नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
वाशिङ्टन, जनवरी ७ । संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनेक किसिमका अनौठा गतिविधि देखेर र अभिव्यक्ति सुनेर संसार आजित छ । धन्न ट्रम्पले दिन बिराएर केही न केही त्यस्तै कुरा बोलिदिन्छन् र संसारभरका सञ्चारमाध्यमहरुले ‘समाचार’ पाइरहेका छन् । ट्रम्पसम्बन्धि त्यस्ता समाचार आजभोलि धेरैका लागि मनोरञ्जनका सामग्री बन्दै आएका छन् ।
मेरो कोठाको फ्रिजमा राखिएको दही नै तिमीभन्दा स्मार्ट छ ।
शुक्रबार उनले आफ्नो सामाजिक सञ्जाल ट्वीटरमा लेखेको भनाइले संसारभरमा मानिसलाई मनोरञ्जनको लागि मसला मिलेको छ । व्यापारिक पृष्ठभूमिबाट राजनीतिमा आएका ट्रम्पले ट्वीटरमा आफू ‘सबभन्दा बढी अडानमा बस्ने प्रतिभा’ भएको लेखे ।
माइकल उल्फले लेखेको ‘फायर एण्ड फ्युरीः इनसाइड द ट्रम्प ह््वाइट हाउस’ नामको नयाँ पुस्तकमा अमेरिकी राष्ट्रपतिको मानसिक स्वास्थ्यबारे शङ्का उठाएपश्चात प्रतिक्रियामा ट्रम्पले त्यस्तो प्रतिक्रिया दिएका हुन् ।
ट्रम्पले भनेका छन्,‘वास्तवमा मेरो जीवनभर मेरा दुई सबभन्दा महत्वपूर्ण सम्पत्ति भनेकै मानसिक स्थायित्व र निकै स्मार्ट बन्नु हो ।’
उनले आफू एक जना ज्यादै सफल व्यापारी र चर्चित टीभी स्टार बाट राजनीतिमा आएको हुनाले आफूलाई ‘अडानमा बस्न सक्ने प्रतिभा’ भन्न मिल्ने बताएका छन् ।
‘उत्तेजनामा कुनै नियन्त्रण छैन र कुनै आत्मबोध पनि छैन, जसलाई एक जना नेताको रुपमा कदापि व्याख्या गर्न सकिन्न ।’
ट्रम्पको आत्ममूल्याङ्कनलाई भने संसारभर हाँसो र ठट्टाको रुपमा लिइएको छ ।
क्याटहालोमुभिजले ट्वीटरमा लेखेका छन्,‘आश्चर्य । त्यो वाक्यका सबै शब्दहरु झुठ छन् । मेरो कोठाको फ्रिजमा राखिएको दही नै तिमीभन्दा स्मार्ट छ ।’
माइकल मेयरहोफोरले टिप्पणी गरेका छन्,‘ठीक हो किनभने आइन्स्टाइन, बिल गेट्स र स्टीभ जोब्सहरु आफ्नो प्रतिभाको विषयमा हल्ला गर्ने गर्छन् र आफ्नो अडानको बारेमा कुरा गर्छन् ।’
कतिपय टिप्पणीकर्ताहरुले त राष्ट्रपतिको ट्वीटमा रहेका व्याकरणीय गल्तीहरुको समेत मजाक उडाए । केहीले ट्रम्प एक जना सक्षम नेता नै भए नभएको विषयमा कुरा उठाए । ‘उत्तेजनामा कुनै नियन्त्रण छैन र कुनै आत्मबोध पनि छैन, जसलाई एक जना नेताको रुपमा कदापि व्याख्या गर्न सकिन्न ।’, तामीले भने ।
केही मानिसहरुले भने अमेरिकी राष्ट्रपतिको प्रशंसा पनि गरेका छन् ।
जे भए पनि ट्रम्पले कसैले तपाई भने पनि नभने पनि आफूलाई मपाई भनेको संसारको लागि हाँस्यव्यङ्ग्य भइरहेको छ ।
Leave a Reply