह ९९ वर्षको निम्ति लिजमा लियो ।
३) ग्रिसको मेडिटेरियन पोर्टलाई चीनले गत वर्ष मात्र ४३ करोड ६० लाँ अमेरिकी डलरमा प्राप्त गर्ने सम्झौता ग¥यो । त्यस पोर्टले युरोपभर ‘एक क्षेत्र, एक सडक’ को ‘रणनीतिक परियोजना विस्तार’ गर्नेछ ।
४) चीनको यस ‘एक क्षेत्र, एक सडक’ अर्थात् ‘बीआरआईको रणनीतिले चीन तलका उद्देश्य पूरा गर्दैछ –
क) ती बन्दरगाहहरूले आफ्नो तयारी सामानको बजार विस्तार गर्नेछ
ख) कुटनैतिक सम्बन्ध कायम गरी प्राकृतिक स्रोतहरूमाथि आफ्नो प्रभाव कायम गर्नेछ र
ग) अन्तर्राष्ट्रिय बजारमा चीनको मुद्रालाई अरु शक्ति राष्ट्रहरूको तुलनामा बढी फाइदा लिंदैछ ।
५) एक हजारभन्दा बढी पानीजहाज चल्ने अष्ट्रेलियाको डार्विन सहरस्थित डिप वाटर पोर्टलाई ९९ वर्षसम्मको लागि ३८ करोड ८० लाख डलरमा लिजमा लिएको छ ।
६) पूर्वी अफ्रिकाको जिबोति भन्ने सानो देशमा अरबौं डलर ऋण प्रदान गरी त्यहाँ एक सैनिक क्याम्प खडा गरेको छ । सो क्षेत्रको केही माइल टाढा अमेरिकाको स्थायी सैनिक क्याम्प छ । ऋणमा डुबेको सो राज्यले प्रतिवर्ष २ करोड डलरको दरमा लिजमा भूमि बिक्री गर्दैछ ।
७) चीनले तुर्कमेनिस्तानको प्राकृतिक ग्यासलाई पाइपमा आफ्नो देशमा लाँदैछ । अर्जेन्टाइना, नामिबिया, लाओस् आदि देशमा चीनले अरु देशलाई पनि ‘डेब्ट ट्रयाप’ ऋणको जालमा पार्दैछ । लेँखक ब्रम्ह चेलानीका माथिका दृष्टिकोणलाई यसरी खण्डन गर्नु आवश्यक छ –
१. क) ब्रह्म चेलानीका माथिका भनाईअनुसार ‘आपसी हित’ हुने र सबैको हित हुने ‘एक क्षेत्र, एक सडक’ को नीति उचित छैन, बरु युरोपेली साम्राज्यवादीहरूको जस्तै ‘तोपे डंगा नीति’ अर्थात् ‘गन बोट नीति’ नै ठीक हो । ब्रम्ह चेलानीको आरोप यही हो भने उनी पश्चिमेली साम्राज्यवादका समर्थक देँखिनेछन् । यसको अर्थ हो – पोर्चुगलले भारतको गोआ, डेमन, ड्यू र फ्रान्सले कब्जा गरेको पौडीचेरी पनि उचित हो । २०० वर्षसम्म बेलायती साम्राज्यवादले भारतलाई उपनिवेश बनाएको पनि ठीक छ ।  यसकारण संरा अमेरिका र मोदी सरकारले विशाखापट्नम बन्दरगाहमा अमेरिकी साम्राज्यवादले आफ्नो जलसेना राँनु पनि उचित हो
ख) ब्रम्ह चेलानीको विचारमा १९४० को दशकमा बेलायती साम्राज्यवजादले चीनमा अफिम बेचेर चीनको सारा सुन र चाँदी आफ्नो हातमा पार्नु ठीक हो । चीनका माथिका वर्ग, कर्मचारी र धनी–मानी पनि अफिम खाएर देश डुबाउनु पनि ठीकै हो ।
ग) त्यसको विरोधमा पहिलो अफिम युद्ध चिनियाँ जनताले गर्नु हुने थिएन र दोस्रो अफिम युद्ध गरेर बेलायतले चीनलाई अर्ध–उपनिवेश बनानु र हङकङलाई ९९ वर्षको निम्ति जबरजस्ती लिजमा लिनु पनि ठीक छ !
घ) चेलानीजीको यस भनाईले अमेरिकी साम्राज्यवादले पानामा जस्तो सानो देशलाई ९९९ वर्षको कागजमा हस्ताक्षर गराउनु पनि ठीकै हो र नेपालको कोेशी बाँधमा पनि नेहरू सरकारले पहिले ९९९ वर्षसम्म सन्धीमा हस्ताक्षर गराएको थियो र पछि मात्रै ९९ वर्षको संशोधन गरिएको थियो ।
ङ) अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैड्ढ अमेरिकी साम्राज्यवादकै उद्देश्य पूरा गर्ने वित्तीय संस्थाहरू भएको हुनाले दक्षिण अमेरिकी महादेशका देशहरू ती वित्तीय संस्थाहरूबाट मुक्त हुन ‘अल्बा’ जस्तो संस्थाको जन्म भयो र त्यस्तै ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका मिलेर ‘ब्रिक्स’ को र अन्य संस्थाहरूको विकास गर्दैछन् ।
च) रुसी अक्टोबर क्रान्तिपछि सोभियत संघले छिमेकी देशहरूसँग समाजवादी देशहरूको शिविर स्थापनापछि र्भँर साम्राज्यवाद र उपविनेशवादबाट स्वतन्त्र र मुक्त भएका देशहरूलाई उद्योगधन्दाको स्थापना, रेलको बाटो र सडकको निर्माणमा सहयोग गरेका थिए, पछि ऋण प्राप्त कति देशहरूको ऋणलाई समाजवादी देशहरूले आर्थिक सहयोगमा बद्लेका थिए ।
छ) यसबारे के ब्रम्ह चेलानी समाजवादी देशहरूले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमाथि गरेको आर्थिक सहयोग र वित्तीय सन्धी सम्झौताहरू गलत मान्नुहुन्छ ? सत्य त्यही हो भने चेलानीजी स्वतन्त्र भारतका एक नागरिक भए पनि वैचारिक रुपमा उनको दृष्टिकोण उपविनेशवादी सावित हुन्छ ।
२) श्रीलंकाको हाम्वान्टोटा बन्दरगाहबारे श्रीलंकाको सरकार र चिनियाँ कम्पनीको सम्झौताको सट्टा पुनः के बेलायती वा अमेरिकी साम्राज्यवादले मात्रै उपनिवेशबाट मुक्त देशहरूको माझमा एकता हुनु र स्वेच्छाले वित्तीय सम्झौताहरू हुनु गलत हो ? सत्य त्यही हो भने भारतले श्रीलंकालाई एकतिहाई पेट्रोल आफूसँग लिन किन दबाब दिंदैछ र श्रीलंकाली जनताको इच्छा बेगर पनि भारत र श्रीलंकाको बीचका टापू हरुमा पुल बनाउने सम्झौतामा दबाब किन दिइँदैछ । के श्रीलड्ढाका जनताले अन्य मित्र राष्ट्रहरूबाट सहोग लिन वा वित्तीय सन्धी–सम्झौता गर्नु ठीक होइन ?
३) ‘एक क्षेत्र, एक सडक’ र ‘रेशम मार्ग’ कुनै देशसँगको चीनको गुप्त सम्झौता होइन र ग्रीस र अन्य युरोपेली देशहरूसँग अनेक व्यापारिक, विज्ञान र प्रविधि तथा आयोजनाहरू एवम् आपसी लगानीका सम्झौताहरू भएका छन् । यसबारे चेलानीजीको व्यापक दृष्टिकोण खोई ?
४) ‘एक क्षेत्र, एक सडक’ ले चीन आफ्नो बजार विस्तार, प्राकृतिक स्रोत र साधनमा कब्जा र अन्तराष्ट्रिय बजारमा आफ्नो मुद्रा चलाउने र फाइदा लिन खोजेको चेलानीको आरोप छ । अन्तर्राष्ट्रिय व्यापार स्वाभाविक रुपले तुलनात्मक रुपले सस्तो सामान निर्यात गर्ने र अरुको भन्दा सस्तो सामान आयात गर्ने सिद्धान्तमा आधारित छ । आर्थिक  सहयोग, वित्तीय सम्बन्ध तथा व्यापार पनि कुटनैतिक उद्देश्य बोकेको नाफा–घाटामा भन्दा राजनैतिक हुन्छ । के स्वाभाविक छ भने बढ्दो उत्पादन, विकसित अर्थतन्त्र र बढ्दो अन्तर्राष्ट्रिय व्यापार भएको देशको मुद्राको महत्व बढ्नु इतिहासमा देँिंदै आएको विषय हो । तर साम्राज्यवादको बिगबिगी बढे पछि कुनै देशको कागजी मुद्राको निम्ति सुनको धितोभन्दा हतियारको व्यापार, राजनैतिक प्रभाव र युद्धको धम्कीले डलरको मूल्य बढेको हो ।
५) अष्ट्रेलियाको ‘डिप वाटर पोर्ट’ चीनको कम्पनीले लिजमा लिएकोबारे सम्बन्धित दुई देशको वित्तीय ऐन–कानुनसँग सम्बन्धित विषय हो तर राजनैतिक विषय देँन्न ।
६) पूर्वी अफ्रिका जिबोत्तिमा चीनको सैनिक क्याम्प राखेको प्रसङ्ग प्रस· उठ्दा सबैलाई थाहा भएकै विषय हो, चीनको भूमि र सार्वभौमिकतामाथि आक्रमणको सम्भावना नभएसम्म चीनको सेना बाहिर नगएको सत्य हो, तर संयुक्त राष्ट्र संघको शान्ति सेना पछि जिबोत्तिमा चिनियाँ सेनामा भाग लिएपछि जिबोत्तिमा चिनियाँ सेनाको क्याम्पको उपस्थिति सुनियो । तर ब्रम्ह चेलानीले यसबारे दुई देशको सन्धी–सम्झौताबारे उल्लेँ नगरी केही माइलको टाढा अमेरिकी सैनिकको स्थायी क्याम्पबारे चिन्ता लिएको देँिखन्छ । के साँचो हो भने संरा अमेरिका संसारको सबभन्दा शक्तिशाली साम्राज्यवादी र उपनिवेशवादी शक्ति हो, तर केही वर्ष अगाडि चिनियाँ नेताहरूको दक्षिण अफ्रिकाको भ्रमणबारे तत्कालीन अमेरिकी परराष्ट्रमन्त्री श्रीमती क्लिन्टनले सुडानमा अफ्रिकालाई चिनियाँ उपपनिवेशवादसँग खतराको विषय बोलेका थिए– जसरी चोर भाग्दा ‘चोर आयो चोर आयो’ भने । ब्रम्ह चेलानीले बुझ पचाएको एउटा विषय छ – अफ्रिकी देशहरुको मुक्तिमा उपविनेशवादी शक्तिहरूको विरोधमा समाजवादी देश क्युवाका नेता चे ग्वेभारा र अन्य स्वयम्सेवकहरू अंगोला र अन्य अफ्रिकी देशहरूमा सहभागी थिए ।
७) सोभियत संघबाट छुटिएका मध्य एसियाका भूपरिवेष्ठित र अरु गणतन्त्रहरूसहित अन्य देश र महादेशहरू जोड्ने काम ‘चीनको सपना’, ‘रेशम मार्ग’ र ‘एक क्षेत्र एक सडक’ ले ग¥यो । मध्यएसियाली गणतन्त्रहरू प्राकृतिक स्रोतहरूमा सम्पन्न देश हुन्, ती देशले आफ्नो सामान विदेशमा निर्यात गर्छन् र आफूसँग नभएको सामान आयात गर्छन् । ‘जीत जीत’ को रणनीतिले यही देखियो र सबैसँग जोडिने भयो । नेपाललाई भारतबाट पेट्रोलियम पदार्थ र ग्यास आयात हुन्छ तर भारत आफूलाई समेत पर्याप्त नहुँदा पेट्रोलियम पदार्थ र ग्यास बाहिरबाट ल्याउँछ । भारत बंगलादेशसँग नेपाललाई पाइपलाइनबाट ग्यास ल्याउन दिन मान्दैन अर्थात् भारत नेपाललाई पारवाहन सुविधा दिन मान्दैन । ब्रम्ह चेलानीले भनेजस्तै तुर्कमेनिस्तान र अन्य मध्यएसियाली गणतन्त्रहरूबाट नेपालले पनि ग्यास र पेट्रोलियम पदार्थ ल्याउन पाए भारतको नाकाबन्दीको डेमोसेल्सको तरवारबाट नेपाल मुक्त हुने थियो । चेलानीजीको अर्जेन्टाइना, नामिविया, लाओस् र अन्य देशको चिनियाँ ‘डेब्ट ट्रयाप’ (ऋणको पासो) बारे आवश्यक परेमा अन्य लेखमा छलफल गरौंला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *