अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
नयाँ सरकारको तर्फबाट केही भनाइ सुनिरहँदा ‘सिंहले अब शाकाहारी बन्छु’ भनेजस्तै अनुभव भइरहेको छ । यहाँ ठुला दल र साना दलको पनि प्रसङ्ग उठ्यो । साना दलले गर्दा अस्थिरता बढेको बताइयो । ठुला दलहरू कस्ता हुन्छन् भन्ने कुरा त नयाँ मन्त्रिमण्डलको गठन सँगसँगै पुनः उदाङ्गो भयो । ठुला दलभित्र गुटहरूका कति पसल छन् भन्ने कुरा मन्त्रीको सङ्ख्याबाट जनताले थाहा पाइसकेका छन् । आफू गुटको महासङ्घ बन्ने, गुटका पसलहरू चलाउने अनि दोष अरुलाई दिने ? यहाँनिर छ समस्या ! यो राजनीतिक नैतिकता र विचारसँग र दृष्टिकोणसँग सम्बन्धित विषय हो ।
वाग्मती प्रदेशसभा त प्रदेशसभाभन्दा पनि बढ्ता नागपासको बोर्डजस्तै देखिँदै छ । कसैलाई सर्पले टोक्ने, अन्तै पुग्ने । कोही भ¥याङ्ग चढ्ने, अन्तै पुग्ने ¤ यो नागपासको खेल हो कि राजनीतिक खेल ? यो नागपासको खेलमा गट्टी कसले चलाउँदै छ ? महत्वपूर्ण कुरा यही हो ।
वाग्मती प्रदेशसभा सातौँ वर्षसम्म आइपुग्दा एउटा कुरा हामीले सम्झनैपर्छ । एउटा पन्छी छ जसको दुइटा टाउको तर एउटामात्र पेट हुन्छ । त्यो पन्छीको नाम भारण्ड हो । एउटा टाउकोले मिठो–मिठो चीज जति आफू मात्र खान्छ । अर्को टाउकोलाई झोँक चल्छ । अर्को टाउकोले झोँकमा विष खाइदिन्छ । पन्छी मर्छ । त्यही दुर्गति हाम्रो प्रदेशसभाका शासक दलहरूको पनि नहोस् भन्ने हाम्रो कामना छ ।
एउटा चर्चित चित्र छ । त्यो चित्रमा एउटा सर्प हुन्छ । त्यो सर्पले भ्यागुतो खाइरहेको हुन्छ । भ्यागुतोको ध्यान भने कीराफट्याङ्ग्रा खानतिर हुन्छ । हाम्रा मन्त्रीहरू, हाम्रा शासक दलका नेता–कार्यकर्ताहरूको मुखमा ठ्याक्कै भ्यागुतोको झझल्को आइरहेको छ । देश डुब्न लागिसक्यो । अझै पनि कीरा–फट्याङ्ग्रा खाऊँ, पछि जे होला–होला ! यो ठुलो दुर्भाग्य हो । यसले हाम्रो देश र जनतालाई कहाँ पु¥याउँछ ? अहिलेको चिन्ताको विषय यही नै हो ।
अर्को महत्वपूर्ण कुरा, २००७ सालपछि नेपाली जनमानसमा एउटा भनाइ प्रचलित भयो । ‘तेरो घरमा फलानो पसोस्’ । कसले गर्दा भयो ? आफ्नो त्यो अवस्था छ तर अरुलाई दोष दिने ? त्यसकारण, पहिला आफू सुध्रिनु, अनि मात्र अरुतिर हेर्नु, बाँकी सबै ठिक्कै होला !
हाम्रा केही सांसदहरू जनताबिच ‘जुठोपुरो’ खानमा सा¥है मग्न, सा¥है आनन्द लिने भनी परिचित हुनुहुन्छ । कसैले अलिकति हाडखोर देखाउने बित्तिकै उतै गइहाल्ने । त्यो कसले फालेको हो मतलब छैन । जुठोपुरो खान पल्केकाहरू, हाडखोरमा रम्नेहरूले खाऔँ न खाऔँ, सबै मिलेर खाऔँ, प्रदेशसभाका सातै वटा दल मिलेर खाऔँ भन्दै छन् । खबरदार ! नेपाली राजनीतिमा नेमकिपा बाँकी छ । त्यस्तो कुरामा नेपाल मजदुर किसान पार्टी अल्मलिँदैन । नेपाल मजदुर किसान पार्टीले विचार, आदर्श, नैतिकतालाई जोगाइरहेको छ; जोगाउँदै जानेछ ।
यो प्रदेशसभामा हामीले एउटा कुरा अहिले नै सम्झाउनुपर्ने अवस्था छ । हाम्रो प्रदेश सरकारले पनि ‘गन्जी संस्कृति’ लाई नभित्याओस् । आजै नियम बनाइयोस् भन्ने जनताको माग छ । भोलि मन्त्रालयमा गन्जी लाएर फोटो खिचेको खण्डमा र प्रकाशित भएको खण्डमा हाम्रो वाग्मती प्रदेश सरकारको पनि बदनाम होला भनेर चिन्ता व्याप्त छ । गण्डकीको घटनाबाट सिकोस् भनेर शुभकामनाका सन्देशहरू आउँदै छन् । त्यसकारण, विनम्रतापूर्वक के अनुरोध गर्न चाहन्छु भने गन्जी लाएर, मन्त्रालयमा बसेर त्योखालको हर्कत नदेखाओस् भन्नाका लागि नियम बनाइयोस् भन्ने नेपाली जनताको अग्रीम शुभेच्छा छ ।
यो सात वर्षमा ५ वटा सरकार बने । पछिल्लो १९ महिनामा मात्रै ५० मन्त्री भइसकेका रहेछन् । ४० महिना त अभैm बाँकी नै छन् । १०७ मन्त्री बन्ने हुन् कि ? यो एउटा गम्भीर राजनीतिक प्रश्नको रूपमा अगाडि छ । जनताबिच यही चर्चा छ । यो पनि अत्यन्त संवेदनशील विषय हो । बुझ्नेलाई इशारा काफी छ ! आफूलाई प्रजातन्त्रवादी र गणतन्त्रवादी भन्नेहरूले यस विषयमा ध्यान पु¥याऊन् भन्ने हाम्रो आग्रह हो ।
प्रजातन्त्र भनेको वास्तवमा सङ्ख्यामा अड्ने चीज होइन । प्रजातन्त्र भनेको अङ्कगणित मात्र होइन । प्रजातन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको नैतिक बल हो । नैतिक बलबिनाको प्रजातन्त्र आतङ्कमा परिणत हुन्छ । त्यहाँ आतङ्कवाद जन्मिन्छ । त्यसकारण, अझै पनि नैतिक बल देखाउन शासक दलहरूलाई चुनौती दिन्छौँ । फेरि पनि सरकारहरू गठन होलान्, विघटन होलान् तर नैतिक बल देखाउनको निम्ति हामी आग्रह गर्छौँ । त्यसकारण, नेपाली जनताले शासक दलभित्र नैतिक बल भएको मान्छे खोजिरहेको हामीले अनुभव गरिरहेका छौँ ।
नेपाली जनतामा एउटा चासोको विषय छ । ‘काठमाडौँमा पानी पर्ने, हेटौँडामा छाता ओढ्ने !’ यो कुन काइदा हो ? के काठमाडौँ टाउको र हेटाँैडा पुच्छर हो ? होइन भने यो के खालको सङ्घीयता हो ? काठमाडौँमा विघटन हुनेबित्तिकै हेटौँडामा पनि विघटन हुने । हेटौँडामा जेसुकै होस्, काठमाडौँमा केही नहुने ! कस्तो खालको सङ्घीयता ? हामीले सङ्घीयता त खूब भन्यौँ । यो प्रश्नको जवाफ पहिला आफूले आफैलाई दिन आवश्यक छ । हामी मन्त्री बनौँला, मुख्यमन्त्री बनौँला । तर, यो प्रश्नको जवाफ नदिएसम्म मुख्यमन्त्रीले सम्मानित जीवन पाउने छैन । इज्जत पाउने छैन । यस सवालमा हामी गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छौँ ।
हामीले राजनीतिशास्त्रमा पढ्नुपर्छ, बादशाहले नयाँ घोडा फेर्छ । हो, नेपालमा यही भइरहेको हो । हामी मख्ख परौँँला : मन्त्री बन्यौँ, प्रधानमन्त्री बन्यौँ, मुख्यमन्त्री बन्यौँ भनेर ¤ तर, पुँजीवादी व्यवस्थामा बादशाहले नयाँनयाँ घोडा फेरिरहन्छन् । एउटा घोडा फ्याँक्छ, अर्को घोडा छान्छ ! फेरि उसको पनि सेवा लिन्छ, फेरि फ्याँक्छ ¤ हामी कतिञ्जेल त्यो घोडा बन्ने ? हाम्रो मालिक को हो ? त्यो मालिकको स्वार्थ थाहा छ कि छैन ? अनि केवल घोडा बनिरहने ? उसको मनमोजको निम्ति मात्र काम गर्ने ? यदि हामी एकजना असल राजनीतिक कार्यकर्ता हौँ भने गम्भीरतापूर्वक सोच्न आवश्यक छ । दलाल पुँजीपतिवर्ग, विस्तारवादी र साम्राज्यवादीहरूले नेपालमा बरोबर घोडा फेर्दै छन्, साना फुच्चे घोडा होलान्, ठुला घोडा होलान् । तर हामी त्यस विषयमा जबसम्म सजग बन्न सक्दैनौँ, तीविरुद्ध लड्न–भिड्न सक्दैनौँ, हाम्रो इज्जत हुनेछैन ।
पुँजीवादी व्यवस्था वा संसदीय व्यवस्था यतिखेर सङ्कटमा पर्दै छ । संसदीय व्यवस्थाको विषयमा हामीले नै प्रस्ट पारिदिनुपर्दा हामीलाई अफशोच लाग्छ । नेपालको संसदीय व्यवस्था भनेको ब्रिटिस मोडेलको संसदीय व्यवस्था हो । वेस्टमिनिस्टर सिस्टम पनि भनिन्छ । यसको सौन्दर्य भनेको बहुमत ल्याउने सरकारमा जान्छ । ठुलो पार्टी सरकारमा जान्छ र दोस्रो ठुलो दल प्रतिपक्षमा बस्छ । यहाँ यो के हुँदै छ ? के हामी वेस्टमिनिस्टर प्रणाली चाहिँदैन भनेर घोषणा गर्दै छौँ ? राजनीतिमा पश्चिमाकरण अब हाम्रो निम्ति स्वीकार्य छैन† पश्चिमी मोडेल ‘आउटडेटेड’ भयो; हामी प्रजातन्त्रको पूर्वी मोडेल विकास गर्दै छौँ भनेर के हामीले घोषणा गर्न सक्छौँ ? त्यसो हो भने बेलायत र अमेरिकाको अगाडि भन्ने तागत हुनुप¥यो । वेस्टमिनिस्टर सिस्टम भन्ने अनि प्रथम र द्वितीय पार्टी सँगसँगै जाने ? कुन गाईजात्रा हो यो ? यो राजनीतिक प्रश्न हो । यो नैतिक प्रश्न हो । यो सैद्धान्तिक प्रश्न पनि हो । अनि त्यसको केही लेखाजोखा नगरी खान पायौँ भन्दैमा जहाँसुकै पस्ने ? त्यस्तोको गति के हुन्छ भने भोजघरको भण्डार कोठामा पसेको कुकुरको जस्तो हुन्छ । खान पायो भन्दैमा भित्र गएर जेपनि खायो, मालिकको चुटाइ खायो, अनि त्यहीँ म¥यो । त्यही गति होला ! हाम्रो चेतावनी यहीँनिर छ । यस विषयमा पनि ध्यान पु¥याऔँ !
नेपालको राजनीतिक इतिहासमा दुईदलीय तानाशाही व्यवस्थाको खतरा छ भनेर २०४८÷४९ सालतरै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष श्रद्धेय नारायणमान बिजुक्छेँ (रोहित) ले संसद्बाट घोषणा गर्नुभएको थियो । यो ३० वर्षभित्र प्रमाणित हुँदै छ कि छैन ? यो हो आजको खतरा । प्रजातन्त्रवादी भन्ने, प्रजातन्त्रका सिपाही भन्ने, सेनानी भन्ने अनि प्रजातन्त्रको हत्या गर्ने ? हाम्रो आपत्ति यहाँनिर छ । ३० औँ वर्ष प्रजातन्त्रको लागि सङ्घर्ष गरेको भनेर धाक लाउने, प्रजातन्त्रलाई आफैले हत्या गर्ने ? यो विषयमा पनि हामी गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छौँ ।
अन्तिममा छोटो कविता सुनाएर बिदा हुन्छु ।
मन्त्री बन्छु भनेरै त चुनाव जितेर आएका थियौ
केही गर्छु भनेर त होइन नि !
त्यसैले,
मन्त्री बन्नु
जोडबल लगाएर मन्त्री बन्नु
गुट परिवर्तन गरेर भएनि बन्नु
गुट साटेरै भएनि मन्त्री बन्नु
नेतालाई नजराना बुझाएर भएनि बन्नु
आखिर,
मन्त्री बनेपछि न पूर्वमन्त्री बन्न पाइने हो
पूर्वमन्त्री बन्न मन्त्री बनेका सबैलाई बधाई !
अन्त्यमा, नेपाल मजदुर किसान पार्टी सदा प्रखर प्रतिपक्षमा रहँदै आएको छ । नेमकिपा विश्वासको मतको बारम्बार दोहोरिरहेको खेलमा तटस्थ बस्छ ।
(वाग्मती प्रदेशसभामा नेका र एमालेको गठबन्धन सरकारले राखेको विश्वासको मतको प्रस्तावमाथि साउन १५ गते छलफल भयो । सो छलफलमा भाग लिँदै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले दलको तर्पmबाट राख्नुभएको विचारको सम्पादित अंश ।)
Leave a Reply